No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेसँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु

एमालेसँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नेकपा ( एमाले) सँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु भएको छ । एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको बरु उल्टै एमालेले फाइदा लिएको जसपाका नेताहरूको बुझाइ छ ।

जसपाका अध्यक्ष यादव अहिले धेरैजसो समय मधेसमै बस्ने गरेका छन् । काठमाडौं आए पनि एक दुई दिनमै मधेस फर्कने गरेका छन् । यादव सप्तरी पुगेको बेला दुई दिन अगाडि उनलाई स्थानीय नेताहरुले एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको विफिङ गरेका थिए । यो पनि समाचार –   ईस्तियाक राईको जातियताको नाममा बाकेको चुनाव जित्ने तयारी

‘अध्यक्ष ज्यु सुन्न मात्र भयो । प्रतिक्रिया दिनु भएन । तर उहाँले पनि पनि यो महशुस गर्नु भएको जस्तो लाग्छ’ जसपा सप्तरीका एक नेताले भने ।

एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका नेता इस्तियाक रार्ईलाई भएको छ । रार्ईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणाले पनि उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

त्यसै क्षेत्रमा रार्ईकै भतिजा सामसुल राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो पटक इस्तियाक शहरी विकास मन्त्री हँदा सामसुल इस्तियाकको स्वकीय सचिव थिए । अहिले उनको पहिलो मिशन नै इस्तियाकलाई हराउनु हो । इस्तिायकलाई हराउनकै लागि सामसुलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जसपाले एमालेसँग गठबन्धन गर्ने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्तियाकलाई सरकारबाट हटाएका  थिए ।  एमालेसँगको गठबन्धनबाट इस्तियाकको मन्त्री पद मात्र गएन चुनावमा जित्ने सम्भावना पनि ह्वात्तै घटेको छ ।

बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् । त्यहाँ राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै हुने देखिएको छ ।

आफू नै अप्ठेरोमा परेका अध्यक्ष यादवले अब आफू पछिका दोश्रो नेता अशोक राईलाई जिताउन नसक्ने भएका छन् । जसपा  विभाजन हुने बेला  निर्णायक समयमा राईले यादवलाई साथ दिएका थिए ।

त्यसको गुन तिर्न यादवले यसपटक राईलाई जसरी पनि चुनाव जिताउने आश्वासन दिएका थिए । तर सुनसरी १ मा एमालेले राईलाई धोका दिएको छ । त्यस क्षेत्रमा जसपाबाट राईले उम्मेदवारी दिएका छन् ।

त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । म्याङन्मो धरानका पूर्व मेयर पनि हुन् । त्यसैले धरानमा उनको प्रभाव छ । एमालेका स्थानीय नेताहरु म्याङन्मोको पक्षमा खुलेर प्रचार गर्न थालेका छन् । यसबाट राईको जित्ने सम्भावना घटेको छ ।

सुनसरी १ मा कांग्रेसबाट सिताराम महताले उम्मेदवारी दिएका छन् । पछिल्लो समय महताको पक्षमा माहोल बढ्दै गएको छ । राई भने कमजोर देखिएका छन् ।

यस्तै स्थिति मोरङमा पनि छ ।  एमाले र जसपाबीच वार्ता हुँदा मोरङ ५ मा एमालेले जसपालाई छाड्ने सहमति भएको थियो । जस अनुसार मोरङ ५ मा जसपाले राजकुमार यादवलाई उम्मेदवार बनायो । तर त्यही क्षेत्रमा एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिए ।

मोरङ एमालेका नेताहरुले अहिले मण्डलको पक्षमा खुलेर प्रचार प्रचार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भने मौन छन् ।

मोरङ ६ (ख) मा एमालेका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाले उम्मेदवारी दिने सहमति भएको थियो । तर सहमति लागु भएन ।

जसपाका नेताहरुका अनुसार बारा ३ मा पनि एमालेले जसपालाई धोका दिएको छ । बारा ३ मा एमालको नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाबाट रामबाबु यादवलाई उम्मेदवार बनाएको छ ।

रामबाबु अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था बारा ३ मा नेपाली कांग्रेसबाट फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् । मन्सुर विजयी हुने सम्भवना बढेको छ ।

धनुषा २ मा एमालेले उमाशंकर अरगरैयालाई उम्मेदवार बनायो । अरगरैयाले लोसपा छाड्ने बित्तिकै एमालेबाट टिकट लिए । यसअघि अरगरैयाले जसपा अध्यक्ष यादवलाई पनि नराम्रोसँग धोका दिएका छन् ।

२०७४ को निर्वाचनमा उनले यादवकै पार्टीबाट चुनाव जितेका थिए । तर जसपा विभाजन हुने बेला यादवलाई धोका दिएर लोसपातिर लागेका थिए ।

जसपाले धनुषा २ मा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । धनुषा २ मा पनि एमालेबाट धोका पाएको जसपाका नेताहरुको बुझाई छ ।

त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यहाँ रामकृष्णले चुनाव जित्ने सम्भावना ह्वात्तै बढेको छ ।

यादवले अन्तिम समयमा आएर सत्ताधारी गठबन्धन छाडेका थिए । बढी महत्वाकांक्षी भएका कारण उनले गठबन्धन छाडेर एमालेसँग सहकार्य गर्न गए । तर एमालेले धोका दिएपछि अहिले यादवले टाउको समातेका छन् ।

त्यतिमात्र हैन यादव आफैंले जित्नेसमेत टुङ्गो नभएपछि बाँकी नेताहरुलाई जिताउने सम्भावना पनि कम हुँदै गएको छ । अहिले सत्ताधारी गठबन्धनका नेताहरुले यादवको स्थिति देखेर ‘धोका दिनेले धोका पाए’ भनिरहेका छन् । हाम्रोकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
एसियाली मुलका ऋषि सुनक बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री , नेपाल र भारतको लागी गौरवमय क्षण

एसियाली मुलका ऋषि सुनक बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री , नेपाल र भारतको लागी गौरवमय क्षण

ताइवानका राष्ट्रपतिद्वारा चीनलाई कडा सन्देश, चिन अगाडि घुँडा टेक्ने छैनौं

ताइवानका राष्ट्रपतिद्वारा चीनलाई कडा सन्देश, चिन अगाडि घुँडा टेक्ने छैनौं

लाखौ मधेसी युवाले पाउनुपर्ने नागरिकताको विरोधमा थिए उपेन्द्र यादव, एमालेसँग मिलेपछि भयो पुष्टि

लाखौ मधेसी युवाले पाउनुपर्ने नागरिकताको विरोधमा थिए उपेन्द्र यादव, एमालेसँग मिलेपछि भयो पुष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .