No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक

कात्तिक , अगैया

बाम-लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत
प्रदेश सभा १ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा आएको छ
। राप्ती सोनारी गाउँपालिका वडा नं. २ अगैयामा शनिबार कार्यालय उद्घाटन
गरिएको हो ।

कार्यालय स्थापना भएसँगै पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई तिब्र
पारेको छ । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाका
उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ शनिबार
बाँके आए लगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो ।

गृहजिल्ला आएलगत्तै उनले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर
भेटघाटलाई तिब्रता दिएका छन् । राप्ती सोनारी-२ अगैयामा निर्वाचन परिचालन
कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले परिवर्तनकारी
शक्तीबीच भएको गठबन्धनले संबिधान र ब्यवस्थाको रक्षा गर्ने बताए ।

प्रतिगमनकारीबाट संविधान र ब्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस,
माओवादी केन्द्र लगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको उल्लेख गर्दै
मन्त्री अथकले परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धनलाई
हार्ने छुट नभएको बताए ।

तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास
गरिरहेकाले सचेत हुन समेत उनले गठबन्धनमा आवद्ध कार्यकर्तालाई आग्रह गरे
। ‘ब्यवस्था बद्लियो, अब जनताको अबस्था बदल्न जरुरी छ, पाँच दलिय गठबन्धन
भित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्छ,’
उनले भने ।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात
नगरेर काम गरेको अथकको भनाई छ ।  ‘क्षेत्र नम्बर १ का बिद्यालयको शैक्षिक
सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता, सडक, बिजुली, सिचाइँ,
खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका
छन्,’ उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफु समयमै निर्वाचन क्षेत्रमा पुग्न
नसकेकोमा खेलकुद मन्त्री अथकले क्षमा मागेका थिए । पुरानो अनुभव र नयाँ
उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत उनले जनाएका छन् ।
बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र
नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकले बताए ।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता
सबैभन्दा ठुलो कुरा भएको धारणा राखे । उनले थपे, ‘आजको ब्यवस्थाप्रति
माओवादी र काँग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा १ ‘क’ का उम्मेदवार कृष्णा
केसी नमुनाले ब्यक्ति भन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनोट भएकाले
गठबन्धका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन् । गठबन्धनको मर्म भन्दा
बाहिर नजान समेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गरीन । उनले गएको
पाँच वर्षमा विकासको आधार तयार पारिएको दाबी गर्दै केही काम बाँकी रहेको
र केही पाइप लाईनमा भएको बताइन् ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य
पूर्णाकुमारी सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर
पौडेल, पुर्वसभासदद्धय पट्टु थारु र अशोक रोकाय, नेपाली कांग्रेस बाँकेका
प्रवक्ता डिल्ली गिरी, नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली
काँग्रेस प्रदेश (क) का कार्यबहाक सभापती अम्बर बहादुर बुढाथोकी, नेकपा
माओवादी केन्द्र, क्षेत्र नं. १ संयोजक रेणुका खड्का, कांग्रेसका जिल्ला
सदस्य टिकाराम बस्नेत, कांग्रेस राप्ती सोनारी सभापति भिम बहादुर
रानाक्षेत्री, नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिमबहादुर
घर्ती लगायत गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको उपस्थिती रहेको
थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

Next Post
जसपाले बाँके क्षेत्र नं २ का २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने

जसपाले बाँके क्षेत्र नं २ का २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने

आश्वासन बाँड्दै शीर्ष नेता

आश्वासन बाँड्दै शीर्ष नेता

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .