No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका सुरेन्द्र हमाल

राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका सुरेन्द्र हमाल

नेपालगन्ज, कात्तिक २६ :
नेपाली समाजमा यि शब्द सधैँ दोहोरिन्छन्, ‘संघर्ष नै जीवन हो ।’ हो, यस्तै मध्येका एक संघर्षशिल ब्यक्तित्व हुन्, सुरेन्द्रबहादुर हमाल । जसले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडी बढाए र सफल पनि भए । ‘पुष्कर’ उपनामले चिनिने यिनै हमाल आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि बाँके, प्रदेश सभा–२ (२) बाट सशक्त उम्मेदवार बनेका छन् । 

नेपाली काँग्रेसले उनलाई उम्मेदवार बनाएको हो । २०७४ सालको निर्वाचनमा कांग्रेसले बाँकेको अन्य सबै निर्वाचन क्षेत्रमा हार बेहोर्दा पार्टीको तर्फबाट निर्वाचित हुने जिल्लाका एक मात्र सांसद थिए, सुरेन्द्र । यिनैले बाँके प्रदेश सभा–२ (२) बाट चुनाव जितेर बाँकेमा नेपाली कांग्रेसको ‘बीउ’ जोगाएका हुन् । हमाल लुम्बिनी प्रदेशको सांसद हुँदै वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत बन्न सफल भए । प्रदेश सांसद र मन्त्री हुँदा उनले बाँकेमा थुप्रै विकास निर्माणका कामहरु गरे । कतिपय कामहरु अझै कार्यान्वयनको चरणमा छन् ।
परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र । नेपालगन्ज–२ घरबारी टोलमा २०१९ सालमा जन्मेका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रणेन्द्र हमाल ‘भाईराजा’ का सहोदर भाई हुन् । भाईराजा २०३३ देखी २०४४ सालसम्म नेपाली कांग्रेस बाँकेको सभापति भएर काम गरेका थिए । १३ वर्षको कलिलै उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका सुरेन्द्रले खेलकुद र राजनीतिलाई सँगै अगाडी बढाए । पारिवारीक वातावरणका कारण उनलाई पनि राजनीतिको नशाले छोयो ।
नेपाली काँग्रेसको आर्दश र सिद्धान्तबाट उनी प्रभावित भए । ‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गिय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडी बढाए,’ हमाल सम्झन्छन् । २०३५ सालको बिद्यार्थी आन्दोलनले उनलाई झनै राजनीतिक क्षेत्रमा डोर्यायो । 
बिद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल बिद्यार्थी संघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सचिव हुदै सभापति भए । २०३७ सालमा महेन्द्र बहुमुखी क्याम्पसको पहिलो सचिव र त्यसपछि २०४१ मा स्ववियु सभापति भएका थिए, उनी ।  २०४४ सालमा युवराज शर्मा नेतृत्वको नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा उनी सदस्य भएका उनी २०४४ मै पार्टीले टिकट दिएपछि स्थानीय निकायको चुनाव लडे, तर वडाअध्यक्ष हारे ।
त्यसपछि युवक संगठनको सभापति जितेर नगर पञ्चायतको सदस्य बने ।
‘पार्टीले खटाएपछि म वडाको चुनाव लडे, वर्गिय संगठनको चुनाव लडे, युवक संगठनको नगर सभापति भए,’ हमाल भन्छन् ‘पढेर जागिर खानुभन्दा पनि राजनीतिलाई सेवकको रुपमा अगाडी बढाउन म अग्रसर भएको हुँ ।’ २०५१ सालतिर कांग्रेस जिल्ला कार्यसमितिको उनी कोषाध्यक्ष भएका थिए । पार्टीले टिकट दिएपछि तत्कालिन नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भए । उनले २०४९ देखी २०५४ सम्म उपमेयर भएर नेपालगन्जमा विकासको थालनी गरेका थिए । तत्कालिन काँग्रेसका मेयर विजय गुप्ता र उपमेयर हमालले नै नेपालगन्जको न्यूरोड लगायत नगर क्षेत्रको विकास गरेका हुन् ।
खेलकुदमा योगदान :
हमालले खेलकुद क्षेत्रमा पनि धेरै नै संघर्ष गरे । परिणाम स्वरुप उनी ओलम्पियन बन्न सफल भए । उनी २०३२ सालमा खेलुकुद क्षेत्रमा छिरेका हुन् । सोही वर्ष पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा उनले सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएका हमालको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि हमालको रुची भारत्तोलन खेलतिर गयो ।  
प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान २०४१ मा वेष्ट लिफ्टर भए । सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप २०४१ मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए ।
हमालले २०४५ देखि २०४८ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद सन् १९८२, लास्एन्जेल्स ओलम्पिक सन् १९८४ र एशियन गेम बेजिङ सन् १९९० मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि प्राप्त गरेका थिए ।
२०४८ सालमा नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगिता खेलेर उनले खेलबाट शन्यास लिए । ‘नेपालगन्जको प्रतियोगितापछि मैले खेल खेल्न छाडे, तर खेलकुदको विकासका लागि व्यवस्थापकिय रुपमा सहभागी हुदै आएको छु,’ उनले भने । हमाल राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भएका थिए ।
राखेप कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गथ्र्ये । आफ्नो कार्यकालमा पश्चिम क्षेत्रको खेलकुद पुर्वाधार जोड्न आवश्यक पहल गरेका थिए । उनकै सक्रियतामा नेपालगन्ज रंगशाला क्षेत्रमा भारत्तोलन एकेडमी निर्माण भइसकेको छ । ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ , राजनीति पनि निःस्वार्थ रुपले लड्नुपर्छ भन्ने मेरो मान्यता हो,’ हमाल भन्छन् ।
हमालले क्यान्सर जस्तो रोगलाई समेत जित्न सफल भएका थिए । क्यान्सरको लामो उपचारपछि उनी पूर्ण रुपले निको भएका थिए । जसका कारण उनी शारिरीक, आर्थिक, मानसिक रुपले पीडित बने । आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचार पश्चात बाँच्न सफल भएका ब्यक्ति हुन् ।
विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘मलाई क्यान्सर लागेपनि सबैको माया, सद्भाव प्रेम पाएर मैले जित्न सफल भएको हुँ ।’ हमाल यस्तो व्यक्ति हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा पनि लेखिसकेका छन् । प्रदेश वन मन्त्रीको जिम्मेवारी रहँदासम्म उनले कहिल्यै पनि ‘सत्ता’ र ‘शक्ती’ को दम्भ देखाएनन् । मन्त्रीका रुपमा ‘तडक-भडक’ गर्ने सोच उनीभित्र कहिल्यै जागेन । सबैसँग हाँस्ने र बोल्ने अनि समान ब्यवहार गर्ने उनको बानी र ब्यवहार मन्त्री पदमा हुँदा पनि उस्तै देखिन्थ्यो ।
आफुले प्रदेश सांसद र मन्त्री हुँदा सुरुवात गरेका केही कामहरु कार्यान्वयन हुने चरणमा रहेको, अधुँरा केही कामहरु गर्नका लागि पुनः सांसद पदमा दोहोरिने ईच्छा जागेको उनी बताउँछन् । राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका हमाल पुनः एक पटक प्रदेश सांसद निर्वाचित भएर नेपालगन्जको समृद्धि र विकास गर्ने चाहना राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशाह कुर्मी

‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशाह कुर्मी

बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार किशोरसिंह राठौंर अत्यधिक मत बिजय हुने

बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार किशोरसिंह राठौंर अत्यधिक मत बिजय हुने

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...