• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नयाँ बानेश्वर क्षेत्रमा झडप


नयाँ बानेश्वर क्षेत्रमा झडप

काठमाण्डौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा रहेको पक्ष र सुरक्षाकर्मीबीच नयाँ बानेश्वरमा झडप भएको छ । एमसीसीमाथि सम्झौतामाथि प्रतिनिधि सभाको बैठकमा छलफल हुँदै गर्दा बानेश्वरमा विरोधमा उत्रिएको पक्ष र प्रहरीबीच झडप भएको हो ।

बिहानदेखि नै उक्त क्षेत्रको सुरक्षा कडा बनाइएको भए पनि कम्युनिष्ट घटकहरुले जुन दिन संसद खुल्छ त्यही दिन माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आइरहेका छन् । उक्त क्रममा आज पनि झडप भएको हो । सो क्रममा उनीहरुले सडकमा रहेका संरचना भत्काउनेदेखि केही छेउँका पसलमा पनि क्षति पुर्याउँदै आएका छन् ।

एमसीसीको विरोध गर्ने नाममा सुरक्षाकर्मीमाथि ढुङ्गा, लाठी बर्साउने काम उनीहरुले गर्दै आएका छन् । उक्त कार्य रोक्नका लागि सुरक्षा दस्ता कडा बनाइएको भए पनि उनीहरु आक्रामक बन्दै आएका छन् ।

आजको विरोधमा सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्तासमेत सहभागी भएका छन् ।

सो क्रममा ढुङ्गासमेत हानाहान भएको छ ।

एमसीसी गत फागुन ८ गते संसदमा टेबल भएको थियो । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसदबाट टुंगो लगाउन नेपाल सरकारलाई अल्टिमेटम दिएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार तातेको हो । देउवाले सबै दलको सहमतिमा एमसीसी अनुमोदन गर्न पहल गरिरहेका छन् ।

तर पनि सत्ता साझेदार दलहरू नै एमसीसीको विपक्षमा उभिएका छन् । संसदमा टेबल गर्न दिने तर विपक्षमा मतदान गर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नीति रहेको छ ।

नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा) ले अनुमोदन गराउनु पर्ने पक्षमा रहेको छ । जसपाभित्र डा. बाबुराम भट्टराई पक्ष ढुक्क छ भने अध्यक्ष उपेन्द्र यादवले मुख खोलेका छैनन् । र पनि नेता मनिष सुमनले भने मिडियामा जसपा एमसीसीकै पक्षमा रहेको बताएका छन् ।

सत्ताधारी बाहेकको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पक्षमा मतदान गर्ने निर्णय गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पहिलेदेखि नै पक्षका लागि स्पष्ट भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा
  • २०७८ फाल्गुन १२, बिहीबार १४:२२
  • In "BannerNews"
  • एमसीसी विरोधी प्रदर्शनमा झडप
  • २०७८ फाल्गुन १२, बिहीबार १४:२२
  • In "BannerNews"
  • एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते
  • २०७८ फाल्गुन १२, बिहीबार १४:२२
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

प्रतिनिधि सभाको बैठक स्थगित

एमसीसी विरोधी प्रदर्शनमा झडप

काठमाण्डौ– काराँची सिधा हवाई उडानले नेपालमा आतंकी घुसपैठ हुनसक्ने छ : अध्यक्ष यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version