राजविराज । । जनता समाजवादी पार्टी (जसपा) भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष उपेन्द्र यादवलाई चुनौती थपिदै गएको छ ।
मधेश विरोधी एमाले संग गठबन्धन गरी चुनावमा गएकोले पार्टीका असंतुष्ट नेता कार्यकर्ता आक्रोशित बनेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका यादवलाई चुनाव जित्न चुनौती थपिदै गएको हो ।
सत्ता र शक्तिका लागि आफ्नै विरोधी, मधेसी विरोधी शक्तिसँग हात मिलाउने, अप्राकृतिक सहकार्य गर्ने उनीे चुनावको मुखमा पनि यही रवैया देखाएपछि पार्टीका नेता कायकर्ता असन्तुष्ट बन्दै चुनावी गतिविधिबाट निष्क्रिय हुन थालेका छन् ।
एमालेलाई मधेसमा विरोधी पार्टीका चिनाएको उपेन्द्र आफै एमाले संग चुनावी गठबन्धन गरेकोले असंतुष्ट कार्यकर्ता भन्छन्, ‘नागरिकता विधेयक होस् वा मधेस आन्दोलनमा एमालेको भूमिकालाई लिएर मधेसी समुदाय असन्तुष्ट छ । त्यसमाथि सरकारमा हुँदा एमालेले जसपाका सांसद नै अपहरण गरेर पार्टी फुटाउने प्रयास गरेको थियो अहिले उनै संग जसपा गएको छ ।’
कुनैबेला जसपा पार्टीलाई फुटाउन केपी ओलीले षडयन्त्र गरेको कुरा जसपा बृत्तमा निकै चर्चाको विषय बनेको थियो । सांसद सुरेन्द्र यादवलाई एमाले नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेर होटलमा बन्धन बनाएको र आफू कसैगरी फुत्किन बाध्य भएको बताएका थिए । स्वयं उपेन्द्रले पनि एमालेले आफ्नो सांसदलाई एमालेले अपहरण गरेको भन्दै आक्रोश पोखेका थिए । तर अहिले आफैले अपहरणकारी भनेको पार्टीसँग सहकार्य गरेपछि नेता कार्यकर्तामा असन्तुष्टि छाएको हो ।
आफ्नै नेता कार्यकर्ताको अपहरण गर्ने, मधेसको अवमूल्यन गर्ने शक्तिसँग चुनावमा गठबन्धन गरेको भन्दै धेरै नेता कार्यकर्ता निष्क्रिय बनेका छन् । पछिल्ला दिनमा कार्यकर्ताको परित्यागले जसपा जिल्ला नेतृत्व र स्वयं उपेन्द्रलाई चिन्तित बनाएको नेताहरु बताउँछन् । अर्कोतिर मधेस विरोधी छवि भएको दलसँग सहकार्य गरेका उपेन्द्रले आफ्नै क्षेत्रमा एमालेको (बागी उठ्नु)साथ नपाउनुले पनि कार्यकर्तामा निराशा छाएको छ

















