No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी तीव्र, चारवटा हेलिप्याड बनाइँदै

हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी तीव्र, चारवटा हेलिप्याड बनाइँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणका लागि जेठ २ मा हेलिकोप्टरबाट लुम्बिनी आउने भएका छन् । मोदी दिल्लीबाट लुम्बिनीको पारिपट्टि उत्तर प्रदेशको कुशीनगरसम्म विमानमा आउने र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुग्ने तयारी छ ।
त्यसैले पनि सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ।
आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ। बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएपछि स्वागतसँगै सुरक्षा व्यवस्थापनको लागि विभिन्न तयारी थालिएको छ।
मोदी यसअघि पनि लुम्बिनी आउने कार्यक्रम तय भएर अन्तिममा रोकिए पनि यसपटक भने आउने पक्का भएपछि भारतीय सैनिकको टोली समेत लुम्बिनी आइपुगेको छ।
बुधबार बिहान सवा १० बजे भारतीय प्रधानमन्त्री मोदी र अतिविशिष्ट पाहुनाहरूको बन्दोबस्तीका सामग्रीसहित ३० जना भारतीय सैनिकको टोली लिएर भारतीय वायुसेनाको इलुसियन विमान आइसी ७६ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।
भारतीय सैनिक, सवारी साधन र अन्य बन्दोबस्तीका सामग्री लिएर आएको विमान भने बुधबार नै दिल्ली फिर्ता हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। भारतीय सैनिकहरूको टोली भने जेठ ३ गतेसम्म नै लुम्बिनीमै रहने छ।
प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै सैनिकहरूको टोली आएको हो। उक्त टोलीले कार्यक्रम स्थल, मोदी बस्ने होटल लगायत वरपरको सुरक्षा व्यवस्थापन मिलाउने बताइएको छ।
हेलिकप्टर अवतरणको लागि लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै चारवटा हेलिप्याड बनाइँदै छ। अन्तर्राष्ट्रिय सभाहल नजिकै इँट्टा बिच्छाएर माथि ढलान गरी हेलिप्याड बनाइँदै छ।
हेलिप्याडबाट अन्तर्राष्ट्रिय सभाहलसम्म आउनको लागि ढुंगा बिच्छाएर बाटो निर्माण भइरहेको छ।
मोदी लुम्बिनी आएपछि भारत सरकारले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ। उक्त बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
सिरहामा पैसा बाँडेको आशंकामा एकजना प्रहरी नियन्त्रणमा

सिरहामा पैसा बाँडेको आशंकामा एकजना प्रहरी नियन्त्रणमा

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

स्थानीय निर्वाचन २०७९ : अमूल्य मत, अमूल्य क्षण

स्थानीय निर्वाचन २०७९ : अमूल्य मत, अमूल्य क्षण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .