• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब एमालेमा बिस्फोट हुने , एमालेमा तीव्र असन्तुष्टि


अब एमालेमा बिस्फोट हुने , एमालेमा तीव्र असन्तुष्टि

ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ। यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको हो। अध्यक्ष ओलीले जसपासँग सहकार्य गरेपछि यसको विरोधमा पूर्वी पहाडी जिल्लाहरूमा बढी असन्तुष्टि प्रकट भएको छ।

अध्यक्ष ओलीले टिकट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन्। एमालेमा बौद्धिक र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित उनको यस्तो घोषणाले पार्टीलाई असर पर्ने देखिन्छ। अध्यक्ष ओलीले भुसाल, भीम रावललगायत केही नेतालाई टिकट नदिएर प्रतिशोधपूर्ण व्यवहार गरेपछि पार्टीभित्र विद्रोह हुने अवस्था देखिएको एक नेताले बताए।

अध्यक्ष ओलीले महाधिवेशनमा आफूसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई अछाममा टिकट नदिई माओवादी केन्द्रबाट एमालेमा आएका व्यापारी झपट बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। यसको विरोधमा अछाम जिल्लाका नेता–कार्यकर्ताले रावलको पक्ष वकालत गर्दै राजीनामा दिएका छन्। अछाम एमालेका ३८ जना नेताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले शनिबार एमाले अछाम जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। राजीनामा दिनेमध्ये ३० जना जिल्ला कमिटी सदस्य र बाँकी सल्लाहकार थिए। ‘तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाविपरीत निर्णय भएकाले घोर भत्र्सना गर्दै हामीले आ–आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागु हुनेगरी सामूहिक राजीनामा गर्दछौं,’ राजीनामा पत्रमा लेखिएको छ। प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ रावललाई अछाम–१ बाट उम्मेदवार बनाउन जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले सिफारिस गरेको थियो। अछाम– १ बाट रावलको नाममात्र सिफारिस भएको थियो। तर ओलीले रावललाई टिकट दिएनन्। एमालेले टिकट नदिएपछि पार्टी छाडेका नेता भुसालले रूपन्देही–१ बाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने तयारी गरेका छन्। उनले शनिबार दिउँसो सामाािजक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले छाड्नुपरेकोमा दुःख व्यक्त गरेका छन्। उनले एमाले ओलीको कैदीजस्तो भएको आरोप लगाएका छन्।

टिकट वितरणमा भएको पक्षपातपूर्ण व्यवहारप्रति असन्तुष्टि पोख्दै पूर्वकेन्द्रीय सदस्य केशव देवकोटाले साधारण सदस्यसमेत नरहने गरी एमाले परित्यागको घोषणा गरेका छन्। लामो समयदेखि एमालेमा क्रियाशील उनले एमालेमा मूल्यांकन गर्ने परिपाटी निकै कमजोर रहेकाले आफूले पार्टी परित्याग गर्नुपरेको बताएका छन्। उनी सिन्धुलीका हुन्।

सुनसरीमा पनि एमाले नेता तथा कार्यकर्ताबाट विद्रोहको तयारी भएको छ। सुनसरी निर्वाचन क्षेत्र–१ मा एमालेले जसपा नेता अशोक राईलाई सघाउने सहमति गरेको छ। कांग्रेसले सुनसरी १ मा माओवादीलाई सहयोग गर्ने भएको छ। धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्रका १ देखि ५ र रामधुनीका ६ र ७ वडा रहेको सुनसरी १ मा एमाले नेता मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

एमाले मोरङ जिल्ला कमिटीका सचिव रूपेश खतिवडाले पनि पार्टी छाडेको घोषणा गरेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनले राजीनामापत्रमा एमाले मोरङतर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थअनुकूल सामाजिक सञ्जालमा प्रचार गरिएकाले असहमत भएको उल्लेख गरेका छन्।

उनले पार्टीका कमिटीहरू मानार्थ र बोधार्थ मात्रै नभएको भन्दै राजीनामापत्रमा पार्टी निर्णयमा पदीय जिम्मेवारीअनुसार सचिवको भूमिका रहनुपर्ने दाबी गरेका छन्। अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको उनले बताएका। उनले एमाले प्रदेश १ कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै राजीनामा दिएका हुन्। खतिवडाले विधि र पद्धतिविपरीत पार्टीले गरेका निर्णयको साक्षी किनारा भएर बस्न नसक्ने बताएका छन्।

यसैगरी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ (ख) मा खड्कबहादुर खत्रीले टिकट नपाएपछि असन्तुष्टि देखिएको छ। प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएका खत्रीको टिकट खोसिएपछि असन्तुष्टि बढेको हो। त्यहाँ सिफारिसमै नपरेका एमाले नेता डण्डीप्रसाद शर्मालाई केन्द्रीय कमिटीले टिकट दिएको छ। एमाले सुर्खेत जिल्ला सचिवालयको शनिबार बसेको बैठकले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ (ख) को टिकट वितरण तत्काल सच्याउन माग गरेको छ। एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले उक्त क्षेत्रको टिकट परिवर्तन नभए निर्वाचन जित्न नसकिने बताएका छन्।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूले संसदीय राजनीति छाडेको भन्दै निर्वाचन नलड्ने घोषणा गरेकी छिन्। उनले नयाँ पुस्ताका नेताहरूलाई टिकट दिन आग्रह गरेकी छिन्। उनले आफ्नो क्षेत्रमा विद्यासुन्दर शाक्य वा अर्को कुनै व्यक्तिलाई टिकट दिन आग्रह गर्दै विकल्प खोज्न भनेकी हुन्। त्यस्तै दाङकी गंगा चौधरीले पनि पार्टी छाडेको घोषणा गरेकी छिन्।  दोलखामा अध्यक्ष ओलीको भाञ्जा बालकृष्ण हिवाकोटीलाई टिकट दिइएको छ। शिवाकोटीको नाम प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएको थियो तर ओलीले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेका हुन्। त्यहाँ पार्वत गुरुङ वा आनन्द पोखरेलले टिकट पाउनुपर्ने थियो। राष्ट्रिसभा सदस्य खिमलाल भट्टराई रूपन्देही निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएका थिए। तर ओलीले त्यहाँ वासुदेव घिमिरेलाई टिकट दिएका छन्। योल निर्णयले रूपन्देहीमा पनि असन्तुष्टि बढेको छ। बाँकेमा पनि एमालेका नेताकार्यकर्ताहरूले टिकट वितरणमा अन्याय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचनको बेला दल बदलको लहर
  • २०७९ आश्विन २३, आईतवार १२:२८
  • In "BannerNews"
  • एमाले अब एमाले रहेन, मूल पार्टी हाम्रो हो : माधव नेपाल
  • २०७९ आश्विन २३, आईतवार १२:२८
  • In "BannerNews"
  • अयोध्या खोज्दै हिँडेर केपी ओलीले कम्युनिस्ट पार्टी सिध्याए : घनश्याम भूसाल
  • २०७९ आश्विन २३, आईतवार १२:२८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

एक महिनामा ताइवानमा ४४६ हवाई सैन्य विमानको घुसपैठ

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

‘प्रतिगमन सच्याउँदै’ ओलीका शरणमा उपेन्द्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version