No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुपारीः अर्बौको अवैध व्यापार


सुपारीः अर्बौको अवैध व्यापार

तेस्रो मुलुकबाट सुपारी आयात खुल्ला गरेर अर्बौकोे अवैध व्यापारलाई सरकारले फेरि प्रोत्साहन गरेको छ । सुपारीसँगै केराउ, मरीच र छोकडाको खुलेआम तस्करी भइरहेको छ ।

तस्करीमा सरकारको उपल्लो तहदेखि प्रहरी, प्रशासनको मिलेमतो देखिएको छ । सुपारी तस्करी गर्ने मुख्य व्यापारी झापाकै छन् । सुपारी लगायतका वस्तु खुला सीमाका कारण तस्करी हुन्छ । भन्सार विभागका अनुसार यी वस्तुको आयात र व्यापार गर्ने ठूला ५० फर्म छन् । तर सरकारले यी फर्मबारे अध्ययन/अनुसन्धान गरेको छैन । ५० फर्म भए पनि यी वस्तुको तस्करीमा सीमित व्यक्ति संलग्न छन् ।

इण्डोनेशिया लगायतका मुलुकबाट ०६० सालदेखि सुपारीको अवैध आयात र भारत निकासी हँुदै आएको छ । सुपारी लगायतका वस्तु तस्करीबाट भएको अवैध कमाइकै कारण हिजो सामान्य अवस्थामा रहेका केही व्यापारी अहिले अर्बपति उद्योगी व्यापारीको रुपमा स्थापित छन् ।

प्रहरी प्रशासनदेखि सरकारसम्मको सेटिङ यस्तो छ

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले रेमिटेन्समा कमी आएको जानकारी पाइसकेका थिए । यही तथ्यलाई इंगित गर्दै उनले उद्योग संगठन मोरङको एक कार्यक्रममा तीन वर्षअघि भनेका थिए– ‘अब भारतका लागि धेरै आयात हुने सुपारी, मरिच, केराउ र छोकडाको पैठारीमा हामी कडाइ गर्नेछौं ।’

खतिवडाले घोषणा गरेको करिब ८ महिनापछि मात्र चारै वस्तुको आयातमा सरकारले परिमाणात्मक बन्देज लगायो । तर, यही बन्देज पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अहिलेका शेरबहादुर देउवासम्मका लागि अवैध आर्थिक लाभको राम्रो माध्यम बनेको छ ।

सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३को दफा ३ (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोभिड महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उक्त निर्णय गराएका थिए । अर्थतन्त्र चलायमान हुन थालेपछि २०७७ चैत ९मा पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाइएको थियो । जस अनुसार आर्थिक वर्ष २०७७÷०७८मा उद्योगी व्यवसायीले एक वर्षमा केराउ ८० हजार टन, सुपारी २५ हजार टन, छोकडा ५ हजार टन, नधुलाएको मरीच १५ हजार टन आयात गर्न सक्थे । एक महिनाअघि मन्त्रिपरिषद्ले सुपारी, केराउ, छोकडा र मरीच आयात खुलाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै नेतृत्व गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत गरिएको यस्तो विवादास्पद निर्णय आलोचना सामना गर्न नसकिने आँकलनमा सार्वजनिक गरिएको छैन ।

मुलुकको परिवत्र्य विदेशी मुद्राको सञ्चितिकै लागि परिमाणात्मक बन्देजको अवधारणा ल्याइएको थियो । तर यो अवधारणालाई टोकरीमा मिल्काएर चालूआर्थिक वर्षका लागि पनि मन्त्रिपरिषद्को बैठकले २५ हजार टन सुपारीसहित चारै वस्तुको आयातका लागि गोप्य रूपमा कोटा खुलाको निर्णय गर्नुका पछाडि नियत गलत देखिन्छ । देउवा सरकारले गोप्य रुपमा आयात अनुमति पाएका कम्पनी ओली सरकारकै पालाका छन् । स्रोतका अनुसार सुपारी आयातकर्ताले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, आयात नाकाका भन्सार र प्रहरी रिझाएर राम्रै नाफा कमाइरहेका छन् ।

त्यस्तै भारत पठाउनलाई पनि तस्करी हुने जिल्ला र प्रदेशका प्रहरी, प्रशासन तथा मन्त्री र दलका नेताहरुसम्मलाई रिझाएर व्यापारीले काम गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार सीमा क्षेत्रमा तस्करी गर्दा सशस्त्र र नेपाल प्रहरीलाई किलोको दरले निश्चित रकम छुट्टाछुट्टै बुझाउनुपर्छ ।

सुपारी आयात खुलाउनु गलतः संसदीय समिति

शून्य भन्सारदरमा कृषि वस्तु भारत निर्यात गर्न सकिने सुविधा दुरुपयोग गर्दै वैध÷अवैध माध्यमबाट निकासी गर्न अर्बौं रुपैयाँको सुपारी र केराउ आयात गर्ने गरिएको छ । इण्डोनेसिया, मलेसियालगायत उत्पादक मुलुकबाट सोझै भारत भित्र्याउँदा भने बढी भन्सार दर बुझाउनु पर्छ । ४ वर्षअघि ५० हजार टन सुपारी तेस्रो मुलुकबाट आयात भएको थियो । ‘भारतमा सुपारीमा ८० प्रतिशत भन्सार थियो । तेस्रो मुलुकबाट सुपारी ल्याउँदा कागजी प्रक्रियामा ५ प्रतिशत कटाउँदा ४५ प्रतिशत सोझै मुनाफा थियो । नेपालमा सुपारी आयातमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने थियो’– स्रोतले भन्यो– ‘यही मुनाफाका कारण सुपारी कारोबारीले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर अवैध रूपमा भारत निकासी गरिरहेका थिए ।’

यसैवीच संसद्को दिगो विकास तथा सुशासन समिति अन्तर्गत गठित उपसमितिले सुपारी आयात खुलाउनुमा सरकारी नियत गलत भएको निष्कर्ष निकालेको छ । तेस्रो मुलुकबाट हुने व्यापारमा भइरहेको नीतिगत व्यवस्थाबारे अध्ययन गर्न गठित उपसमितिले सुपारी आयात खुला गरेर अवैध व्यापारलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएको छ ।
रमेशजंग रायमाझीको संयोजकत्वमा बनेको ५ सदस्यीय उपसमितिले सम्बद्ध उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग, भन्सार विभाग, प्रदेश १ मा रहेका सुपारी उद्योगी र व्यापारीसँग छलफल गरी प्रारम्भिक प्रतिवेदन तयार गरेको हो ।

‘सर्वसाधारण बिरामी हुँदा उपचारका लागि डलर दिन नसक्ने सरकारले सुपारी, केराउका नाममा उल्टै डलर विदेश पठाएको छ । कोटा दिँदा अर्बौं रुपैयाँको घोटाला भएको छ’– संसदीय उपसमिति संयोजक रायमाझीले भने ।
कारोबारीले नेपालमा उत्पादनको तथ्यांक बढाएर तेस्रो मुलुकबाट आएको सुपारीलाई नेपाली बनाएर भारत निकासी गर्न दबाब दिँदै आएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । यही दबाबले सुपारी खेती नबढे पनि कागजमा उत्पादनको तथ्यांक बढ्ने गरेको छ । मुलुकमा वार्षिक ४/५ हजार टन मात्रै सुपारी चाहिने उपसमिति संयोजक रायमाझी बताउँछन् । ‘लाइसेन्स प्राप्त गुट्खा उद्योग र व्यवसायीहरू वार्षिक ४/५ हजार टन सुपारी पर्याप्त हुने बताउँछन् । तर, आर्थिक चलखेल गरेर सरकारले २५ हजार टनको कोटा दिएको छ’– उनले भने– ‘आयात खोलेर अवैध व्यापारलाई प्रोत्साहन गर्न दिनु हुँदैन ।’

२५ हजार टन सुपारीमा व्यवसायीलाई कति फाइदा हुन्छ ?

नेपालमा सुपारी आयात इण्डोनेशियाबाट हुन्छ । एक व्यवसायीका अनुसार इण्डोनेशियामा अहिले १ टन सुपारीको मूल्य २५ सय डलर छ । यो मूल्य सीआइएफ कोलकाताको हो । नेपालमा अहिले डलरको मूल्य करिब १२१ रुपैयाँ छ ।
यो हिसाबले सीआइएफ कोलकाताका लागि एक टन सुपारीको मूल्य ३ लाख २ हजार ५ सय हुन्छ । कोलकाताबाट विराटनगरको आइसीपीसम्म एक टन सुपारी ल्याउँदाको खर्च १० हजार ५ सय लाग्छ । यो हिसाबले आइसीपीसम्म एक टन सुपारी आइपुग्दा ३ लाख १३ हजार रुपैयाँ पर्छ । यसमा भन्सार महसुल प्रतिकिलो ४५ र अन्तःशुल्क प्रतिकिलो २५ रुपैयाँ गरी ७० रुपैयाँको राजश्व तिर्नुपर्छ ।

यसरी प्रतिकिलो ७०का दरले एक टनको ७० हजार पर्छ । आइसीपीसम्म एक टन सुपारी ३ लाख १३ हजार रुपैयाँमा आइपुगेको थियो । त्यसमा ७० हजार राजश्व थपिँदा ३ लाख ८३ हजार रुपैयाँ भयो । अब यसमा भ्याट १३ प्रतिशत लाग्छ । ३ लाख ८३ हजारको भ्याटको रकम ४९ हजार ७९० रुपैयाँ हुन्छ । भ्याट जोड्दा एक टन सुपारीको मूल्य ४ लाख ३२ हजार ७९० रुपैयाँ हुन आउँछ ।

यसमा फुटकर भाडा, भन्सारमा बुझाउनुपर्ने दस्तुर आदि गर्दा टनमा १० हजार रुपैयाँको खर्च छ । १० हजारसमेत खर्च जोडेर एक टन सुपारी विराटनगर वा झापाका व्यवसायीका गोदाममा आइपुग्दा त्यसको परल मूल्य ४ लाख ४२ हजार ७९० रुपैयाँ हुन आउँछ । यस हिसाबले एक किलोको ४४२ रुपैयाँ ७९ पैसा हुन्छ ।

यो हिसाब अनुसार २५ हजार टन सुपारी विराटनगर आइपुग्दा त्यसको परल मूल्य ११ अर्ब ६ करोड ९७ लाख ५० हजार हुने देखिन्छ । यही सुपारीलाई आयातकर्ताले प्रति किलो ६ सयदेखि ६५० रुपैयाँ सम्ममा बिक्री गरिरहेका छन् । विराटनगरका एक थोकविक्रेताले आफूले आयातकर्ता दिनेश राठीसँग ६४० का दरले सुपारी खरिद गरेको जानकारी दिए ।

ठूलो परिमाणमा सुपारी खरिद गर्नेले प्रति किलो ६ सयसम्ममा पनि पाइरहेका छन् । कारोबारीका अनुसार अहिलेका हिसाबमा सुपारी आयात गर्नेलाई प्रति किलो सरदर १५० रुपैयाँ नाफा छ । प्रति किलो १५०का दरले टनमा १ लाख ५० हजार र २५ हजार टनमा ३ अर्ब ७५ करोडको फाइदा हुन्छ ।

तस्करीका नाका

जानकारका अनुसार पूर्वमा सुपारीको तस्करी हुने मुख्य नाकामा काँकरभिट्टा हो । तर, अहिले गोदाम यहाँ राखेर नाका परिवर्तन गरिएको छ । छिटपुट रुपमा झापाकै विभिन्न नाका प्रयोग हुँदैछ ।

तस्करीको नाकामा मोरङको रतुवामाई नगरपालिकाको झुर्किया, सुनबर्सी गाउँपालिकाको सिक्टी, रंगेली नगरपालिकाको चोप्रा, धनपालथान गाउँपालिकाको खयरबोना र नोचा तथा विराटनगर महानगर क्षेत्रभित्रका बुधनगर, इस्लामपुर, मटेरवा र दरैया लगायतका छन् ।

त्यस्तै सुनसरीका साहेबगञ्ज, कप्तानगञ्ज, छिटाहा, भुटाहा र अमडुवा पनि तस्करीका मुख्य केन्द्र भएको प्रहरी स्रोतको दाबी छ । यसबाहेक कोशी पश्चिमका दक्षिणी सीमान्त क्षेत्रबाट पनि ठूलो लाइन चल्ने गरेको छ ।

भारतमा आयात गर्दाको हिसाब यस्तो छ

भारतको राजश्व संरचनाका कारण लागतमा पर्ने ठूलो अन्तरले नै नेपालका आयातकर्ता सुपारीको कारोबारमा पल्किएका छन् । जस्को आधार यस्तो छ– भारत सरकारले सुपारीको भन्सार मूल्यांकन टनको २६ सय डलर निर्धारण गरेको छ । त्यस्तै आयात भन्सार महशुल १११ प्रतिशत र जीएसटी २८ प्रतिशत तोकेको छ । टनको २६ सय डलरका हिसाबले कोलकाता बन्दरगाहमा इण्डोनेसियाबाट सुपारी आइपुग्दा नेरु ३ लाख १४ हजार ६०० पर्छ । किनकि उक्त मूल्य सीआइएफ कोलकाताको नै हो । यसका १११ प्रतिशत भन्सार महसुल भनेको ३ लाख ४९ हजार २०६ रुपैयाँ हो। भन्सार महसुल जोड्दा टनको ६ लाख ६३ हजार ८०६ रुपैयाँ हुन आउँछ ।

यसमा २८ प्रतिशत जीएसटी भनेको १ लाख ८५ हजार ८६५ रुपैयाँ हुन्छ । उक्त रकम जोड्दा प्रति टनको ८ लाख ४९ हजार ६७१ रुपैयाँ हुन आउँछ । यो हिसाबले भारतीय आयातकर्ताले कोलकाता बन्दरगाह हुँदै सुपारीको पैठारी गर्दा बन्दरगाहमै टनको नेरु साढे ८ लाख र किलोको नेरु ८५० पर्ने देखिन्छ । यता नेपालमा पैठारी गर्दा र विराटनगरको गोदामसम्म आइपुग्दा किलोमा ४४२ रुपैयाँ ७९ पैसा पर्ने हिसाब माथि नै उल्लेख भइसकेको छ ।

आयातको तथ्यांक

आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब १६ करोडको केराउ र ७९ करोडको सुपारी आयात भएको भन्सार विभागको तथ्यांक छ । २०७४/७५ मा १ अर्ब ७१ करोडको सुपारी र १ अर्ब ६८ करोडको केराउ आयात गरिएको थियो । २०७५/७६ मा १ अर्ब १८ करोडको सुपारी र ४ अर्ब ७३ करोडको केराउ, २०७६/७७ मा २ अर्ब ५७ करोडको सुपारी र १० अर्ब ५ करोडको केराउ आयात भएको थियो । परिमाणात्मक बन्देज लागेपछि २०७७/७८मा ७६ करोड ६९ लाखको सुपारी र ३ अर्ब २६ करोडको केराउ आयात भएको विभागले बताएको छ ।

स्रोत नखुलेको ५० लाख सुपारी तस्करीको भएको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० लाख रुपैयाँसहित गत पुसमा कर्मचारी पक्राउ परेपछि सौर्य एयरलाइन्स राजश्व अनुसन्धान विभागको छानबिनमा परेको छ । स्रोतका अनुसार त्यो पैसा कुन स्रोतबाट आएको अहिलेसम्म सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कागजात दिन सकेका छैनन् । उनले सो रकम सौर्य एयरलाइन्सकै टिकट बिक्रीबाट प्राप्त भएको बताए पनि स्रोत खुल्ने कागजात दिएका छैनन् ।

हाल दिइएको कागजात विश्वसनीय नभएपछि विभागले त्यसको विश्वसनीय स्रोत खोजिरहेको छ । पुस १७ गते विराटनगरबाट आएको सौर्य एयरलाइन्सको जहाजमा चाउचाउ लेखिएको कार्टुनभित्र ५० लाख रुपैयाँ भेटिएको थियो । स्रोत नखुलेको उक्त रकम लिन आएकी एयरलाइन्सकी कर्मचारी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त रकमबारे थप अनुसन्धान गर्न सौर्य एयरलाइन्सका विराटनगरस्थित स्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो।

पोखरेल झापाका सुपारी व्यापारी पनि हुन् र बरामद भएको पैसा सुपारीको कारोबार गर्दा छलेको राजश्वबाट आएको आशंकामा छानबिन भइरहेको विभाग स्रोतले बतायो । स्रोतका अनुसार गत साल २५ हजार मेट्रिक टन सुपारी पोखरेलले इण्डोनेशियाबाट आयात गरेका थिए । त्यो सुपारी प्रतिकेजी ३५० रुपैयाँले आयात गरिएको थियो । तर, यो सुपारी बिक्री गर्दा ५० रुपैयाँ कममा बिल काटिएको छ । ‘आयातको वास्तविक मूल्यभन्दा कम रुपैयाँमा बिक्री भएकाले सुपारीमा राजश्व छली गरेको भन्न सकियो, तर अहिले अनुसन्धानकै क्रममा रहेकाले किटान गर्न सकिएन’– स्रोतले भन्यो ।

अध्यक्ष पोखरेल आफैं दुईपटक राजश्व अनुसन्धान विभागमा बयान दिन आइसकेका छन् । उनीसँग बयान जारी रहेको राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘चित्तबुझ्दो बयान आएको छैन, हामी सबै कुरा लिन कोशिस गरिरहेका छौं’– पौडेलले भने । सौर्य एयरलाइन्सका आधिकारिक लगानीकर्ता भारतीय हुन् । पोखरेल दृश्यमा रहेका पात्र मात्रै हुन् । सौर्य एयर तीन वर्षअघि घाटामा गएर बन्द हुने अवस्थामा पुगेको थियो ।

त्यसपछि त्यसको व्यवस्थापन परिवर्तन भयो । व्यवस्थापन परिवर्तन भए पनि त्यसका शुरूवाती अध्यक्ष पोखरेल नै अध्यक्ष रहे । व्यवस्थापन भारतको कुबेर ग्रुपले ६२ करोड रुपैयाँमा खरिद गरेको बताइएको थियो । कुबेर ग्रुपले भारतमा गुट्खा उत्पादन गर्छ । त्यो कम्पनीमा विदेशबाट ल्याइएको सुपारी घुमाइफिराइ नेपाली भनेर पु¥याइन्छ ।
त्यसैले पोखरेलको साइनो कुबेर ग्रुपसँग छ भनिन्छ । विमानस्थलमा सौर्य एयरलाइन्सका कर्मचारीबाट बरामद भएको नगद अहिले राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकम बरामद गर्दा कुबेर ग्रुपले कुन च्यानलबाट सौर्य एयरमा लगानी भित्र्यायो भन्ने स्वाभाविक प्रश्न उठेको छ । स्रोतका अनुसार सौर्य एयरलाइन्सको व्यवस्थापन परिवर्तन हुँदा तीन अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

तर, त्यो रकम भित्रिएको औपचारिक च्यानल भने देखिएको छैन । त्यो रकम हुण्डीबाट नेपाल भित्रिएकाले कानूनी दायित्व पूरा नगरेको देखिँदा अहिले स्रोत नखुलेको रकमको लहरो सौर्यको व्यवस्थापन परिवर्तन हुँदाको कारोबारसम्म पुग्ने देखिएको छ । विभाग स्रोतले यी सबै प्रकरणमाथि छानबिन शुरू भएको बतायो । ‘हुण्डीबाट रकम भित्रिएको बुझिएको छ’– स्रोतले भन्यो– ‘तर, त्यसका च्यानलबारे विस्तृतमा अनुसन्धान गर्नुपर्ने भएकाले अहिले अनुसन्धानको विषयबारे भन्न मिलेन ।’ व्यवस्थापन परिवर्तन हुँदा ६२ करोड मात्रै खर्च भएको भनिएको छ । तर, बाँकी रकम कहाँ गयो भन्ने पनि अनुसन्धानको पाटो छ । ‘अहिले तथ्यमा आएको कुरा, अनौपचारिक च्यानलबाट आएको लगानी सबै विषयमा प्रारम्भिक अनुसन्धान चलिरहेको छ, प्रारम्भिक अनुसन्धानमा आएको तथ्यपछि हामी विस्तृत अनुसन्धान गर्छौं’– विभाग स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

निर्यात सुस्तताबीच आरबिआईको थप दर कटौती

निर्यात सुस्तताबीच आरबिआईको थप दर कटौती

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

पुष्प मेलाको चौथो दिन: ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

पुष्प मेलाको चौथो दिन: ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन व्यस्त कुम्हाल समुदाय (तस्विरहरू)

तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन व्यस्त कुम्हाल समुदाय (तस्विरहरू)

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा संकटमा

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा संकटमा

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

Next Post
बिटक्वाइन सर्जक ‘सातोशी नाकामोतो’ बारे एलन मस्कको यस्तो मजाक

बिटक्वाइन सर्जक ‘सातोशी नाकामोतो’ बारे एलन मस्कको यस्तो मजाक

त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश

वीरगन्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

वीरगन्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .