एजेन्सी – दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु भएको छ।
अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा भएको सुरक्षा अधिकारीले बताएका छन्।
अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्याउने प्रयासमा आतंकवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।




















