No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सडक बत्तीको महसुस तिर्न आलटाल गर्दै रौतहटका अधिकांश पालिका, पाँच करोड नाघ्यो बक्यौता रकम

रौतहट । रौतहटका अधिकांश पालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् ।

जिल्लाका चन्द्रपुर, गरुडा, गुजरा र वृन्दावन नगरपालिकाले पोल बत्तीको ५ करोड २६ लाख रकम तिर्न बाँकी रहेकोे विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले बक्यौता रकम तिर्न पालिकालाई पटकपटक ताकेता गर्दै आएको छ । सडक बत्ती प्रयोग गरेबापत सबैभन्दा बढी चन्द्रपुरले प्राधिकरणलाई १ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ ।

त्यस्तै, गुजराले १ करोड ६५ लाख ९१ हजार रुपैयाँ तिरेको छैन । वृन्दावन नगरपालिकाले १ करोड २२ लाख ३० हजार र गरुडा नगरपालिकाले ६७ लाख ३७ हजार रुपैयाँ बक्यौता केन्द्रलाई तिर्नुपर्नेछ । सडक बत्ती जडान गरेदेखि महसुल नबुझाउँदा बक्यौता रकम धेरै भएको हो ।

चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सडक बत्तीको बक्यौता असुलीको प्रक्रिया अघि बढाइएको बताए । ‘बक्यौता तिर्न ताकेता सुरु गरिसकेका छौं,’ उनले भने, ‘अब छिटै असुल गर्छौं ।’ चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले सडक बत्तीको बक्यौता रकमबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई अहिलेसम्म यति धेरै रकम बक्यौता छ भन्ने थाहै छैन,’ उनले भने, ‘यस विषयमा के भएको हो बुझ्छु । बाँकी छ भने तिर्नुपर्छ ।’

गरुडाका नगर प्रमुख कन्थमणि बैसवालले पोल बत्तीको बक्यौता रकमबारे सोधपुछ गर्ने बताए । अधिकांश नगर प्रमुखले बक्यौता रकमबारे अनभिज्ञता जनाए । पोलमा जडान गरिएका बत्ती जलेर बल्न छाडेको स्थानीयको गुनासो छ । ‘नाममात्रको बत्ती जडान भयो,’ स्थानीय भरत आचार्यले भने, ‘यस विषयमा स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
विश्वप्रकाश–कृष्ण सिटौला : मिल्नै सक्दैनन्

एक महिनामै करोडौंको सामान बरामद

एक महिनामै करोडौंको सामान बरामद

महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .