No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सन्त हत्याबारे प्रहरीले झुटो प्रतिवेदन बनाएको आरोप

प्रहरीले स्वर्गीय सन्तको चरित्र हत्या गर्यो : हिन्दु महासङ्घ

प्रहरीले स्वर्गीय सन्तको चरित्र हत्या गर्यो : हिन्दु महासङ्घ

काठमाण्डौं : पुजारी स्व श्रीराम साह हत्याकाण्ड मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदन झुठो रहेको भन्दै विश्व हिन्दु महासंघले आन्दोलन गरेको छ । गत भदौ  ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राति खाना खान बसेका बेला अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या भएको थियो ।

सोही हत्या काण्डमा महासंघको कार्यकर्ताहरूले कसैको दबाबमा झुठो प्रतिबेदन बनाइएको भन्दै महासंघले आन्दोलन गरेको हो ।  प्रदर्शन गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले कसको दबाबमा झुटो प्रतिवेदन बनाइयो भन्दै गृहमन्त्रीलाई जवाफ दिन भन्दै नारा लगाएका थिए ।

त्यस्तै प्रदर्शनकारीहरुले, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन रु, सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए।

यसअघि भदौ २६ गते शुक्रबार महासंघले  ‘पुजारी स्व श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति नेपाल विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण गरेको थियो । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेको महासंघको ठहर छ।

महासंघले विज्ञप्ती जारी गर्दै ’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व। श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’ भन्दै आपत्ति व्यक्त गरेको थियो ।

यसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयमले गरिसकेका छन। आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवी आफुहरूले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेका छन् र उनीहरूको परिवार बीच अन्य कुनै प्रकारको झै९झगडा समेत नरहेको जारी विज्ञप्तिमा उल्लेख थियो ।

यसर्थ, घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास भएको हाम्रो ठहर छ । प्रहरी प्रतिबेदनलाई तत्काल खारेज गरी हत्याको छानबिनका लागि बिशेष समिती बनाई वास्तविक दोषी र घटनाको बास्तविकतालाई यथाशिघ्र सार्वजनिक गर्न हामी केन्द्र सरकार गृह मन्त्रालयसङ्ग माग गर्दछौ । त्यस्तै, स्व।सन्तको चरित्र हत्या हुने झुटो प्रतिवेदन बनाउने प्रहरीमाथी कारवाही गर्न समेत विज्ञप्तीमार्फत महासंघले ध्यानाषर्ण गराएको थियो ।

पुजारीका हत्यामा सम्लग्नलाई यथाशीघ्र सार्बजनिक गरी सजाय दिलाउने एवम उनको चरित्र हत्या गर्न खोज्ने प्रहरीका अधिकृतहरूमाथी कारबाही गर्न गृह मन्त्रालयलाई हामी गम्भीर हुन आग्रह गर्दछौं । हाम्रो आग्रहलाई वेवास्ता गरिए हामी यस कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिने एबम खबरदारीका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं भनी विज्ञप्तिमा लेखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
आपतकालिन राहत सामाग्री

भारतले उपलब्ध गरायो आपतकालिन राहत सामाग्री

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

पर्यटक भिसामा आएका ४१ चिनियाँ शंकास्पद धन्दामा लागेकाे भेटिएपछि निष्कासन

पर्यटक भिसामा आएका ४१ चिनियाँ शंकास्पद धन्दामा लागेकाे भेटिएपछि निष्कासन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .