• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आरजु देउवा धनगढीमा, भन्छिन्– मतभेद् भएपनि पार्टीका उम्मेदवारलाई हराउन नलागौं


आरजु देउवा धनगढीमा, भन्छिन्– मतभेद् भएपनि पार्टीका उम्मेदवारलाई हराउन नलागौं

धनगढी । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साथ लिएर धनगढी उपमहानगरपालिकाको मेयर पदमा साझा उम्मेदवार उठाएको नेपाली कांग्रेसका नेताहरु आन्तरिक विवाद मिलाउन सक्रिय भएका छन् ।

गत फागुनमा सम्पन्न भएको जिल्ला अधिवेशन र स्थानीय तहमा टिकट वितरणको विषयलाई लिएर कांग्रेसभित्रको किचलो बढ्दै गएपछि स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरु विवाद मिलाउन सक्रिय भएका छन् ।

पार्टीभित्रको आन्तरिक विवादकै कारण ३० वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा समस्या पर्न सक्ने विश्लेषणसहित पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा धनगढी आइपुगेकी छन् । सोमबार धनगढी पुगेकी आरजुले आन्तरिक समस्या मिलाउन स्थानीय स्तरका नेताहरुबीच छलफल सुरु गरेकी छन् ।

धनगढीस्थित निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै आरजुले पार्टीभित्रका सबै मान्छे मन पर्छन् भन्ने नहुने तर मतभेद् हुँदैमा पार्टीलाई हराउन लाग्न नहुुने बताइन् ।

‘पार्टीमा मन नपर्ने मान्छे पनि हुन्छन् । परिवारमा पनि मन नपर्ने मान्छेहरु हुन सक्छन् तर मन पर्नेलाई त साथी मात्र बनाउन सकिन्छ,’ आरजुले भनिन्, ‘आपसी मतभेद पनि होला तर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्नु हुँदैन् । सबैलाई भन्न चाहान्छुु की भोट आफ्नै पार्टीका उम्मेदवारलाई नै हालौं ।’

उनले स्थानीय तहको निर्वाचनमा वडाबाट हालिने भोट सबैभन्दा महत्वपूर्ण भएकाले यसले नै प्रदेश र स्थानीय सरकार कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्ने भन्दै गम्भीर हुन आग्रह गरिन् ।

मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालप्रति लक्षित गर्दै उनले भनिन्, ‘अहिले नेपालमा हामीले फलो गर्ने भनेकै मल्टि पार्टी सिस्टम हो । पार्टीगत हिसाबले नै देशको प्रणाली सञ्चालन भइरहेको छ । कुनै व्यक्ति आएर यहाँ मेयर भए उसको केन्द्रमा प्रतिनिधित्व गर्ने माध्यम के हो ? प्रदेशमा जानु पर्ला, समन्वयात्मक भूमिका पनि खेल्नुपर्ला नि। कुनै पनि ठाउँमा कसैलाई कल गर्न नसक्ने, पार्टीगत लाइन नहुने नेताहरुले धनगढीलाई के गर्न सक्छन् ।’

उनले हातखुट्टा नभए टाउकोले मात्र केही गर्न नसकिने बताउँदै मेयरलाई जिताउन नसकेको खण्डमा वडा जितेर कुनै मतलब नहुने टिप्पणी गरिन् ।

धनगढी उपमहानगरपालिकामा कुशल नेतृत्व गरेकै कारण कांग्रेसले पुनः वडलाई टिकट दिएको उनको भनाइ थियो ।

स्वतन्त्र उम्मेदवार आफ्नो साथी र नातागोता पर्ने भएकाले व्यक्तिगत असहमति नभएको तर दलीय प्रणालीमा व्यक्तिवादलाई स्वीकार गर्न नसकिने उनले बताइन् । ‘यहाँ कोही मान्छे मन पर्‍यो भनेर भोट हाल्ने तर माथिल्लो तहको सरकारमा उसको लिडर को हो ? जनताको १० रुपैयाँको मास्कलाई दुई सय रुपैयाँमा बेच्ने, अक्सिजन नहुँदा रित्तो सिलन्डर ल्याएर पोज गर्ने लिडर छान्ने त ?’ उनको प्रश्न थियो ।

कांग्रेस भित्रको विवाद के हो ?

२०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि अन्तरघात गरेको भन्दै पूर्वमन्त्री तथा तत्कालीन महासमिति सदस्य पुष्करनाथ ओझालाई कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका आकांक्षी समेत रहेका ओझा आरजुलाई टिकट दिएपछि असन्तुष्ट रहेको र उनकै कारण निर्वाचन हारिएको निष्कर्ष निकाल्दै कांग्रेसले पाँच वर्षका लागि भन्दै पार्टीबाट निष्काशन गरेको थियो । पार्टीबाट निष्काशन गरिएका ओझाले सोही कारण कांग्रेसलाई कुनै पनि चुनावमा सहयोग नगर्ने रणनीति लिएका उनी अहिले तटस्थ बसेका छन् ।

उनले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा पार्टीका नभएर मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सहयोग गर्ने आशंका कांग्रेसको छ । ओझाले यहाँ डोटी समुदायको ठूलो मतलाई प्रभावित पार्न सक्ने चिन्ता सत्तारुढ गठबन्धनको छ । सोही कारण अहिले खुलेरै कांग्रेसका उम्मेदवार वडको विरोधमा उत्रिएका ओझा समर्थक नेता कार्यकर्ताहरुलाई रिझाउने कामलाई आरजुले पहिलो प्राथमिकता दिएको चर्चा छ ।

ओझा मात्र नभएर आन्तरिक विवादकै कारण गत फागुनमा निर्धारित समयभन्दा ढिलो गरी भएको जिल्ला अधिवेशनले पनि कांग्रेसभित्र समस्या सिर्जना गरेको छ । खासगरी अधिवेशनमा विगतमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने तत्कालीन सभापति नरनारायण शाह ‘मनु’ ले छुट्टै टिम खडा गरे भने देउवा पक्षधरहरुले पनि छुट्टै टिम बनाएर अधिवेशनमा भाग लियो ।

शाह पक्षले तत्कालीन उपसभापति प्रकाश बमलाई सभापतिमा अघि सार्दै प्यानलसहित उम्मेदवारी दिंदा देउवा पक्षले अहिलेका सभापति नारायणदत्त भट्टको टिमलाई अघि सारेको थियो ।

तर अधिवेशनबाट देउवा पक्षका भट्ट सभापतिमा निर्वाचित भए । सोही बेलादेखि यहाँका केन्द्रीय मात्र होइन जिल्लास्तरका नेताहरु पनि दुई भागमा बाँडिएका छन् । अहिले एक पक्षले अर्कोलाई असहयोगको नीति लिएको छ । ओझा र शाह समूह अहिले एक ठाउँमा उभिएको चर्चा हुन थालेको छ ।

उनीहरुले स्वतन्त्र उम्मेदवार हमालाई समर्थन गर्ने आशंका कांग्रेसको छ । सोही कारण नेताहरु आन्तरिक किचलो मिलाउन सक्रिय बनेको बताइन्छ । यति बेला नभएर कैलालीको राजनीतिमा विगतदेखि संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आन्तरिक विवादले पनि अहिले समस्या सिर्जना गरिदिएको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कुटनीतिक मर्यादा विर्सेर सक्रिय भएपछी चिनियाँ राजदुतलाई धनराजले पढाए पाठ
  • २०७९ बैशाख १९, सोमबार २१:४०
  • In "देश"
  • कांग्रेसको शीर्ष नेतृत्वलाई तीन पुरुष मिलाउन सकस
  • २०७९ बैशाख १९, सोमबार २१:४०
  • In "BannerNews"
  • धनगढीमा निषेधाज्ञा तोड्दै प्रदर्शन
  • २०७९ बैशाख १९, सोमबार २१:४०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन

ज्याकलिनको ७ करोड भारु बराबरको सम्पत्ति जफत

पालिका उपाध्यक्षमा संविधानसभा सदस्य सरदारको बागी उम्मेदवारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version