No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीमा चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

रासस–

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ ।

नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताउनुभयो । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ ।

पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको छ ।

नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौँ बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।

वर्षाले –१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताउनुभयो । वडा कार्यालय अगाडिको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखौँ मूल्यको खाद्यान्न सामग्री भिजेर नोक्सान भएको मनोज अग्रवालले बताए ।

रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको स्थानीय रामबहादुर विष्टले बताए । घरमा ६ फिटसम्म पानी जमेका कारण खाद्यान्नलगायत सामग्री बिग्रिएको उहाँले बताउनुभयो ।

नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको गुणराज सापकोटाले जानकारी दिनुभयो । खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफन÷कल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गराएको चन्द्र नहर मुलुककै सबैभन्दा पुरानो सिँचाइ प्रणाली हो । नहरको मुख्य बाँधदेखि गङ्गा जलीखोलासम्म निर्माण भएका करिब एक दर्जन साइफन बन्द रहने गरेको छ ।

फाइल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .