दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन लडिरहेको लुम्बिनी प्रदेशको चर्चित निर्वाचन क्षेत्र दाङ– २ हो । त्यहाँ नेकपा एमालेका महासचिव पोखरेल र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी नेत्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।
२०७४ सालको चुनावमा दाङ– २ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । महरा प्रतिनिधि सभामा विजयी हुँदा उनकै प्यानलबाट पोखरेल प्रदेश सभामा विजयी भएका थिए । चुनाव जितेपछि पोखरेल लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकालको मुख्यमन्त्री बनेका थिए ।
नेकपा विभाजनसँगै पोखरेल नेतृत्वको सरकार ढल्यो । चितवनमा सम्पन्न महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतालाई पाखा लगाएर पोखरेललाई महासचिव बनाए ।
नेपाली कांग्रेस र माओवादीको राम्रो जनमत भएको दाङ–२ बाट चुनाव जित्नु पोखरेलका लागि सहज छैन ।