• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन: महासचिव गुरुङ


राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन: महासचिव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर प्रणाली (सिस्टम)माथि नै आक्रमण गरेको टिप्पणी गरेका छन्।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टममाथि आक्रमण गरेको आरोप लगाएका हुन्। प्रजातन्त्रमा कुनै पनि विषयमा मतभेद र विमत्ती हुनसक्ने भएपनि विधि र प्रक्रिया पूरा गर्नु सबैको दायित्व भएको बताउँदै उनले भने, ‘तर विडम्बना ! राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन। यसले सिस्टममाथि अट्याक गरेको छ।’ सिस्टममाथि अट्याक गर्ने कुरा पश्चगामी चिन्तन भएको उनको टिप्पणी थियो। राष्ट्रपतिसहित सबैजना विधि र प्रक्रियामा चल्नैपर्छ’–उनले भने।

पूर्व कानून्मन्त्रीसमेत रहेका माओवादी महासचिव गुरुङले राष्ट्रपतिको पछिल्लो कार्यले शक्ति पृथकीकरणको सिद्धान्तमाथि पनि प्रश्न खडा गरेको बताए। संसदले पारित गरेका विषय राष्ट्रपतिले डेढलक गर्ने, प्रमाणीकरण नगर्ने नगर्दा व्यवस्थापिकाको औचित्यमाथि प्रश्न खडा हुने बताए। उनले आगामी दिनमा पनि राष्ट्रपतिले अहिले जसरी नै डेढलक गर्दिए के हुन्छ भन्ने प्रश्न गर्दै थपे, ‘अहिले व्यवस्थापिका (संसद)ले पारित गरेको विषय प्रमाणीकरण गर्दिन भन्नुभयो। भोलि मन्त्री परिषदले गरेका निर्णय पनि डेढलक भयो भने के गर्ने? त्यसपछि सरकार कसरी सञ्चालन गर्ने ?।’ राष्ट्रपतिको अहिलेको निर्णयले भविष्यमापनि खतरा आउनसक्ने तर्फ संकेत गर्ने उनले बताए। आज नागरिकता विधेयक रोक्ने राष्ट्रपतिले भोलि चुनाव पछिको सपथ ग्रहण गर्न जाँदा चुनाव ठीक ढंगले भएन। चित्तबुझ्दो भएन त्यसैले म सपथ खुवाउँदिन भन्नुभयो भने के हुन्छ ? ’–उनले भने।

महासचिव गुरुङले नेपालमा सामन्तवाद पूर्ण रुपमा समाप्त भइनसकेको बताए। भौतिक रुपले सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि चिन्तन, सोंच र संस्कारको दृष्टिकोणले सामन्तवाद पूर्ण रुपले बिस्थापित भइसकेको छैन’–उनले भने। राजनीतिक संरचनामा सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि संस्कार, संस्कृति, चिन्तन र सोंचमा भने पूर्ण रुपमा बिस्थापित भइनसकेको उनको भनाई थियो।

महासचिव गुरुङले एमाले अध्यक्ष केपी ओली घोर पश्चगामी नेता भएको टिप्पणी गरे। पश्चगामी सोंचकै कारण ओलीले दुई÷दुई पटक संसद विघटन गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको उनको आरोप थियो। ‘अग्रगामी त परको कुरा। संघीय लोकतान्त्रिक गणतन्त्रको यथास्थितिमा रहने पनि चिन्तन ओलीमा देखा परेन। सोहि सोचका कारण संसद पटक/पटक विघटन गर्ने। संसद ९ महिनासम्म चल्न नदिने। संविधानलाई तोडमरोड गर्ने चिन्तन देखाप¥यो।’ उनले भने।  ओलीको पश्चगामी सोचलाई परास्त गर्न वाम लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरिएको उनको प्रष्टोक्ती थियो। उनले आगामी चुनाव संघीय लोकतान्त्रिक गणतन्त्र कि पश्चगामी सोच बीचको भिडन्त हुने बताए। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आलोपालो सरकारः शुरुको प्रधानमन्त्रीमा प्रचण्डको दाबी
  • २०७९ आश्विन १५, शनिबार २०:५६
  • In "BannerNews"
  • नागरिकता विधेयक पारित गर्ने प्रक्रिया र वैवाहिक अङ्गीकृतमा नारायणकाजीको असहमति
  • २०७९ आश्विन १५, शनिबार २०:५६
  • In "BannerNews"
  • राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा – बालेन
  • २०७९ आश्विन १५, शनिबार २०:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

पाकिस्तानमा साम्प्रदायिक हिंसाको नयाँ युग शुरु

पाकिस्तान दण्ड संहिताको धारा २९८-सीले अहमदियाहरू विरुद्धको भेदभाव

आज विजया दशमी मनाइँदै, टीकाको उत्तम साइत ११:५१ बजे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version