• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा


जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा

काठमाडौं । अन्तिम समयमा सत्तारुढ गठबन्धनबाट अलग्गिएका जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरूलाई यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन निकै महंगो सावित हुने भएको छ ।

त्यो पार्टीका शीर्ष नेताहरू नै रेडजोनमा परेका छन् । उनीहरूलाई चुनाव जित्न फलामका च्युरा चपाउनु सरह हुनेछ । जसपाले प्रतिनिधि सभामा देशभर ८१ सिटमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी प्रदेश सभातर्फ देशभर १ सय ४३ सिटमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा मात्र ३६ सिटमा उम्मेदवारी दिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको रणनीति, एमालेसँग गठबन्धन गरेर मधेस प्रदेशमा सरकार बनाउने, सरकार बनाउन नसके ठूलो दल बनाइ मुख्यमन्त्री आफूले लिने, केन्द्रमा लोसपाभन्दा ठूलो दल बन्ने र २०७४ को चुनावको तुलनामा धेरै सिट जित्ने थियो । तर यादवको यो सपना अब सपनामै सीमित हुने पक्का भएको छ ।

किनभने जसपाले अघि सारेका उम्मेदवारहरु अहिले प्रतिष्पर्धी उम्मेदवारभन्दा धेरै पछि छन् । यहाँसम्म कि मधेसमा जसपाभन्दा लोसपा अगाडि देखिएको छ । लोसपाका सबै शीर्ष नेताहरु सुरक्षित रहेको बेला जसपाका शीर्ष नेताहरु भने जोखिममा देखिएका छन् ।

एमालेसँग गरेको चुनावी गठबन्धनका कारण नै जसपाका शीर्ष नेताहरुलाई चुनाव जित्न अप्ठेरो भएको हो । चुनावी तालमेल गरेको भए पनि सोही अनुसार एमालेले इमानदारी नदेखाएपछि जसपाका शीर्ष नेताहरु नै हारको जोखिममा परेका हुन् ।

काठमाडाैंमा राजेन्द्र श्रेष्ठलाई एमालेबाटै धोका 
जसपाका तेस्रो नेता राजेन्द्र श्रेष्ठलाई पनि एमालेबाटै धोका भएको छ । श्रेष्ठले काठमाडौं ७ मा उम्मेदवारी दिएका छन् । काठमाडौं ७ मा एमालेले पनि उम्मेदवारी दिएको छ ।

काठमाडाैं ७ मा एमालेबाट श्याम घिमिरेले उम्मेदवारी दिएका छन् । यसबाट श्रेष्ठ निकै कमजोर भएका छन् । अहिले उनी प्रतिष्पर्धामै छैनन् । काठमाडाैं ७ मा एमाले र जसपाले मित्रवत प्रतिष्पर्धा गर्ने भनेका छन् । जसपा स्रोतका अनुसार शुरुमा काठमाडौं ७ जसपालाई छाड्ने सहमति भएको थियो । तर अन्तिम समयमा एमालेले जसपालाई धोका दिएको छ ।

काठमाडौं श्रेष्ठको गृह जिल्ला भए पनि उनको प्रभाव छैन । यस क्षेत्रमा गठबन्धनबाट मानुषी यमीले उम्मेदवारी दिएकी छिन् । उनी जित नजिक पुगेको स्थानीयबासीको भनाइ छ । मानुषी डा. बाबुराम भट्टराईकी छोरी हुन् ।

राजकिशोरलाई चुनाव जित्न मुस्किल
जसपाका अर्का शीर्ष नेता राजकिशोर यादवलाई पनि चुनाव जित्न मुस्किल पर्ने भएको छ । उनले सिराहा २ मा उम्मेदवारी दिएका छन् । गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको मतको आधारमा सिराहा २ मा गठबन्धन अगाडि छ ।

सिरहा २ मा जसपाको भोट २१ हजार ९७ मात्र छ । यसैगरी नेपाली कांग्रेसको १९ हजार ४७४, एमालेको १८ हजार ३५८, माओवादी केन्द्रको ११ हजार ६५८, जनमत पार्टीको ५ हजार १०१, नेकपा एसको ३ हजार ९२३, लोसपाको ९७९ मत छ । सिराहा २ मा नेपाली कांग्रेसबाट चित्रलेखा यादवले उम्मेदवारी दिएकी छिन् । उनलाई माओवादी, लोसपा र नेकपा (एस) ले साथ दिएको छ । त्यसले उनी अगाडि छिन् ।

इस्तियाकलाई दोहोरो नोक्सान
एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका नेता इस्तियाक राइलाई भएको छ । राईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमसेर राणाले पनि उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

त्यसै क्षेत्रमा राईकै भतिजा सामसुल राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो पटक इस्तियाक शहरी विकास मन्त्री हँदा सामसुल इस्तियाकको स्वकीय सचिव थिए । अहिले उनको पहिलो मिशन नै इस्तियाकलाई हराउनु हो । इस्तियाकलाई हराउनकै लागि सामसुलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जसपाले एमालेसँग गठबन्धन गर्ने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्तियाकलाई सरकारबाट हटाएका  थिए ।  एमालेसँगको गठबन्धनबाट इस्तियाकको मन्त्री पद मात्र गएन, चुनावमा जित्ने सम्भावना पनि ह्वात्तै घटेको छ ।

बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् ।

त्यहाँ राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै छ ।

रामबाबुलाई धोका 
जसपाका अर्का शीर्ष नेता रामबाबु यादवलाई पनि एमालेबाटै धोका भएको छ । जसपाका नेताहरुका अनुसार बारा ३ मा पनि एमालेले जसपालाई धोका दिएको छ ।

बारा ३ मा एमालेका नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाबाट रामबाबु यादवलाई उम्मेदवार बनाएको छ ।

रामबाबु अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था आएको हो । बारा ३ मा नेपाली कांग्रेसबाट फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् । मन्सुर विजयी हुने सम्भावना बढेको छ जसपाका अध्यक्ष उपेन्द्र यादव र दोश्रो नेता अशोक राईलाई यसपटक चुनाव जित्न धेरै नै कठिन छ । अध्यक्ष यादवलाई सप्तरी २ मा निकै गाह्रो परेको छ ।

स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणाम हेर्दा यादवलाई कठिन देखिएको हो । गत वर्ष सम्पन्न स्थानीय तहमा वडाध्यक्षले ल्याएको मत परिणाम हेर्दा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार भन्दा धेरै पछि छन् ।

पहिलो र दोश्रो नेता हार्दै 
जसपाका अध्यक्ष उपेन्द्र यादव र दोश्रो नेता अशोक राईलाई यसपटक चुनाव जित्न धेरै नै कठिन छ । अध्यक्ष यादवलाई सप्तरी २ मा निकै गाह्रो परेको छ ।

स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणाम हेर्दा यादवलाई कठिन देखिएको हो । गत वर्ष सम्पन्न स्थानीय तहमा वडाध्यक्षले ल्याएको मत परिणाम हेर्दा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार भन्दा धेरै पछि छन् ।

उपेन्द्र यादव १२ हजार भोटले पछि 
सप्तरी २ मा जसपाको भोट १४ हजार ४०३ मात्र हो । त्यस क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ल्याएको भोट जोड्दा १२ हजार भन्दा धेरैले भोटले जसपा भन्दा अगाडि छ ।

गत स्थानीय तहमा सप्तरी २ मा नेपाली कांग्रेसले १० हजार ८ सय ४, लोसपाले १० हजार ४ सय ३५ तथा माओवादीले ९ हजार ५ सय ३४ भोट ल्याएका छन् ।

सप्तरी २ मा एमालेको भोट ५ हजार ९ सय ५१ मात्र छ । यसैगरी त्यस क्षेत्रमा जनमत पार्टीले ४ हजार ५ सय ४२ भोट ल्याएको छ ।

त्यस क्षेत्रमा नेकपा एसको २ हजार ४ सय ८ भोट छ ।  यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ४८ भोट छ ।

सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले  साथ दिएका छन् ।

जसपा र एमालेको भोट जोड्दा करिब २० हजार हुन्छ । तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ ।

यस हिसाबबाट हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ । त्यहाँ लोसपाका उम्मेदवार ठाकुर अगाडि छन् । राई जसपाका दोश्रो नेता मानिन्छन् । उनले पनि प्रत्यक्ष्यतर्फ उम्मेदवारी दिएका छन् ।

जसपा विभाजन हुने बेला निर्णायक समयमा राईले यादवलाई साथ दिएका थिए । त्यसको गन तिर्न यादवले यसपटक राईलाई जसरी पनि चुनाव  जिताउने आश्वासन दिएका थिए । तर सुनसरी १ मा एमालेले राईलाई धोका  दिएको छ ।

त्यस क्षेत्रमा जसपाबाट राईले उम्मेदवारी दिएका छन् । त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले  साथ दिएका छन् ।

जसपा र एमालेको भोट जोड्दा करिब २० हजार हुन्छ । तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ ।

यस हिसाबबाट हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ । त्यहाँ लोसपाका उम्मेदवार ठाकुर अगाडि छन् । राई जसपाका दोश्रो नेता मानिन्छन् । उनले पनि प्रत्यक्ष्यतर्फ उम्मेदवारी दिएका छन् ।

जसपा विभाजन हुने बेला निर्णायक समयमा राईले यादवलाई साथ दिएका थिए । त्यसको गन तिर्न यादवले यसपटक राईलाई जसरी पनि चुनाव  जिताउने आश्वासन दिएका थिए । तर सुनसरी १ मा एमालेले राईलाई धोका  दिएको छ ।

त्यस क्षेत्रमा जसपाबाट राईले उम्मेदवारी दिएका छन् । त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

म्याङन्मो धरानका पूर्व मेयर पनि हुन । त्यसैले धरानमा उनको प्रभाव छ । एमालेका स्थानीय नेताहरु म्याङन्मोको पक्षमा खुलेर प्रचार गर्न थालेका छन् । यसबाट राईको जित्ने सम्भावना घटेको छ ।

सुनसरी १ मा नेपाली कांग्रेसबाट सिताराम महताले उम्मेदवारी दिएका छन् । पछिल्लो समय महताको पक्षमा माहोल बढ्दै गएको छ । राई भने कमजोर देखिएका छन् ।

गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको भोट हेर्ने हो भने सुनसरी १ मा गठबन्धन धेरै अगािड छ । सुनसरी १ मा एमालेको भोट ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको  ७ हजार १८ तथा  राप्रपाको भोट ४ हजार ७४ छ । हाम्रोकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशमा आगो ताप्ने नेताहरु किन अस्ताउनु पर्‍यो ?
  • २०७९ कार्तिक १७, बिहीबार २०:११
  • In "BannerNews"
  • मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल
  • २०७९ कार्तिक १७, बिहीबार २०:११
  • In "BannerNews"
  • मधेश प्रदेशमा पति, पत्नी र दाजुभाई उम्मेदवार
  • २०७९ कार्तिक १७, बिहीबार २०:११
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

मेरो टिकट जसपाले नै ठुलो रकम दिई खरिद गरेको हो – स्वतन्त्र उम्मेदवार शेख

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version