काठमाडौँ । काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विभिन्न राजनितिक दलहरुले एमसीसीविरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।
बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने विभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
एमसीसी अनुमोदन गर्ने कुरामा सक्तारुढ दलबीच मतभेद रहेको छ । सक्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।