• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि नेपाली व्यपारी निराश


नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि नेपाली व्यपारी निराश

काठमाडौं ।  न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् । उनले २०७९ भदौ ६ गते आत्महत्या गरे।

त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए ।

यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोनाभाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए।

तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिनादेखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो। एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए ।

आफ्नो सामानसहितका कन्टेनर लामो समयसम्म चिनियाँ सीमामा अड्किएपछि आर्थिक कारोबार बिग्रिएको भन्दै ती दुई उद्यमीहरूले आत्महत्या गरेका हुन् ।

सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ को प्रकोप देखा परेपछि चीनको सीमानाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको छ ।

नेपालले कुनै निर्णायक पहल नगरे पनि नेपाल सरकारले चीनसँग सीमा खोल्नका लागि पटकपटक बैठकहरू गरिसकेको छ । थुप्रै भेटघाट र छलफल भए। सीमाना पूर्णरुपमा दुवै तिरवाट सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।

गत चैतमा तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले दुवै उत्तरी बन्दरगाहबाट आयात–निर्यात सहज हुने गरी छिट्टै प्रबन्ध मिलाइने आश्वासन दिए । तर, अहिलेसम्म सीमाना खुकुलो भएको छैन ।

गत भदौमा चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि सीमाका विषयमा चीनसँग छलफल भइसकेको बताए तर त्यो भ्रमण र भेटको नतिजा अहिलेसम्म फलदायी देखिएको छैन ।

त्यस्तै, हाल चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको औपचारिक भ्रमणमा छन् । दशैं, तिहारजस्ता ठूला चाडपर्वका बेला चीनबाट आयात हुने सामान नेपाल भित्रिन सक्ने गरी तातोपानी र रसुवागढी नाका लगायतका नेपाल–चीन सीमानाका नाका तत्काल खोल्न सहजीकरण गर्न नेपाली नेताहरुले चिनियाँ पक्षलाई फेरि आग्रह गरेका छन् ।

लीले नेपाल–चीन व्यापार घाटा कम गर्न र सीमा नाका खोल्न पहल गर्ने आश्वासन पनि दिएका छ्न ।

नेपाल–चीन सीमानाका नाका खोल्ने धेरै पटक चिनियाँ नेताहरुले आश्वासन दिए पनि प्रतिवद्धता अनुसारको नतिजा देखिएको छैन । अब सीमाका विषयमा नेता ली झान्सुको नेपाल भ्रमण फलदायी हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको अघोषित नाकावन्दी विरुद्ध रसुवामा प्रर्दशन
  • २०७९ भाद्र ३०, बिहीबार १२:१३
  • In "थप"
  • चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग
  • २०७९ भाद्र ३०, बिहीबार १२:१३
  • In "देश"
  • नेपालमा दुई छिमेकी : भारतले भ्याक्सिन दिँदै गर्दा चीनले नाकाबन्दी लगायो
  • २०७९ भाद्र ३०, बिहीबार १२:१३
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

यादव रिहा हुने वितिक्कै लाग्याे चिनियाँ विस्तारवादकाे नारा

आउने निर्वाचनमा थारु समुदायका लागि , बन्द रेशम चौधरीको खुला चुनौती

नयाँ लडाकु जहाज निर्माण गर्ने होडबाजीमा भारत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version