No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ


४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ

काठमाडौं : भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि व्यापारीले प्याजको मूल्य बढाएका छन्।

प्रतिकिलो ४८ देखि ५० रुपैयाँमा बिक्री भइरहेको प्याजको मूल्य भारतको प्रतिबन्धपछि १ सय २० रुपैयाँसम्म पुगेको छ।

प्याजको मुल्य खुद्रा व्यापारीले मात्रै बढाएका छैनन् थोक विक्रेताले समेत चर्को मूल्य असुलिरहेका छन्।

कालिमाटी फलफुल तथा तरकारी बजारकै मूल्य सुचीमा प्याजको मूल्य न्युनतम ११८, अधिकतम १२० र औसत ११९ रुपैयाँ तोकिएको छ।

प्याजको भाउ अकासिएको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज  भट्ट बजार अनुगमनका लागि बल्खु र कालिमाटी तरकारी बजार गएका थिए।

अनुगमनमा व्यापारीले प्याजमा कालोबजारी गरेको प्रमाणित भएपछि  महानगरीय प्रहरी वृत कालिमाटीले चारजना व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने दुई जना बल्खु तरकारी बजारबाट र दुई जनालाई कालिमाटी फलफूल तथा तरकारी बजारबाट पक्राउ गरेको हो।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि चारजनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत कालिमाटीका पप्रमुख डिएसपी अपिल बोहराले जानकारी दिए।

‘प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेका हौं, उनीहरुलाई कालोबजारी अन्तर्गतको मुद्दा चलाउँछौं’ उनले भने।

डिएसपी बोहराका अनुसार २ सय १९ बोरा प्याज सिल गरिएको छ।

अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ।

भारतको दक्षिणी क्षेत्रमा अधिक वर्षाका कारण प्याजको उत्पादन घटेको र घरेलु बजारमा भाउ आकासिन थालेको भन्दै भारतको केन्द्र सरकारले सोमबार निर्यातमा प्रतिबन्ध लगाएको थियो।

विशेषगरी भारतीय प्याजमा निर्भर रहेको नेपाली बजारमा प्रतिबन्धको भोलिपल्ट नै असर परेको व्यवसायीहरूले बताएका छन्।

कालीमाटीमा आइतबार प्याजको थोक भाउ औसतमा ६९ रुपैयाँ थियो। मंगलबार नै प्याजको मूल्य ७५ रुपैयाँ पुर्‌याइएको थियो।

साउन मसान्तमा कालीमाटीमा भारतीय सुकेको प्याजको थोक मूल्य औसतमा किलोको ३१ रुपैयाँ थियो। भारतले यसअघि नै निर्यातमा कडाइ गर्दै आएको थियो।

फलतः यो बीचमा भाउ निकै उकालो लागेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको थियो। aayomail

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

Next Post
दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र

मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र

तपाईको कुन राशि ?

सबैभन्दा क’न्जुस हुन्छन् यी राशि भयका मानिस, तपाईको कुन राशि ?

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: