• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो


सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो

नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसक्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी र आसपासका बजारमा ग्राहकको उतिसारो भिड छैन । तर, सीमावर्ती भारतीय बजारमा भने नेपाली उपभोक्ताको घुइँचोले खुट्टा राख्ने ठाउँ छैन ।यहाँभन्दा सस्तो सामान पाइने भन्दै अधिकांश उपभोक्ता किनमेलका लागि धनगढीबाट नजिक पर्ने सीमावर्ती बजार वनगावा पुग्ने गरेका छन् । कतिपय स्थानीय धनगढीबाट करिब ४५ किलोमिटरको दूरीमा रहेको पलियासमेत पुग्ने गरेका छन् । चिनी, दाल, सोडा, साबुन, तेललगायत उपभोग्य वस्तु किनमेलका लागि नेपालीबाट दैनिक सयौँ स्थानीय वनगावा गइरहेका छन् । पलिया र वनगावामा किनमेल गर्न दैनिक साढे तीन हजारदेखि चार हजारजना गइरहेका त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

चाडपर्व नजिकिएसँगै सीमावर्ती बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्न थालेको हो । अरू वेला पनि सीमावर्ती बजारमा किनमेलका लागि जानेको संख्या उत्तीकै हुन्छ । तर, दसैँका वेला यो संख्या बढी देखिएको सुरक्षाकर्मी बताउँछन् । वनगावा बजारमा भेटिएकी धनगढीकी सरस्वती रावलले धनगढीभन्दा केही सस्तो पर्ने भएकाले टोलका चार–पाँचजना सँगै किनमेलका लागि आएको बताइन् । ‘चाडबाडका लागि धेरै सामान किन्नुपर्छ । चिनी, दालहरू केही सस्तो पाइने भएकाले दुई–चार रुपैयाँ जोगिएको भनेर यहाँ आएकी हुँ ।’ उनले भनिन्, ‘अरू वेला पनि कहिलेकाहीँ सामान किन्न आइन्छ ।’

उपभोग्य सामानसँगै महिलाहरू लुगा किन्न पनि पलिया र वनगावा जाने गरेका छन् । वनगावाका व्यापारी विनोद गुप्ताले दसैँ नजिकिएसँगै ग्राहकको भिड बढेको बताए । आराध्या साडी एन्ड सुट सेन्टरका सञ्चालक गुप्ताले नेपाली ग्राहकले वनगावा बजारको व्यापार फस्टाएको बताए ।

सीमावर्ती भारतीय बजारमा नेपालीको घुइँचो हुँदा धनगढीमा भने चाडपर्वका वेला पनि व्यापार नबढेको यहाँका व्यवसायी बताउँछन् । धनगढीका किराना व्यवसायी श्याम महराले दसैँ सुरु भइसक्दा विगतका वर्षजति पनि कारोबार नबढेको बताए । ६० प्रतिशतभन्दा बढी उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेको उनको अनुमान छ । ‘चाडपर्वका वेला उपभोग्य वस्तुको व्यापार बढ्नुपर्ने हो, तर अहिले मुस्किलले अरू वेलाजत्तिकै कारोबार हुन्छ ।’ महराले भने, ‘सीमावर्ती बजारले धनगढीको व्यवसायलाई ठूलो असर गरेको छ ।’

किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तले भने, ‘थोरै सामानका लागि जाँदा झन् फाइदाभन्दा घाटा नै हुन्छ ।’ चिनी, दाललगायत केही वस्तुको मूल्यमा यहाँ र सीमावर्ती भारतीय बजारमा केही फरक रहेको उनले बताए । उपभोक्ताहरू भारतीय बजार जान थालेपछि धनगढीको व्यापार सुक्न लागेको पन्तले बताए ।
सामान सस्तो पाइने भन्दै दैनिक सयौँ उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जान थालेपछि दिनमै लाखौँ रुपैयाँ बाहिरिन थालेको छ । नाकामा खटिएका प्रहरीका अनुसार त्रिनगर नाकाबाट मात्रै हिजोआज दैनिक तीन–चार हजारजना किनमेलका लागि सीमावर्ती बजार गइरहेका छन् । भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा नेपाली भन्सारमा प्रज्ञापनपत्र भरेर नियमानुसार राजस्व तिर्नुपर्ने व्यवस्था छ । तर, सीमावर्ती बजारमा सामान किनेर ल्याउनेको संख्याको तुलनामा प्रज्ञापनपत्र भर्नेको संख्या भने नगण्य छ ।

नाकामा खटिएका भन्सारका कर्मचारीले हिजोआज दैनिक चार–पाँच जनासम्मले प्रज्ञापनपत्र भराउने गरेका छन् । अरू वेला प्रायः प्रज्ञापत्र भरिँदैन । घरायसी प्रयोजनका लागि ल्याइने सामान व्यावहारिक रूपमा भन्दै प्रज्ञापनपत्र नभराएरै छोड्ने गरिएको छ । त्रिनगर भन्सार कार्यालयका भन्सार अधिकृत पदमराज पन्तले जाँचकी कर्मचारी र सहयोगीले सामानको मात्रा हेरेर राजस्व तिराउने गरेको बताए । राजस्व नतिरेरै सामान ल्याउन दिइँदा अधिकांश ग्राहक किनमेलका लागि सीमावर्ती बजार जाने भएकाले त्यसको मार नेपाली व्यवसायीले खेप्नुपरिरहेको छ । नयाँपत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीमा क्षेत्रका ज्यादती रोक्ने एजेन्डा खोइ ?
  • २०७९ आश्विन १५, शनिबार २०:४७
  • In "BannerNews"
  • कहिले खुल्छन् सबै उत्तरी नाका ?
  • २०७९ आश्विन १५, शनिबार २०:४७
  • In "BannerNews"
  • लागुऔषधसहित एक नेपाली महिला रुपईडिहामा पक्राउ
  • २०७९ आश्विन १५, शनिबार २०:४७
  • In "लुम्बिनी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

उत्तर कोरियाले फेरि प्रहार गर्‍यो मिसाइल, परमाणु परीक्षणको पनि संकेत

राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा भारत, जर्मनी र जापानलाई समर्थन गर्दै अमेरिका

राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन: महासचिव गुरुङ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version