No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशी आयोगद्धारा अन्तरक्रिया कार्यक्रम

मधेशी आयोगद्धारा अन्तरक्रिया कार्यक्रम

रौतहट,  कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको शिलशिलामा चुनावी आचारसंहिता, उम्मेदवारले पालना गर्नुपर्ने कार्यहरु तथा निर्वाचनमा भयत्रासको माहौल सृजना हुन नदिने सम्बन्धित राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी तथा सुरक्षा निकायको पदाधिकारीहरु विच मधेश आयोगले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा विहिवार मधेशी आयोगद्धारा आयोजित कार्यक्रममा कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पार्दै आयोगको सदस्य आभा कुमारीले देशमा विभिन्न आयोगहरु रहेपनि मधेशी आयोग सोही मध्येको एक हो । आयोगले मधेशको धार्मिक, साँस्कृतिक, आर्थिक अवस्थालाई मध्यनजर राख्दै मधेशका २२ वटा जिल्लामा कार्य गर्दै आएको बताइन ।
निर्वाचनलाई मध्यनजर राख्दै निर्वाचन आचार संहिता, उम्मेदवारले पालना गर्नुपर्ने कार्यहरु सहज रुपमा भयो कि भएन तथा मतदाताहरुमा सुरक्षाको विभिन्न थ्रेटहरुको अवस्था कस्तो रहेको छ त्यस सम्बन्धमा रौतहट जिल्लाको समग्र अवस्था वारे अनुगमन एवं राय संकलन गर्न यहाँ आएको आयोगको सदस्य आभाकुमारीले भनिन ।
कार्यक्रममा सहभागी भएको विभिन्न दलका प्रतिनिधिहरु केही मतदान स्थल अति सम्बेदनशिल बाहेक अन्य मतदान स्थल राम्रो रहेको, सुरक्षाको अवस्था पहिलाको भन्दा सुदृढ रहेको, सीमापारीबाट अपराधिक गतिविधिको सम्भावना धेरै न्यून रहेको तथा नक्कली मतदाताहरुद्धारा मतदानको अवस्था नरहेको प्रष्ट पारे । सम्बन्धित निकायबाट चुनावी आचारसंहितको पूर्ण रुपमा पालना गराउने तर्फ आयोग गम्भीर बन्न समेत सहभागीहरुले जिज्ञासा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले निर्वाचनको प्रक्रियामा विस्तारै सुधार हुँदै गएको छ । रौतहट जिल्लाको वारेमा जति बाहिरबाट नकारात्मक कुराहरु सुनिन्छ यहाँ आएर ति कुराहरु हुँदैनन, यहाँका जनताहरु धेरै राम्रो तथा गम्भीरबाट लिने भएको देखेर धेरै खुशी लाग्यो । कुनै समयमा यहाँ आएपनि ग्रामिण भेगमा जाने अवस्था थिएन तर ति सबै परिवर्तन भएकोमा खुशी व्यक्त गरे । आयोग मधेश प्रति अति गम्भीरताका साथ सुक्ष्म रुपमा नियाली रहेको हुँदा मधेशको अवस्थामा सुधारोन्मुख हुँदा पक्कै राज्यको मुलधारमा समाहित हुन अग्रसर रहेको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले रौतहट जिल्लाका जनताहरु र राजनीतिक दलका अगुवाहरु राम्रो रहेको छ तर यदाकदा केही दलका कार्यकर्ताहरुको कारण बदनामी झेल्नु परेको जिकिर गर्दै मेरो १ बर्षको कार्यकालमा कुनै त्यस्तो घटनाहरु नभएको र सबै आपसी तालमेल गरेर बसेको हँुदा बाहिरबाट हेर्ने दृष्टिकोर्णमा धेरै फरक रहेको हुँदा नकारात्मक भ्रमलाई हटाउन यहाँका राजनीतिक दल र संचारकर्मीहरुको भुमिका सकारात्मक हुनुपर्ने बताए ।
सो कार्यक्रममा संविधान सभाको सदस्य मोह्म्मद अब्दुल कलाम आजाद, मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासनी, नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धानका मुकुण्ड खड्का, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास, नेकपा एसका विरेन्द्र साह, माओवादीका रामानन्द साह, लोसपाका अनिल सिंह, पुष्पा सिंह, चन्देश्वर राउत, पवन पटेल सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
मिथिलामा दिवाली–छठपर्वको चटारो

मिथिलामा दिवाली–छठपर्वको चटारो

तिब्बतमा अबैध डीएनए चेकजांचको व्यापक बिरोध

तिब्बतमा अबैध डीएनए चेकजांचको व्यापक बिरोध

पाकिस्तानमा बाढी पीडितलाई आएको राहतमा भ्रष्टाचार , जनताद्वारा बिरोध प्रदर्शन

पाकिस्तानमा बाढी पीडितलाई आएको राहतमा भ्रष्टाचार , जनताद्वारा बिरोध प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...