काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ ।
कांग्रेसले यही भदौ १० गतेदेखि देशभर चुनावी अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । अभियानका बारेमा जानकारी दिन शनिवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरिने जनाइएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले चुनावी अभियान घोषणा गरेको हो ।














