No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

श्राद्धको खाना खाँदा एकको मृत्यु, २९ बिरामी

श्राद्धको खाना खाँदा एकको मृत्यु, २९ बिरामी

धनगढी : कैलालीको गोदावरी नगरपालिका १० की गंगा बोहरा सेती प्रादेशिकअस्पतालको इमरजेन्सी कक्षमा विलौना गरिरहेकी थिइन् । उनलाई १९ वर्षीय छोरा सुरेश बोहराको शव पनि कसैले देखाउन मानेनन्।

हातमा क्यानला जोडिएकी र पखाला लागेकाले पटकपटक शौचालय जाने गरेकी गंगालाई छोराको शव देखाएमा स्वास्थ्यमा समस्या आउने भएकाले आफन्तले शव नदेखाएर नै सतगत गरिदिएका छन्।

घटना भदौ २८ गतेको हो । कैलालीको गोदावरी नरपालिका वडा नम्बर १० का प्रताप विष्टका घरमा उनका बुवाको श्राद्ध थियो । उनले, छोरी, भतिजिका परिवार, छिमेकी सबैलाई श्राद्धमा निम्तो गरेका थिए । गाउँघरमा सोह्र श्राद्धमा यसरी भोज नै गरिन्छ ।

प्रतापले बोलाएका अधिकांशमा खाना खाएको केही बेरपछि पेट दुख्ने, पखाला चल्ने र बान्ता हुने समस्या देखियो । परिवारका सदस्यहरुले अलि बढी भएकालाई आ–आफ्नो तरिकाले अस्पताल लगे । कसैले स्थानीय ग्वासी मेडिकलमा लगे भने कसैले मालाखेती अस्पताल र पदमा अस्पतालमा भर्ना गरे ।

श्राद्ध खाएका प्रायःजसो बिरामी पर्न थालेपछि, खानामा कुनै विषादी हुनसक्ने अनुमान गरिएका बेला २९ जना बिरामी परेको खबर थाहा भयो । सोही ठाउँका प्रताप बोहरा र गंगा बोहराका छोरा १९ वर्षीय सुरेश बोहराको त मंगलबार राती सेती प्रादेशिकअस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

मृतकी आमा गंगा बोहरा, भाइ अर्जुन बोहरा, बहिनीहरु मुना बोहरा र दिपिका बोहरा, बज्यै बेलु बोहरा सेती प्रादेशिकअस्पतालमा भर्ना छन । ‘दाई (मृतक) ले र मैले अली बढी अचार र खीर खाएका हौ,’ मृतकका १२ वर्षका भाइ अर्जुनले भने । श्राद्ध भएको परिवार, मृतकको मावली घर हो ।

दुई बच्चासहित सोही ठाँउकी मनसरा ठगुन्ना पनि सेती प्रादेशिकअस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी छिन ।  भन्छिन, ‘म त श्राद्धमा गएन, श्रीमान दुबै बच्चा लगेर जानुभयो, मेरा लागि भात र अचार घरमै ल्याइ दिनु भएको हो । छोराले खीर मात्रै खाएको भन्दैथ्यो, अचार र खीर खाएकालाई बढी समस्या देखिएको छ।’ मनसराका ६ वर्षको छोरा पारस र १२ वर्षीया छोरी राधा पनि अस्पताल भर्ना गरिएको छ।

श्राद्ध भएको परवारका युवक केशव विष्टले, दूध, तरकारी, डाल्डा, तेल, मसला सबै बाहिरबाट किनेर ल्याएकाले त्यसमध्ये केहीमा खराबी हुनसक्ने बताए । आमा शर्मा विष्टसँगै उनी पनि सेती प्रादेशिकअस्पताल भर्ना भएका छन् । ‘बुवा सुगरका बिरामी, उहाँले खीर, अचार पनि खानु भएन, उहाँलाई केही भएन,’ केशबले भने ।

प्रताप बोहराका १९ वर्षीय छोरा सुरेश बोहराको सेती प्रादेशिकअस्पतालमा पोष्टमार्टम पछि बुधबार दाहसंस्कार गरिएको छ । सेती प्रादेशिकअस्पतालका इमरजेन्सी वार्डका प्रमुख डाक्टर जगदिश जोशी पनि ‘फुड पोइजन’ का कारण युवकको मृत्यु भएको बताए।

‘श्राद्धको खानामा कुनै समस्या थियो, कस्तो प्रकारको पोइजन हो भन्ने कुरा हेर्ने सेतीमा कुनै उपकरण छैन, तर पनि सबैलाई एकै प्रकृतिको बिराम देखिएकाले फुड पोइजन’ भन्न सकिन्छ,’  डाक्टर जोशीले भने । उनले, सेतीमा भर्ना भएकाहरु सबै खतरामुक्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
डेढ वर्षमा सक्नुपर्ने पुलको काम ४ वर्षमा आधा मात्रै

डेढ वर्षमा सक्नुपर्ने पुलको काम ४ वर्षमा आधा मात्रै

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .