• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आउने निर्वाचनमा थारु समुदायका लागि , बन्द रेशम चौधरीको खुला चुनौती


आउने निर्वाचनमा थारु समुदायका लागि , बन्द रेशम चौधरीको खुला चुनौती

टीकापुर घटनाको चोट भर्ने गरी कुनै कदम नचालिएको र ठूला दलहरूसँग थारू समुदाय रिझाउने बलियो एजेण्डा समेत नभएकाले आगामी चुनावमा पनि रेशम चौधरीकै आकर्षण कायम रहने देखिन्छ । विशेषगरी कैलाली पूर्व र बर्दिया पश्चिमको क्षेत्रमा ठूला दलहरू रक्षात्मक बन्ने सम्भावना छ ।

टीकापुर । आजीवन काराबासको सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको दक्षिण–पूर्वी टीकापुरमा केन्द्रीय कार्यालय खोलेको छ ।

सुदूरपश्चिम प्रदेशकै धेरै जनसंख्या र निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबभन्दा ठूलो राजनीतिक शक्ति बनिसक्दा पनि यो पार्टीसँग कार्यालय थिएन ।  अहिलेसम्म खोलिएको कार्यालय भनेकै यही हो, अब विस्तारै अरूतिर पनि हुन्छ’, केन्द्रीय सदस्य प्रदीप चौधरी भन्छन् । रेशमकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेर ९ महिना अगाडि (पुस २०७८ मा) गठन गरिएको यो पार्टीले गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा कैलालीको १३ मध्ये चार पालिका जितेको छ ।  ‘यो घर रेशम चौधरीकै हो, जलेको घरलाई रंग लगाएर केन्द्रीय कार्यालय बनाउँदैछौं’ अर्का केन्द्रीय सदस्य ललित ताम्राकार भन्छन्, ‘सांस्कृतिक पहिचानको आन्दोलन अब यहींबाट अगडि बढ्छ ।’

पार्टी कार्यालय पछाडि जलेको अवस्थामा रेशमको गाडी ।

सात वर्ष अगाडि अर्थात् ८ भदौ २०७२ मा रेशम चौधरीको यो घरमा आगजनी भएको थियो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भएपछि उत्पन्न आक्रोशकै क्रममा रेशमको घर, गाडी र फूलबारी एफएम जलाइएको थियो । अरू ८८ वटा घरमा लुटपाट र आगजनी भएको स्थानीय बताउँछन् । ‘आगजानी र लुटपाट भएका सबै घर थारूका थिए’, केन्द्रीय सदस्य प्रदीप भन्छन् ।  संविधान निर्माणका क्रममा थारू बहुल क्षेत्र (कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) लाई छुट्टै प्रदेश बनाइनुपर्ने र अखण्ड सुदूरपश्चिम टुक्र्याउन नहुने पक्षधरबीच मतभेद चलिरहेकै बेला, ७ भदौ २०७२ मा टीकापुर घटना हुन पुगेको थियो । उक्त हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा रेशमसहित ५८ जना विरुद्ध मुद्दा दर्ता भयो । रेशम लगायतका केही फरार थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।  संविधान निर्माणका क्रममा थारू बहुल क्षेत्र (कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) लाई छुट्टै प्रदेश बनाइनुपर्ने र अखण्ड सुदूरपश्चिम टुक्र्याउन नहुने पक्षधरबीच मतभेद चलिरहेकै बेला, ७ भदौ २०७२ मा टीकापुर घटना हुन पुगेको थियो । उक्त हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा रेशमसहित ५८ जना विरुद्ध मुद्दा दर्ता भयो । रेशम लगायतका केही फरार थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

रेशमले फरार रहँदै २०७४ को प्रतिनिधिसभा सदस्यको चुनाव जिते । त्यसबेला तत्कालीन वामगठबन्धन (एमाले र माओवादी केन्द्र) र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

तर २१ हजार मतान्तरले वाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा) लाई पछि पार्दै रेशमले कैलाली–१ बाट चुनाव जिते । रेशमले ३४ हजार ३४१ मत पाउँदा गरिमाले १३ हजार ४०६ मत ल्याएकी थिइन् । कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मतमा सीमित भइन् ।

चुनाव जितेपछि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका रेशमलाई एक वर्षपछि, ११ पुस २०७५ मा शपथ गराइयो, प्रतिनिधिसभा सदस्यको लोगो दिइयो । त्यसको दुई महिनापछि जिल्ला अदालत, कैलालीले रेशमसहित ११ जनालाई जन्मकैदको सजाय सुनायो ।

उच्च अदालत दिपायलले ३ पुस २०७७ मा राजकुमार कठरिया, सुन्दरलाल कठरिया र वृजमोहन डगौराको जन्मकैद उल्टी भयो भने तीन वर्ष कैद सजाय काटेर छुटेका लक्ष्मण थारूलाई जन्मकैदको सजाय सुनायो । रेशम चौधरीको जन्मकैदलाई भने उच्च अदालतले पनि सदर गर्‍यो ।

जन्मकैदको सजाय काटिरहेका रेशम, केन्द्रीय कारागार डिल्लीबजारमै बन्दी छन् । ‘जनताको आँखामा रेशम चौधरी निर्दोष हुनुहुन्छ, हरेक इमानदार नागरिकले टीकापुर घटनालाई घुसपैठ नै भन्छन्’ केन्द्रीय सदस्य ललित भन्छन्, ‘तर प्रशासनको आँखा खुलेको छैन, जनादेशको सन्देश बुझेको छैन ।’

बढ्दो आकर्षण

कानुनको नजरमा दोषी सावित भएका रेशम चौधरी, प्रमुख राजनीतिक दलहरूलाई समस्या बन्न पुगेका छन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) को चिह्न छाताबाट चुनाव लडेका रेशमले आफ्नै पार्टी गठन गरेका छन् । उनको नागरिक उन्मुक्ति पार्टीप्रति अन्य दलका नेता–कार्यकर्ता र जनताको पनि आकर्षण देखिएको स्थानीयको बुझाइ छ ।

‘अरू पार्टीलाई भोट दिएर पनि केही हुने होइन, नागरिक उन्मुक्तिलाई दिए कम्तीमा रेशमलाई न्याय हुन्छ भन्ने देखिन्छ’, स्थानीय व्यवसायी बालकृष्ण बर्तौला (३०) भन्छन् । उनी आगामी चुनावमा पनि नागरिक उन्मुक्ति पार्टीले राम्रै मत पाउने अनुमान गर्छन् । ‘माहोल छ । स्थानीय चुनावले अझै धेरै आकर्षण बढाएको छ’, बर्तौलाले अनलाइनखबरसँग भने ।

२४ भदौको दिउँसो केन्द्रीय कार्यालयमा समानुपातिकतर्फको सूची तयार पार्दै गरेका प्रदीपले रेशम चौधरीलाई सोचकै संज्ञा दिए । ‘रेशम चौधरी एक सोच बन्नुभएको छ, यहाँका हरेकलाई सोध्नुहोस्, रेशम चौधरीप्रति श्रद्धा छ’, उनी दाबी गर्छन् ।

स्थानीय चुनावमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जस्ता ठूला शक्तिलाई पछाडि पारेकाले पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने लहर देखिन्छ । एमाले कैलालीको नेतृत्व गरिसकेका प्रदेश सभा सदस्य रतन थापा कार्यकर्तासहित स्थानीय चुनावपछि यो पार्टीमा प्रवेश गरे ।

यो क्षेत्रमा राम्रै प्रभाव राख्ने कांग्रेस नेता प्रदीप चौधरी र माओवादी केन्द्रका केन्द्रीय सदस्य छोडेर ललित ताम्राकार नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर कोमल ज्ञवाली केही पहिलेबाटै रेशमलाई साथ दिंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टीकापुर घटनाको ७ वर्ष पूरा, रेशम चौधरीको पार्टीले ‘विद्रोह दिवस’को रुपमा मनाउँदै
  • २०७९ आश्विन २, आईतवार २३:०७
  • In "BannerNews"
  • किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?
  • २०७९ आश्विन २, आईतवार २३:०७
  • In "देश"
  • रेशम चौधरीका बुवा भन्छन्- छोरा छुट्ने आशा पलायो
  • २०७९ आश्विन २, आईतवार २३:०७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नयाँ लडाकु जहाज निर्माण गर्ने होडबाजीमा भारत

टुकुचामाथिका संरचना नभत्काउन उच्च अदालतकाे आदेश

जबरामाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version