• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्न नसकेपनि सशस्त्र प्रहरी र एसएसबीबीच समन्वय बैठक बस्दै


नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्न नसकेपनि सशस्त्र प्रहरी र एसएसबीबीच समन्वय बैठक बस्दै

सीमाका विविध विषयमा छलफल गर्ने नेपाल–भारतबीचको गृहसचिवस्तरीय संयन्त्र सात वर्षदेखि ठप्प बनेको छ । हरेक वर्ष बस्ने बैठक रोकिँदा सीमासम्बन्धी समस्याका अनेक विषय ओझेलमा छन् ।

पछिल्लोपटक ०७३ भदौमा भारतको नयाँदिल्लीमा दुई देशका गृहसचिवस्तरीय बैठक बसेको थियो । त्यसवेला अर्काे बैठक नेपालमा बस्ने भनेर निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन । हरेक वर्ष आलोपालो आयोजना हुने यस्तो बैठक नेपालमा बस्नुपर्ने भए पनि भारतले त्यसका लागि सहमति नदिँदा बैठक बस्न नसकेको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।
पछिल्ला वर्ष कोरोनाका कारण देखाउँदै बैठक बस्न सकेको छैन । गृह मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले भर्चुअल बैठकको प्रस्ताव गरे पनि भारतबाट सकारात्मक प्रतिक्रिया आएन । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अब बैठक राख्ने पालो नेपालको भएको र यसका लागि पहल अघि बढाउने बताए । ‘दुई देशबीच गृहसचिवस्तरीय संयन्त्रको बैठक नबसेको धेरै वर्ष भइसक्यो,’ उनले भने, ‘हाम्रो मन्त्रालयमा पनि नयाँ सचिवज्यू आउनुभएको छ, बैठक आयोजना गर्ने पालो नेपालको हो, अब बैठकका लागि पहल गर्छाैँ ।’

दुई देशबीच खुला सीमा भए पनि सीमा सुरक्षामा प्रभावकारी समन्वय छैन । सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीले नेपाली नागरिकलाई दुःख दिँदै आएका छन् । गत वर्ष तुइनबाट खोला पार गर्न खोज्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए ।

यस्तै, भारतीय सुरक्षा अधिकारीले कडाई नगर्दा सीमाबाट खुलेआम नेपालमा लागुऔषध आउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । खुला सीमाका कारण एउटा देशमा अपराध गरेर अर्काे देशमा लुक्ने प्रवृत्ति पनि बढिरहेको छ । सीमा विवाददेखि सुपुर्दगी सन्धिलगायत विविध विषयमा गृहसचिवस्तरीय बैठकमा विस्तृत छलफल हुने भए पनि बैठक नै नबस्दा सहकार्य र समन्वय प्रभावकारी हुन सकेको छैन । नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी गृह सहसचिवस्तरीय बैठक गत असारको पहिलो साता नयाँदिल्लीमा बसेको थियो । करिब चार वर्षपछि यस्तो बैठक बसेको हो ।

आगामी साता एपिएफ–एसएसबीको छैटौँ समन्वय बैठक
सीमा क्षेत्रका सुरक्षा चुनौतीबारे छलफल गर्न आगामी साता सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सशस्त्र सीमा बल(एसएसबी) बीच समन्वय बैठक बस्ने भएको छ । हरेक वर्ष हुँदै आएको यस्तो बैठक यसपटक नेपालमा हुँदैछ । बैठकमा भाग लिन सशस्त्र सीमा बलका महानिर्देशक सुजयलाल थाओसेन नेतृत्वको टोली सोमबार नेपाल आउँदै छन् । प्रहरी प्रहरी प्रधान कार्यालयमा मंगलबारदेखि तीन दिन सीमा सुरक्षाका विविध विषयमा छलफल हुँदै छ । गत वर्ष असोजमा भारतको नयाँदिल्लीमा समन्वय बैठक बसेको थियो । सीमा सुरक्षामा खटिएका दुई सुरक्षा निकायबीच समन्वय र सहकार्यका लागि नियमित बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलले बताए ।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् । नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमा क्षेत्रमा सीमापार अपराध प्रमुख सुरक्षा चुनौती रहँदै आएको छ । सीमापार अपराध नियन्त्रण रोकथामका लागि सहकार्य नै बैठकको प्रमुख एजेन्डा हुने सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् । त्यसका साथै चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्कने र सीमामा समस्या भोग्ने गरेकाले उनीहरूलाई सहजीकरणको विषयमा समेत छलफल गर्न लागिएको हो ।

एसएसबी भारतको विशिष्टकृत सुरक्षा फौज हो । जसले नेपाल र भुटानसँगको सीमा सुरक्षा हेर्दै आएको छ । नेपालको तुलनामा सीमामा भारतीय सुरक्षा फौजको उपस्थिति बाक्लो छ । नेपालसँगको सीमामा एसएसबीका पाँच सय दुई पोस्ट छन् भने नेपालको दुई सय २७ वटा मात्र छन् । नेपालको बिओपीमा जनशक्ति र स्रोत साधनको समेत अभाव छ । ०६९ देखि यस्तो बैठक बस्दै आएको छ । तर, बीचमा केही वर्ष बैठक नियमित हुन सकेन । यसपटक छैटौं बैठक बस्न लागेको हो ।

सरकारले सशस्त्रलाई उपलब्ध गरायो स्ट्रिप नक्सा
सरकारले सशस्त्र प्रहरी बललाई सीमाको स्ट्रिप नक्सा उपलब्ध गराएको छ । गत असारमा मन्त्रिपरिषद्बाट निर्णय गरी औपचारिक नक्सा उपलब्ध गराएको हो । स्ट्रिप नक्सा उपलब्ध गराइदिन सशस्त्रले लामो समयदेखि पहल गर्दै आएको थियो । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको सशस्त्रलाई यस्तो नक्सा औपचारिक रूपमा सरकारले उपलब्ध नगराउँदा समस्या भएको थियो । नापी विभागको टोलीले स्थलगत रूपमा खटिएर हालै यस्तो नक्सा तयार बनाएको थियो । ‘स्ट्रिप नक्सा पाएपछि बोर्डरमा काम गर्न सहज हुन्छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने, ‘सीमा सुरक्षामा विगतमा देखिएको द्विविधा यसले कम हुन्छ ।’ नेपाल र भारतीय संयुक्त टिमले समेत स्ट्रिप नक्सामा काम गरिरहेको छ । तर, कालापानी, सुस्तालगायत क्षेत्रमा भारतले नेपालको भूमि दाबी गर्दा सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मदन भणडारीले इतिहास कोरेको ठाँउमा एमालेको बैठक
  • २०७९ आश्विन ११, मंगलवार ०९:०५
  • In "मुख्य समाचार"
  • काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, आन्दोलनको थप रणनीति बनाउन छलफल हुने
  • २०७९ आश्विन ११, मंगलवार ०९:०५
  • In "थप"
  • चौतर्फी आलोचनापछि सानेपामै बस्दै कांग्रेस पदाधिकारी बैठक
  • २०७९ आश्विन ११, मंगलवार ०९:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

बाबुरामको पार्टी छाडि एक दर्जन बढी नेताहरु माओवादीमा प्रवेश

जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार छौं : अध्यक्ष ओली

सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version