No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सत्तागठबन्धन बागीविरुद्ध कठोर

सत्तागठबन्धन बागीविरुद्ध कठोर

गत स्थानीय निर्वाचनमा बागी उम्मेदवारीका कारण असहज महसुस गरेको सत्तागठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बागीविरुद्ध कठोर देखिएको हो

स्थानीय निर्वाचनमा बागी उम्मेदवारीका कारण जटिलताको सामना गरेको सत्तागठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बागीविरुद्ध कठोर देखिएको छ । सत्तागठबन्धनले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन र नगरे कारबाहीको चेतावनी दिएको छ ।

गठबन्धनमा सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै र पार्टीबाट टिकट नपाएकाले बागी उम्मेदवारी दर्ता गराएका छन् । टिकट वितरणमा नेतृत्वले मनमौजी गरेको असन्तुष्टि बागीमा देखिएको छ ।

मंगलबार बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले उम्मेदवारी फिर्ताका लागि तोकिएको समयभित्रै फिर्ता गर्न निर्देशन दिएको हो । निर्देशनअनुसार उम्मेदवारी फिर्ता नगरे सम्बन्धित पार्टीले निष्कासनको कारबाही गर्नेे गठबन्धनको निर्णय छ । यसले निर्वाचन परिणाम प्रभावित गर्न सक्ने आकलनसहित गठबन्धनले निष्कासनसम्मको कारबाही गर्ने तयारी गरेको छ । ‘सम्बन्धित पार्टी निकायहरूले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नुहुनेछ । निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ,’ बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।

गठबन्धनमा आबद्ध दलहरूले आन्तरिक रूपमा पनि बागीमाथि डन्डा चलाउने तयारी गरेका छन् । कांग्रेसले गठबन्धनको निर्णयपछि बागीलाई उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासन गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गरे कारबाही नगर्ने जनाएको छ ।

आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले दिएको बागी उम्मेदवारी फिर्ता गराउने प्रयास भएको कांग्रेस नेताहरूले जनाएका छन् । ‘कांग्रेस पुरानो पार्टी भएको र पार्टीमा योगदान गरेका धेरै भएकाले स्वाभाविक रूपमा आकांक्षी धेरै देखिए । गठबन्धन गर्दा अरू पार्टीलाई कतिपय स्थान छाड्नुपर्दा सिट संख्या पनि घट्न पुग्यो । असन्तुष्टिस्वरूप कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । उहाँहरूसँग कुरा भइरहेको छ । धेरैजसो फिर्ता लिने पक्षमा नै हुनुहुन्छ,’ कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले भने, ‘फिर्ता नभएको अवस्थामा पार्टी विधानअनुसार कारबाही हुन्छ । गठबन्धनका तर्फबाट पनि फिर्ता लिन निर्देशन गरिएको छ र फिर्ता नभएमा सम्बन्धित पार्टीले निष्कासन गर्ने निर्णय भइसकेको छ ।’

माओवादी सचिव गणेश साहले बागीमाथि अनुशासनको कारबाही हुने बताए । ‘जिल्लागत रूपमा फिर्ता गराउन पहल गरिरहेका छौँ । माओवादीबाट मधेस प्रदेशमा करिब १० स्थान र देशका केही स्थानमा बागी उम्मेदवारी छ । फिर्ता नभएमा पार्टीले अनुशासनको कारबाही गर्नेछ,’ उनले भने । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बागीले फिर्ता नगरे कारबाहीमा पर्ने बताए । ‘कतिपय स्थानमा सहमति नभएकाले गठबन्धनका उम्मेदवार रहेका स्थानमा पनि प्रतिस्पर्धा गरौँ भनेर उम्मेदवारी परेका छन् । त्यस्ता ठाउँमा अझै पनि कुन दलको उम्मेदवार राख्ने र कसको फिर्ता गराउने, गठबन्धनमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘बागी उम्मेदवारी परेका करिब ३० ठाउँ छन् । फिर्ता गराउन सम्झाउने–बुझाउने काम भइरहेको छ । फिर्ता नगरे पार्टीले अनुशासनको कारबाही गर्नेछ,’ उनले भने ।

काठमाडौं १० मा कांग्रेस उम्मेदवार राजन केसीविरुद्ध माओवादी नेतृ अञ्जना विशंखेको उम्मेदवारी दर्ता भएको छ । कास्की ३ मा माओवादी उम्मेदवार रामजी बरालविरुद्ध माओवादी नेतृ अनिता भुर्तेलले उम्मेदवारी दर्ता गराएकी छिन् । तनहुँ १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी छ । डोटीमा एकीकृत समाजवादीबाट गठबन्धनका उम्मेदवार प्रेम आलेविरुद्ध कांग्रेस नेता नरेन्द्र खड्काको उम्मेदवारी परेको छ । चितवन १ मा कांग्रेसका विश्व पौडेलविरुद्ध कांग्रेसकै राजेन्द्र बुर्लाकोटीको उम्मेदवारी परेको छ ।

यसबाहेक कैलाली ५ (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध कांग्रेसकै क्षितिज भण्डारीको उम्मेदवारी परेको छ । साथै, गुल्मी २ मा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध कांग्रेसका दामोदर भुसालले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राईविरुद्ध कांग्रेसका विष्णुकुमार राईको उम्मेदवारी परेको छ । धनुषा २ मा कांग्रेसका रामकृष्ण यादवविरुद्ध एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेदवारी दिएका छन् । यसबाहेक कर्णालीका अधिकांश स्थानमा एकीकृत समाजवादीले गठबन्धनको सहमति भएका स्थानमा पनि उम्मेदवारी दर्ता गरेको छ ।

एमाले र राप्रपाले पनि बागीलाई कारबाही गर्ने 
विपक्षी एमालेले पनि बागीमाथि कारबाही गर्ने जनाएको छ । ‘एमालेले बागी उम्मेदवारी दिएकालाई फिर्ताका लागि निर्देशन दिइसकेको छ । पार्टीका तल्ला निकायबाट पनि फिर्ताका लागि पहल भइरहेको छ । हामीलाई विश्वास छ, साथीहरूले भोलि फिर्ता लिनुहुनेछ । फिर्ता नभएको अवस्थामा पार्टी विधानको व्यवस्थाबमोजिम स्वतः निष्कासनको कारबाही हुनेछ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

एमालेमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिने र टिकट लिएर पनि स्वतन्त्र उम्मेदवारी पर्‍यो । रौतहट ३ मा एमालेको टिकट बुझेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै रौतहट ३ (ख) मा पनि एमालेबाट टिकट बुझेर कुन्दन कुसवाहाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराए । दाङ १ मा एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध गंगा चौधरीको स्वतन्त्र उम्मेदवारी परेको छ । कञ्चनपुर ३ (क) मा राप्रपालाई एमालेले सघाउने सहमतिविपरीत एमालेबाट कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ ।

राप्रपाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । राप्रपाले मंगलबार विज्ञप्ति जारी गरी बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । उम्मेदवारी फिर्ता नलिए पार्टीको सदस्यता खारेज गरी निष्कासनसम्म गरिने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेश सभातर्फ बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक १ मा नारायणजंग पाण्डेविरुद्ध एस्मिन ढुंगानाले बागी उम्मेदवारी दिएकी छिन् ।

प्रदेश सभातर्फ झापा ४ (ख)मा भक्ति सिटौलाविरुद्ध खुश्बु ओलीले बागी उम्मेदवारी दिएकी छिन् । एमालेसँग तालमेल गरेको राप्रपाले बाँके १ (ख) मा एमालेलाई सघाउने निर्णय गरेको थियो । तर, त्यहाँ पनि राप्रपाबाट पार्टीका कोहलपुर अध्यक्ष अर्जुनजंग शाह बागी उठेका छन् ।

देउवाको उम्मेदवारी कायमै
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । ‘उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ,’ उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।’ एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै उजुरी परेको थियो ।

बर्दिया १ मा गौतम आधिकारिक उम्मेदवार
बर्दिया १ मा निवर्तमान सांसद सञ्जय गौतमको उम्मेदवारी कायम भएको छ । कांग्रेसबाट दुईजनाको उम्मेदवारी परेकोमा जिल्ला सभापति अरुणप्रकाशसिंह राठौरको उम्मेदवारी खारेज भएको छ । पार्टीको आधिकारिक उम्मेदवार आफू रहेको भन्दै आइतबार गौतम र राठौरले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएका थिए ।

मंगलबार कार्यालयले गौतमको उम्मेदवारी सदर गरेको हो । सहायक निर्वाचन अधिकृत नीलकण्ठ बरालले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका, २०७९ को दफा १९ को उपदफा ९ बमोजिम पहिला दर्ता गराएका गौतमको मनोनयन पत्र दर्ता सदर भएको जानकारी दिए । मंगलबार राठौरले आफू आधिकारिक उम्मेदवार भएको भन्दै गौतमविरुद्ध दाबी–विरोध पेस गरेका थिए । मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीको फैसलाअनुसार दाबी–विरोध पनि नठहर्ने देखिएको सहायक निर्वाचन अधिकृत बरालले बताए । नयाँपत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
हिजाब विरुद्ध विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै खेलाडी अलीको पासपोर्ट जफत

हिजाब विरुद्ध विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै खेलाडी अलीको पासपोर्ट जफत

चीनले साइबर स्पेसमा आफ्नो नियन्त्रणलाई बढावा दिदै

चीनले साइबर स्पेसमा आफ्नो नियन्त्रणलाई बढावा दिदै

गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र

गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .