अमेरिकाका लागि अफगानिस्तानका राजदूत अडेला राजले दिइन् राजीनामा

एजेन्सी । अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पदबाट राजीनामा दिएकी छन् ।
वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था त्यहाँको सरकारले गरेपछि उनले राजीनामा दिएकी हुन् ।
अमेरिकी प्रतिबन्धपछि दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
पछिल्लो ६ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएकामध्ये उनी तेस्रो राजदूत हुन् ।