No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आधा स्थानीय तहका मतगणनास्थलमा मात्रै सीसीटीभी

आधा स्थानीय तहका मतगणनास्थलमा मात्रै सीसीटीभी

काठमाडौं । स्थानीय तहहरुको आफू अनुकुल निर्णयका कारण करिव आधाजसो स्थानीय तहको मतगणनाको निर्वाचन आयोगले अनुगमन गर्न नसक्ने भएको छ ।

निर्वाचन आयोगले तोकेको भन्दा फरक खालका उपकरण खरिद गरेका कारण आयोगले त्यसलाई आफ्नो केन्द्रीय नेटवर्कमा जोड्न नसक्ने भएको हो ।

‘आयोगले तोकेको स्पेसिफिकेसन अनुसार अडियो र भिडियो समेत रेकर्ड हुनेगरीको क्यामेरा जडान गर्नुपर्ने थियो’ निर्वाचन आयोगको प्राविधिक महाशाखाका एक कर्मचारीले भने, ‘करिव दुई सय स्थानीय तहले उपकरण त खरीद गरेका छन् । तर तिनमा अडियो रेकर्ड हुदैन । जसले गर्दा निर्वाचन आयोगको संयन्त्रमा उनीहरु जोडिन सम्भव भएन ।’

आयोग स्रोतका अनुसार भिडियोका साथै अडियो समेत रेकर्ड हुनेगरी संयन्त्र जडान गर्नुपर्ने थियो । जसले गणनाका क्रममा कुनै धाँधली भए निर्वाचन आयोगमा फाइल सुरक्षित रहन्थ्यो ।

अहिलेसम्म करिव ४ सयवटा स्थानीय तहमा अडियो, भिडियो सहितको सीसीटिभी रेकर्ड निर्वाचन आयोगमा आइपुग्ने गरी व्यवस्था मिलाइएको छ । करिव साढे २ सय स्थानीय तहले सीसीटिभी जडान गरेपछि थप उपकरण नराखेका कारण उनीहरुको संयन्त्र निर्वाचन आयोगसँग जोडिएको छैन । अरु स्थानीय तहमा उपकरण जडान गरेको सूचना निर्वाचन आयोगले पाएको छैन ।

अहिलेसम्म इलाम, झापा, कञ्चनपुर, बैतडी, सिन्धुपाल्चोकको एउटा पनि स्थानीय तहमा संयन्त्र जडान भएको छैन । केहीले आंशिक रुपमा जडान गरेका छन् । चितवनमा बिहीबार अपरान्हतिरमात्रै जडान भएको छ । निर्वाचन आयोगले सबै स्थानीय तहमा संयन्त्र जोड्न गत चैतमा नै निर्देशन दिएको थियो ।

निर्वाचन आयोगले सीसीटीभी संयन्त्र जडान हुन नसकेको ठाउँमा भिडियो क्यामेरा राखेर त्यसको रेकर्ड अभिलेखको रुपमा राख्न प्रमुख मतगणना अधिकृतहरुलाई निर्देशन दिएको छ ।

उनीहरुले हरेक मतगणनास्थलमा सबै अडियो र भिडियो रेकर्ड हुनेगरी क्यामेरा जडान गर्नुपर्नेछ र त्यसको रेकर्ड सुरक्षित राख्नुपर्नेछ । मतगणनाका दौरान कुनै विवाद आएमा निर्वाचन आयोगले भिडियोलाई प्रमाणका रुपमा झिकाएर हेर्ने र त्यसका आधारमा निर्णय गर्ने तयारी गरेको एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post
महोत्तरीमा जग्गा विवादमा झडप, पाँच जना घाइते

महोत्तरीमा जग्गा विवादमा झडप, पाँच जना घाइते

जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा वितरण गरेको आरोपमा पक्राउ

जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा वितरण गरेको आरोपमा पक्राउ

आज र भोलि देशभर मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

आज र भोलि देशभर मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .