• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जीवनशैलीका लागि यस्तो सुझाव दिन्थे राष्ट्रकवि घिमिरे


#घिमिरे

#घिमिरे

१०१ वर्षको उमेरसम्म पनि शरीरमा स्फूर्ति थियो । कसैको सहाराविना हिँडुडुल गर्न सक्दैन’थे तर अनुहारमा कान्ति छाएकै हुन्थ्यो । १०० वर्ष पुगेपछि हरेक मान्छेको दोस्रो जीवन सुरु हुन्छ, भनिन्छ। उनको पनि नयाँ दाँत पलाएर नयाँ जीवनको संकेत गरिरहेको थियो ।

उनको १०१ औं जन्मदिनमा उनले झण्डै एक सातासम्म सुखले बस्न पाएनन् । उनलाई शुभकामना दिन आउने क्रम झण्डै एक सातासम्म चल्यो । ४०/४५ मिनेटसम्म निरन्तर कुरागरेपछि केहीबेर भने पनि शरीरले विश्राम माग्थ्यो । तर उनको सक्रियतामा कमी भएको थिएन ।

१०१ वर्षसम्म यसरी हाँसिखुसी बस्नको लागि कस्तो जीवनशैली अपनाउने ?भन्ने प्रश्नमा कविवर भन्थे ‘स्वस्थ्य जीवन बाँच्नका लागि सधैं सक्रिय हुनुहोस् । सक्रिय भएपछि शरीरमा स्फूर्ति आउँछ । शरीर स्वस्थ हुन्छ ।’

१०१ वर्षसम्म पनि उनको सिर्जना शक्ति रोकिएको थिएन । उनी सिर्जना शक्तिमा केही ह्रास भएको कुरालाई भने स्वीकार्थे । उनी भन्थे ‘पहिले रुखमा पात हल्लिँदा पनि साहित्य फुथ्र्याे । अहिले त्यो शक्तिमा कमी आएको छ ।’

उनी लामो आयु र खुसी हुनको लागि सिर्जनशील हुनुपर्ने बताउँछन् । रचनात्मक काममा लाग्नु भनेको कविता, कथा लेख्नैपर्छ भन्ने होइन । तपाईं जे काम गर्नुहुन्छ, त्यो रचनात्मक हुनुपर्छ भन्ने उनको तर्क छ ।

यसबाहेक सकारात्मक सोच पनि स्वस्थ जीवनशैलीको आधार रहेको राष्ट्रकविको मत छ । सधैं सकारात्मक सोचका साथ अघिबढ्न पनि कविवर सुझाव दिन्थे ।

आफ्नो जीवनकालमा कवि घिमिरेले सानातिना विषयबाहेक कसैको मन दुखाउने काम नगरेको सुनाउँछन् । उनी राष्ट्रिय स्तरमा पनि कहिलै विवादमा आएनन् । मृदुभाषी बन्नु पनि एउटा असल जीवनशैलीको आधार रहेको बताउँ’थे, राष्ट्र कवि घिमिरे ।

योग र व्यायाममा सुझाव 

उनी आफू योग, व्यायाम, प्रणायाम नियमित गर्ने गरेको सुनाउँछन् । अनलाइनखबरसँग उनले भनेका थिए ‘किशोर उमेरमै म झन्डै जोगी पनि भएको थिएँ । त्यहीबेला योग गर्न सिकेँ । अहिले पनि त्यही आसन गर्छु । हुन त भारतमा अहिले योग गुरुहरूले योग सिकाउन थालेका छन् ।

रामदेवले पनि योग सिकाइरहेका छन् । साह्रै राम्रो कुरा । योग गरियो भने शरीर निरोगी हुन्छ । दिमाग पनि राम्रो हुन्छ । म लेख्न बस्दा पनि बेलाबखत योग गर्छु । अलि अल्छी लाग्यो, जिउ सञ्चो नहोला जस्तो भयो भने योग गर्छु, ठीक हुन्छ ।’

खानामा ध्यान दिऔं

स्वस्थ जीवनशैलीको लागि खानामा विशेष ध्यान दिन राष्ट्रकवि घिमिरे जोड दिन्थे । खानेबेलामा थोरै खाने तर धेरै पटक खाना खाने उनको खानपिन शैली थियो । ‘खानामा मलाई दूध अनिवार्य चाहिन्छ । सागपात पनि मनपर्छ ।’ उनी भन्थे ‘मदिरापान गर्ने, रातभर बस्ने, मोजमस्ती गर्नेजस्ता बानी त्याग्नुस् ।’ उनी राति सुत्ने बेलामा ढुक्कसँग निदाउन र प्रकृतिसँग धेरै रमाउन सुझाव दिन्छन् । साथै, सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ८ वर्षसम्म आफ्नो छातीमा ठूलो चक्कु भएको बिरामीलाई नै थाहा थिएन, अहिले कस्तो छ स्वास्थ्य ?
  • २०७७ भाद्र ३, बुधबार १२:१५
  • In "अन्तराष्ट्रिय"
  • के गुलियो खानेकुराले मधुमेह हुन्छ ?
  • २०७७ भाद्र ३, बुधबार १२:१५
  • In "थप"
  • जान्नुहोस् हरियो मकैका ८ फाइदा, बलियो हड्डी आँखालाई राम्रो
  • २०७७ भाद्र ३, बुधबार १२:१५
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

सजावट, सौन्दर्य र स्वास्थ्यका लागि : क्याकटस

राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा, मालीमा सैनिक कू

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version