No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी

पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी

काठमाडौं । पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित जिल्ला कारागार, झापामा कैद सजाय भुक्तान गरिरहेका १६ जनाको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनले भने, ‘उनले झण्डै १० वर्ष सजाय काटिसकेका थिए ।’
मोरङ सिजुवा घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो । पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित ३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतको आदेशपछि फूलमाया भनिने मञ्जु ढकाल (कार्की) थुनामा गएकी थिइन् भने सोमनाथ ढकाल फरार भएका थिए । अर्का आरोपी मदन राईलाई ६ महिनाको कैद सजाय सुनाइएको थियो ।
पौडेललाई नयाँ बसपार्क नजिक पूर्वाञ्चल होटल एण्ड सेकुवा कर्नरको चौथो तलाबाट धकेलेर खसालेको मञ्जुले पनि बयान दिएकी थिइन् । त्यसबेला झापाका तत्कालीन एसपी तारणीप्रसाद पौडेलले होटलको माथिल्लो तलामा भनाभन भइरहेका बेला गिरीले खसालेर हत्या गरेको बताएका थिए ।
पत्रकार पौडेल राजधानी दैनिक, एभिन्युज टेलिभिजन र झापाबाट प्रकाशित हुने मेची टाइम्स दैनिकमामा कार्यरत थिए । अस्पतालको पोष्टमार्टम रिपोर्टमा पौडेलको टाउको र फोक्सोमा रगत जमेको, कलेजो फुटेको, तीनवटा करङ तथा देब्रे हात भाँचिएको उल्लेख थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कर्तव्य ज्यान जस्तो गम्भिर मुद्दाका आरोपीलाई माफी दिनु गम्भिर विषय भएको भन्दै आपत्ति जनाए । उनले अनलाइनखबरसँग भने, ‘यो स्वीकार्य हुने विषय हुँदै होइन, यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँछौं ।’
पत्रकार पौडेलकी पत्नी सुनम पौडेलले पनि गिरीलाई आममाफी दिइएकोप्रति दुःख प्रकट गरेकी छन् । ‘मजस्ता पीडितमाथि सरकारले यो भन्दा अन्याय गर्ने ठाउँ छैन्’, सुनमले भनिन्, ‘यो देशमा पीडितका लागि न्याय मरेजस्तै रहेछ । ममाथि यो अर्को बज्रपात हो ।’
पत्रकार पौडेलको हत्यापछि नेपाल पत्रकार महासंघले उनका दुई वटा छोराछोरीको पठनपाठनको दायित्व लिने घोषणा गरेको थियो । तर, महासंघबाट पनि भने अनुसार सहयोग नपाएको उनले दुःखेसो गरिन् ।-अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
नयाँबानेश्वरमा तनाव : निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारीमाथि पानीको फोहरा

नयाँबानेश्वरमा तनाव : निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारीमाथि पानीको फोहरा

संसद बैठकको सुरुमै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी

संसद बैठकको सुरुमै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी

नेपालमा एमसीसी रोक्न बिजिङका बिशेष दुत पठाईएको खुलासा

नेपालमा एमसीसी रोक्न बिजिङका बिशेष दुत पठाईएको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .