• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)


एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

चौतारा : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवारको पहिचान भएको छ । अन्य २० जना अझै बेपत्ता नै छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् ।
बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, कमठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकसहित बीस जना हराईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको बाह्रबिसे नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिनले जानकारि दिनुभयो । पहिरो पश्चात प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निरीक्षण गरी जिल्लामा भएका पहिरो पीडितलाई स्थानान्तरणको तयारी गर्दागदै अकल्पनिय घटना भएको वताउनुभयो । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र प्रदेश सांसद सरेश नेपालले विस्थापितको वसाई ब्यवस्थापनमा आफूहरु लागिपरेको वताउनुभएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेको स्थानीय सरकारको तथ्याङ्क छ । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ४७ वस्तीका घरहरु असुरक्षित रहेका जिल्लाका स्थानिय तहहरुले जनाएका थिए ।
जोखिम वस्ती स्थानान्तरण गर्न वनेको जिल्लाको समितिले तत्काल अति जोखिममा रहेका आठ वस्तीका ६४० घर सुरक्षित स्थानमा सर्नुपर्ने जनाएको थियो । समितिले जिल्लाका एघार हजार १०९ परिवार सुरक्षित स्थानमा सार्न आवश्यक देखाँउदै संभावित सुरक्षित स्थान सहितको तत्काल आठ वस्ती स्थानान्तरण गर्न प्रक्रिया अगाडि वढाएको जनाएको थियो । तर समितिले स्थानान्तरण गर्न औल्याएको वस्तीमा नागपुजे पर्दैन ।
राष्ट्रिय पुननिर्माण प्राधीकरण भौगर्भिक अध्ययन तथा जग्गा ब्यवस्थापन शाखाले भूकम्प पछिको पुननिर्माणको बेला जिल्लाभर २४२ वस्ती जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमध्ये ७१ वस्ती gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी
  • २०७७ भाद्र २८, आईतवार १८:५६
  • In "गण्डकी प्रदेश"
  • भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव
  • २०७७ भाद्र २८, आईतवार १८:५६
  • In "BannerNews"
  • एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित
  • २०७७ भाद्र २८, आईतवार १८:५६
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर

राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बी संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने

निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version