• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

योगको उचित विधी र स्वास्थ्य-लाभ


योगको उचित विधी र स्वास्थ्य-लाभ

नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ । योगले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि योगबाट कसरी स्वास्थ्यमा लाभ मिल्छ ? योग गर्ने खास तौर–तरिका के हुन् ? कस्तो अवस्थामा योग गर्नु उचित हुँदैन ? कस्तो योग आसन एंव विधी बढी सबैका लागि उपयुक्त हुन्छ ? यसबारे भने सबै जानकार नहुन सक्छन् ।

खासगरी योगमा शरीर, दिमाग र सास तीन चिजको तालमेल हुन्छ । जब यी तीन एक लयमा हुन्छ, हामी स्वस्थ्य हुन्छौं । तनाव मुक्ती, आन्तरिक शान्ति, रोग प्रतिरोधात्मक क्षमता बढाउन, उर्जा बढाउन, शरीरको लचिलोपन पाउन योगको महत्वपूर्ण भूमिका हुन्छ ।

योगका लागि केवल ताकत, सन्तुलन र लचिलोपन चाहिन्छ । जो कोहीमा यसमध्ये एक चिज हुन्छ, जसको मद्दतले अर्को काम सजिलै गर्न सक्छन् । नियमित रुपले योग गर्ने जसरी तौल नियन्त्रण हुँदै जान्छ, उसैगरी शरीर लचिलो पनि ।

के हो सही समय ?

दिनमा कुनैपनि समय योग गर्न सकिन्छ । तर, खाना खानसाथ तुरुन्तै योग गर्नु हुँदैन । बिहान खासगरी सूर्योदय लगत्तै योग गर्नु बढी लाभदायक हुन्छ । सूर्योदयको दुई घण्टासम्म आफ्नो सुविधा अनुसार योग गर्न सकिन्छ । खासगरी बिहान शान्त र स्वच्छ वातावरण हुन्छ । साथै हाम्रो दिमाग पनि शान्त हुन्छ ।

कस्तो हुनुपर्छ स्थान ?

योग गर्दा शान्त, खुला स्थान बढी उपयोगी हुन्छ । दुर्गन्धित, कोलाहालपूर्ण स्थानमा योग गर्नु राम्रो हुँदैन ।

घरको छत, बगैंचा वा खुला कोठा जहाँ पनि योग गर्न सकिन्छ । योग गर्दा सजिलो पहिरन लगाउनुपर्छ । योग गर्ने स्थान पनि सजिलो हुनुपर्छ ।

योग गरिरहँदा कुनैपनि उपकरण राख्नु हुँदैन । जस्तो कि घडी, मोवाइल बोक्नु हुँदैन ।

योग गर्नुअघि खाली पेट हुनुपर्छ ?

योग गर्नुअघि खाली पेट हुनुपर्छ । कब्जियत छ भने दुईदेखि तीन गिलास पानी पिउनुपर्छ । यसले पेट राम्ररी सफा हुन्छ । यदि तपाई बिहान बिहान खाली पेट योग गर्न पाइरहनुभएको छैन भने खाना खाएको तीन वा चार घण्टापछि योग गर्नुहोस् ।

कुनै विशेष खानेकुरा आवश्यक छ ?

योगका लागि कुनै विशेष खानेकुरा हुनुपर्छ भन्ने छैन । योग गर्नेहरु शुद्ध शाकाहारी हुनुपर्छ भन्ने पनि छैन । हुन त शाकाहारी भएमा बढी स्वास्थ्य लाभ मिल्छ । यद्यपी मांशहारीले पनि योग गर्न सक्छन् ।

मासिक धर्ममा वा गर्भावस्थामा योग गर्न सकिन्छ ?

मासिक धर्म वा गर्भावस्थामा पनि योग गर्न सकिन्छ । यद्यपि यसका केही सीमा छन् । आसन छन् । खासगरी महिलाले उल्टो भएर गरिने आसन गर्नुहुँदैन । सहज योगासन गरिरहँदा कुनै असजिलो भएमा त्यसलाई बन्द गर्नुपर्छ ।

आसन नहुँदा पनि प्रयास गर्नुपर्छ ?

आसन गरिरहँदा शरीरमा कुनैपनि किसिमको अनावश्यक दवाव दिनुहुँदैन । शरीरलाई असहज हुनेगरी वा बलजफ्ती योग गर्नु हुँदैन । किनभने शुरुवाती चरणमा मांसपेशी लचिलो हुँदैन । यस्तो अवस्थामा योग गर्दा विभिन्न समस्या आइपर्न सक्छ । संयमित भएर योग गर्नुपर्छ । योग गरिरहँदा शरीरले सहज अनुभव गर्नुपर्छ ।

योगासन लगत्तै नुहाउन सकिन्छ ?

योग पनि एक किसिमको शारीरिक व्यायाम हो, जसबाट शरीरमा उर्जा प्राप्त हुन्छ । योग लगत्तै नुहाउँदा उर्जा कम हुन्छ । त्यही कारण व्यायाम जस्तै योग गरेपछि लगत्तै नुहाउनु हुँदैन । २० मिनेट अन्तरमा नुहाउन सकिन्छ ।

योगमा सासको प्रक्रिया अहंम हुन्छ ?

योग गर्नुको पहिलो नियम हो कि, नाकले सास लिनुपर्छ । योगबाट त्यसबेला बढी भन्दा बढी फाइदा लिन सकिन्छ, जतिबेला आसन र सासको बीचमा तालमेल मिलाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा पंतजली आयुर्वेदद्वारा सांसदहरूलाई सम्मान
  • २०७७ श्रावण २७, मंगलवार ०५:००
  • In "मधेश प्रदेश"
  • योगसूत्र : कसरी निरोगी रहने ?
  • २०७७ श्रावण २७, मंगलवार ०५:००
  • In "जीवनशैली"
  • जीवनशैलीका लागि यस्तो सुझाव दिन्थे राष्ट्रकवि घिमिरे
  • २०७७ श्रावण २७, मंगलवार ०५:००
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

आंशिकमात्रै शाखा खोल्ने बैंकहरुको तयारी

बौद्ध शीलालेखहरू नष्ट हुने गरी चीन र पाकिस्तानले बनाउन लागेको बाँधको बिरोध

जनकपुरबाट हातहतियार सहित एक जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version