No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीले चुनावी घोषणा पत्र र नारालाई राष्ट्रियतका सन्र्दभलाई जोड्न खोजेका हुन् ?

ओलीले चुनावी घोषणा पत्र र नारालाई राष्ट्रियतका सन्र्दभलाई जोड्न खोजेका हुन् ?

काठमाडौं । एमालेले आफ्नो घोषणापत्रमा राष्ट्रियताको मद्धालाई जोडदारका साथ उठाउने तयारी गरेको छ । चुच्चे नक्सालाई संसदबाट अनुमोदन गराएका तत्कालिन प्रधानमन्त्री केपी ओलीले चुनावी घोषणा पत्र र नारालाई राष्ट्रियतका सन्र्दभलाई जोड्न खोजेका हुन् । त्यही अनुसार देशभरका नेता कार्यकर्ताले नाकाबन्दीको बेला केपी ओलीले लिएको अडान र संसदबाट चुच्चे नक्सा पास गराएको विषयलाई आफ्ना भाषणहरुमा उठाउदै आएका छन् ।

त्यसकै सन्दर्भलाई जोड्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले कात्तिक १८ गतेदेखि चुनावी अभियान शुरू गर्ने क्रममा दार्चुलालाई ताकेको छ । सुदूरपश्चिमको दार्चुलामा हुने पहिलो चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी ओलीसहितका नेता त्यता त्यहाँ जाने भएका छन् । झापाका विभिन्न कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौ लगायतका क्षेत्रमा सहभागी केपी ओलीले चुनावी सभालाई सम्बोधन गर्न दार्चुलास्थित सदरमुकाम खलंगालाई सम्झेका छन् । ‘१८ गते बिहान ११ बजे हुने सभालाई सम्बोधन गर्न ओली हेलिकोप्टरबाट जानेछन्’, एमालेका एक नेताले भने । उनका अनुसार त्यही दिन उनले सुदूरपश्चिमका अरु दुई जिल्लामा हुने सभालाई सम्बोधन ओलीले सम्बोधन गर्नेछन् ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दीसँग जुधेको र दोस्रो पटक प्रधानमन्त्री भएका बेला भारतद्वारा अतिक्रमित दार्चुलाको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर ‘चुच्चे नक्सा’ सार्वजनिक गरेका कारण मुलुक र मुलुकबाहिर चर्चामा थिए । नेपालको नक्साको पश्चिम उत्तरमा देखिने चुच्चो भाग नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा ल्याएका थिए । आफू प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको क्षेत्र नक्सामा समेटिएको विषयलाई चुनावी एजेन्डा बनाउन ओलीले पहिलो चुनावी सभा नै दार्चुलामा राखेका छन् ।

दार्चुलामा एमालेका गणेश ठगुन्नासँग वहालवाला मन्त्री दिलेन्द्र प्रसाद बडु भिड्दैछन् । ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेपछि राष्ट्रियताको भावानालाई चुनावी मतमा परिणत गर्ने ओलीको उदेश्य रहेको छ ।

राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा एमाले दृढ रहेको सुदूरपश्चिमका नेताहरूको दाबी अनुसार नै ओली त्यहाँ जाँदैछन् । अतिक्रमित भूमि समेटेर नक्सा जारी भएपछि अब उक्त जमिन फिर्ता ल्याउन एमालेकै नेतृत्वको सरकारले मात्र पहल गर्न सक्ने सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन् । त्यसकारण ओलीले दार्चुलाबाट चुनावी अभियान शुरू गर्न लागेका हुन् । २०७० सलाको संविधान सभाका निर्वाचनमा एमालेले तराई मधेशबाट चनावी अभियान शुरु गरेको थियो । त्यतिबेला एमालेमाथि प्रहार भएपछि ओलीले चुनावी अभियान नै स्थगित गरेका थिए ।

राष्ट्रिय स्वाधिनताको पक्षमा एमालेले योभन्दा अगाडि लिएका अडान र कामहरू नै अहिलेको चुनावको मुख्य अजेन्डा राखेपछि ओलीले विशेष गरी सुदुरपश्चिमलाई रोजेका छन् । एमाले विभाजन भएपछि सुदुरपश्चिममा एमालेको संगठन पनि कमजोर बनेको छ । साथै भीम रावललाई टिकट नदिएपछि सुदुरपश्चिम प्रदेशमा एमाले संगठन झन कमजोर भएको महशुससँगै ओलीले दार्चुलामा पहिलो चुनावी सभा गर्न लागेका हुन् ।

२०७४ सालको आमनिर्वाचनपछि ओली प्रधानमन्त्री भएका थिए । उनले दुई पटकसम्म संसद् विघटन गरेका थिए । दोस्रो पटकको संसद् विघटनलाई पनि २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओलीले यो सरकारलाई परमादेशबाट स्थापित भएको सरकार भन्दै आरोप लगाउदै आएका थिए । उनले यो सरकार बनेपछि नै राष्ट्रियतामा अहिलेको सरकार कमजोर रहेको र भारतपरस्त रहेको आरोप लगाउदै आएका छन् ।

त्यसयता ओलीले सार्वजनिक कार्यक्रमहरूमा आफूले अतिक्रमित भूभाग समेटेर नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नु परेको बताउँदै आएका पनि छन् । गएको स्थानीय निर्वाचनमा भएका सभाहरूमा पनि उनले चुच्चे नक्साको विषय उठाएका थिए । अहिले पनि यो विषयलाई उठाउदै आएका छन् । ओलीले २०७४ सालको निर्वाचनमा २०७२ सालमा भारतले गरेको नाकाबन्दीको आफूले सामना गरेको र त्यहीकारण प्रधानमन्त्री पद गुमाउनु परेको प्रचार गरेका थिए । २०७२ असोज ३ गते संविधान जारी भएपछि असोज ५ गतेबाट भारतले नाकाबन्दी लगाएको थियो ।

ओली पहिलोपटक त्यही वर्ष असोज २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेला मुलुकमा भारतले नाकावन्दी लगाएको थियो । त्यसबेला नाकाबन्दी फूकुवा नगरी भारत भ्रमणमा नजाने अडान राखेका थिए । भारतले पनि विस्तारै नाकाबन्दी खुकुलो बनाएपछि ओली भारत भ्रमण पुगेर १९५० को असामान सन्धी संशोधनको माग मात्रै गरेका थिएनन त्यसका लागि प्रबुद्ध समिति समेत गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती

जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती

आज आस्थाको महापर्व छठ मनाइँदै

आज आस्थाको महापर्व छठ मनाइँदै

लहानमा बलियो बन्दै प्रतिनिधि सभाका उमेदवार मनोज पासमान

लहानमा बलियो बन्दै प्रतिनिधि सभाका उमेदवार मनोज पासमान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .