सर्लाही, कार्तिक । मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्यनजर राख्दै सिमा क्षेत्रबाट अवाञ्छित गतिविधि हुन नदिनका लागि नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको विशेष समन्वय बैठक सर्लाहीको मलंगवामा मंगलवार भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुन गईरहदा भारत संग जोडिएका नेपालको महोत्तरी, सर्लाही र रौतहटको सीमा क्षेत्रबाट निर्वाचनलाई प्रभावित पार्ने खालको तत्वहरु माथि कडाईका साथ निगरानी राख्न काउण्टर पार्ट भारत विहार सीतामढीका सुरक्षा अधिकारी अभागी सम्मिलित “जिल्ला स्तरिय सीमा समन्वय बैठक” अहिले सर्लाही सदरमुकाम मलंगवामा आज भएको हो ।
नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बीच सुरु भएको जिल्ला स्तरिय सीमा समन्वय बैठकमा प्रमुख रुपमा ६ बुंदे विषयमा गहन छलफल भएको बताइएको छ ।
कोभिडको कारणबाट विगत दुई बर्ष भन्दा बढि समय देखि गौर बैरगनिया बोर्डरमा सवारी साधन नचल्दा सर्वसाधारण जनताहरु सास्ती खेप्दै आएका थिए । उक्त सास्तीलाई मध्यनजर राख्दै मलंगवामा भएको सहमती अनुसार पहिला जस्तै दुवै देशका सवारी साधनहरु गौर बैरगनियामा निर्वाध रुपमा तत्कालै संचालन गरी कार्यान्वयनमा ल्याउने भएको प्रजिअ कृष्णबहादुर शाहीले जानकारी तराई टपलाई दिए । यसरी बर्षौ देखि सामानाहरु लिएर पैदल हिडेर वारीपारी गर्ने नेपाली तथा भारतीय यात्रुहरुलाई यस प्रकारको निर्णयबाट निकै राहत भएको समेत उनले स्पष्ट पारे ।
मंसिर ४ मा हुन गईरहेको निर्वाचनलाई लक्ष्ति गरेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पर्ने, सीमा क्षेत्रमा हाल रहेको सुरक्षा व्यवस्थाको समिक्षा गरिने, अन्तराष्ट्रिय सीमा स्तम्भहरुको अवस्था वारे अवलोकन गर्ने, मानव बेचविखन तथा लागु औषधको ओसार पसार माथि सुक्ष्म निगरानी राख्ने, विभिन्न अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने र अपराधिक गतिविधिलाई नियन्त्रण गर्नमा दुबै देशका सुरक्षाकर्मीहरु एक आपसमा सहयोगात्मक कार्यमा सहयोग गर्ने विषयमा गहन छलफल भई दुबै देशका सुरक्षा अधिकारीहरुले प्रतिबद्धता गरेको तराई टपलाई जानकारी प्राप्त भएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर, एसपी प्रविण पोखरेल, सशस्त्र एसपी भरत खनिया, राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा, महोत्तरीका प्रजिअ दीपककुमार पहाडी, एसपी कृष्णप्रसाद पंगेनी, सशस्त्र एसपी दिपेन्द्र गिरी, राष्ट्रिय अनुसन्धानका प्रमुख अभिनय सिंह तथा रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, एसपी विरबहादुर बुढा मगर, सशस्त्र एसपी ध्रुव बहादुर कार्की, राष्ट्रिय अनुसन्धान प्रमुख मुकुण्ड खड्काको उपस्थिति रहेका थिए भने सीमा पारी सीतामढी जिल्लाका डिएम मनिषकुमा मिना सहित सीतामढीका एसपी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
गौर बैरगनिगा बोर्डरमा नेपाली भारतीय सवारी साधन निर्वाध रुपमा तत्काल संचालन गर्न सहमती
कोभिडको कारणबाट विगत दुई बर्ष भन्दा बढि समय देखि गौर बैरगनिया बोर्डरमा सवारी साधन नचल्दा सर्वसाधारण जनताहरु सास्ती खेप्दै आएका थिए । उक्त सास्तीलाई मध्यनजर राख्दै मलंगवामा भएको सहमती पछि सीतामढीका डिएम मनिषकुमार मिनाले मातहतका सुरक्षाकर्मीहरुलाई सवारी साधन संचालन गर्न निर्देशन दिईसकेको पहिला जस्तै दुवै देशका सवारी साधनहरु गौर बैरगनियामा निर्वाध रुपमा तत्कालै संचालन गरी कार्यान्वयनमा ल्याउने भएको प्रजिअ कृष्णबहादुर शाहीले जानकारी तराई टपलाई दिए । यसरी बर्षौ देखि सामानाहरु लिएर पैदल हिडेर वारीपारी गर्ने नेपाली तथा भारतीय यात्रुहरुलाई यस प्रकारको निर्णयबाट निकै राहत भएको समेत उनले स्पष्ट पारे ।