काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
भक्तपुरको चाागुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले शनिवार राति करिब १० बजे ठक्कर दिंदा ८ वर्षीया बिनिता मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनी काभ्रेको महाभारत गाउापालिका-२ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यर सूर्यबहादुर मगरकी छोरी हुन् ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिनितालाई ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचार गरी थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।
अस्पतालको उपचार गर्दागर्दै आज बिहान ४ बजे बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।
टिपर चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।














