No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि


महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि

१० महिनामा पेट्रोलियम पदार्थको भाउ १५ प्रतिशतले वृद्धि भएको छ । नेपाल आयल निगमले महिनैपिच्छे पेट्रोलियम पदार्थको भाउ बढाएर उपभोक्ताको ढाड सक्ने काम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको निगमको भनाइ छ । निगमले यस वर्ष पहिलो पटक ४ वैशाखमा पेट्रोलियम मूल्य वृद्धि गरेको थियो ।

४ वैशाखदेखि यही ५ माघसम्ममा निगमले पेट्रोलियम पदार्थको मूल्य १० पटक बढाएको हो । यो १० महिनामा खाना पकाउने एलपी ग्यासको मूल्य ३ पटक बढाएको छ भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० पटक नै वृद्धि गरेको छ ।

निगमले इण्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ अप्रिलमा पेट्रोलियम पदार्थको मूल्य सूची पठाउँदा बढाएर प्रतिलिटर १ रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको जनाएको थियो । प्रतिलिटर १ रुपैयाँ बढाएर पेट्रोलको मूल्य १ सय २१ र डिजेल १ सय ४ रुपैयाँ कायम गरेको थियो । यसैगरी आन्तरिक हवाई इन्धनमा मूल्य २ रुपैयाँले वृद्धि गरी प्रतिलिटर ७६ रुपैयाँ कायम गरेको थियो । यो १० महिनामा निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर प्र्रतिलिटर पेट्रोलको मूल्य १ सय ३९ रुपैयाँ पुर्‍याएको छ भने डिजेलको प्रतिलिटर १ सय २२ रुपैयाँ पुर्‍याएको छ ।

४ वैशाखको प्रतिलिटर पेट्रोलको मूल्य र यही ५ माघको पेट्रोलको मूल्यसँग तुलना गर्दा यस वर्षको १० महिनामा पेट्रोलको मूल्य १४ दशमलब ८७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी डिजेलमा प्रतिलिटर १४ दशमलब ७५ प्रतिशतले वृद्धि भएको छ ।

वार्षिक रूपमा पेट्रोलियम पदार्थको मूल्य १५ प्र्रतिशतका दर वृद्धि हुने हो भने नेपालीहरूको प्र्रतिव्यक्ति आयले दैनिक गुजारा गर्नसमेत मुस्किल पर्नेछ । पन्ध्रौँ योजना २०७५/०७६ मा नेपालीहरूको प्र्रतिव्यक्ति वार्षिक आम्दानी अमेरिकी डलर १० हजार ४७ रहेको छ । अहिलेको अमेरिकी डलरको नेपाली १ सय १९ रुपैयाँ हो । यो भनेको १ लाख २४ हजार ५ सय ९३ रुपैयाँ हो । यसरी नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने हो भने नेपालीलाई दैनिक गुजारा गर्नसमेत मुस्किल पर्ने देखिन्छ ।

कहिले कहिले बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?

४ वैशाख २०७८ मा निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको थियो । यसैगरी २ जेठमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । ४ वैशाखमा प्रतिलिटर पेट्रोलमा १ सय २१ रुपैयाँ कायम गरेकामा २ रुपैयाँले वृद्धि गरी १ सय २३ रुपैयाँ पुर्‍याएको थियो भने डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६ रुपैयाँ पुर्‍याएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको भन्दै जेठ महिनामा निगमले एक महिनामा २ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको थियो । २ जेठ बढाएको मूल्य फेरि २२ जेठमा बढाएको थियो । २२ जेठमा पनि निगमले प्र्रतिलिटर २ रुपैयाँका दरले नै वृद्धि गरेको थियो । २ रुपैयाँका दरले वृद्धि गरी पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ कायम गरेको थियो भने डिजेल १ सय ८ रुपैयाँ पुर्‍याएको थियो ।

२२ जेठमा बढाएको मूल्य फेरि ९ साउनमा बढ्यो । त्यस बेला पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले बढाएको थियो । फेरि सोही महिनाको २२ गते प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

कोरोनाले देशको अर्थतन्त्रमा ठूलो असर परेको भन्दै निगमले भदौ महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भए पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने जनाएको थियो । फेरि निगमले ७ असोजमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको कारण देखाउँदै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।

यसैगरी निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर वृद्धि हुँदा घाटा थेग्न नसक्ने अवस्था आएको भन्दै कात्तिक महिनामा २ पटक गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले एकै महिनामा ६ रुपैयाँ बढाएको थियो । खाना पकाउने ग्यासमा २ पटक गरी १ सय २५ रुपैयाँ प्र्रतिसिलिण्डर बढाएको थियो । १२ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो भने खाना पकाउने एलपी ग्यासमा ५० रुपैयाँ बढाएको थियो ।

यसैगरी फेरि मूल्य बढाएको २ साता नपुग्दै २४ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको थियो भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँ बढाएको थियो ।

मंसिर र पुस महिनामा भने निगमले २४ कात्तिककै मूल्यलाई कायम गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर आएको भए पनि निगमले मासिक ३ अर्ब ९५ करोड ३४ लाख रुपैयाँ घाटा गएको देखाउँदै पेट्रोलियम पदार्थको मूल्य घटाएन ।

यसैगरी यही ५ माघमा निगम घाटा गएर आईओसीसँग तेल खरिद गर्न ऋण खोज्नुपर्ने अवस्था आएको भन्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले वृद्धि गरी पेट्रोलको १३९ रुपैयाँ, डिजेलको १२२ रुपैयाँ र मट्टीतेलको १२२ रुपैयाँ पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

Next Post
प्रधानमन्त्री मोदीले भने – विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

प्रधानमन्त्री मोदीले भने - विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

सिरहाको गोलबजारमाएक पुरुषको लाश भेटियाे

सिरहाको गोलबजारमाएक पुरुषको लाश भेटियाे

अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .