No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ’

‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ’

राजविराज । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको सप्तरीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताएका छन ।
जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौनामा राष्ट्रिय हिन्दु पत्रकार संजालले आयोजना गरेको ‘मधेशको नेतृत्व र विकासको अवस्था’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै बक्ताले नेपालको भूमीमा चीनले आफू अनुकूल काम गरिरहेको बताए ।
उनीहरुले तराई मधेशका व्यक्तिलाई पनि प्रलोभनमा पारी चीन आफनो ऋण जालमा फसाईरहेको आरोप समेत लगाए । जसका कारण मधेशको विकास पनि पछि परिरहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता बुद्धिजिवी सबुरलाल साहुले मधेशमा चिनियाँ कम्पनीहरुले चीनबाट कामदार ल्याई नेपाली कामदारको श्रम शोषण गरिरहेको आरोप लगाए । उनले चीनमा आजिवन कारावासको सजाय पाएका व्यक्तिलाई नेपालमा बोलाएर काममा लगाईरहेको खुलाए ।
नेपाली काँग्रेस प्रदेश १ को ख का क्षेत्रीय सभापनि उमेश मिश्राले चीनले आफनो प्रभाव बढाउन मधेशदवादी दलका केही नेताहरुसंग सम्पर्क बढाउन खोजेको आरोप लगाए ।
उनले जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव जस्ता व्यक्तिहरु पनि चीनको इसारामा मधेशमा काम गरिरहेको बताए ।
जनता समाजवादी पार्टीले मधेशमा द्वन्द्व बढाउन खोजेको बताउँदै मिश्रले भने, ‘जनता समाजवादी पार्टीका नेताहरुले विकास भन्दा पनि भ्रष्टाचार कसरी गर्ने प्रति बढी ध्यान केन्द्रीत गरेका छन् ।’
मधेशवादी नेताहरुकै कारण मधेशमा भ्रष्टाचार संस्थागत भएको उनले दावी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विरेन्द्र साह ‘क्रान्ति’ ले चीनको विआरआई परियोजना गरीव राष्ट्रलाई भारी ऋण बोकाएर आफ्नो इसारामा नचाउने किसिमको योजना रहेको बताए ।
चीनले आफ्नो अभिष्ट पूरा गर्नका लागि नेपालमा पनि विआरआई परियोजना लागू गराउन खोजेको आरोप लगाए । साहले नेपालमा विआरआई परियोजना लागू हुन नदिनुपर्नेमा जोड् दिए ।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहले प्रदेश सरकारमा मधेशवादी दलका मुखियाहरुकै प्रतिनिधित्व भएपनि मधेशमा विकास नहुनु दुःखद भएको बताए । उनले आफूलाई मधेशका नेता भनेर चिनाउनेहरुको पछिल्लो क्रियाकलापले विकास भन्दा पनि विनासले प्राथमिकता पाएको उनको भनाई छ ।
‘मधेशी दलले नेतृत्व गरेको सरकारले ४ वर्षमा पनि आफनो भवन बनाउन सकेको छैन । अहिले पनि राजाको समयमै निर्माण गरिएको जकपुर चुरोट कारखानामै आफ्नो निवास र मन्त्रालय राखेको छ’ उनले भने, ‘आफनो घर समेत बनाउन नसक्ने मधेशका नेताहरुले जनताको घरदैलोमा विकास कसरी गर्छ ?’
प्रधानाध्यापक धर्मदेव साहले राजनीतिक रुपमा नेतृत्व गर्नेले विकासको पनि जिम्मा लिएर अगाडी बढ्नुपर्ने बताए । उनले नेतृत्वकर्ताले विकासको लागि योजना बनाएर लक्ष्य अनुसारका काम गर्न नसके नेतृत्वको कुनै अर्थ हुन नसक्ने उल्लेख गरे ।
नेपाली काँग्रेसका युवा नेता अर्जुन साहले माओवादी र मधेशवादी नेताहरुले समाजलाई विभाजन गरेको आरोप लगाए । उनले आफू सत्तामा जानको लागि माओवादी र मधेशवादी दलका नेताहरु समाजका विभिन्न वर्गलाई विभाजन गरेर सामाजिक एकतालाई कमजोर पारेको कारण विकासले गति लिन नसकेको बताए ।
अधिवक्ता हेमनारायण चौधरीले पार्टीको झण्डा बोकेर स्थानीय तहमा जनप्रतिनिधि गएको कारण मधेशमा विकास नभएको बताए । उनले स्थानीय तहमा दलको टिकट लिएर चुनावमा जाने कानुन नफेरिएसम्म स्थानीय तहबाट प्रवाह हुने विकासमा असर पर्ने तर्क राखे ।
‘स्थानीय तहमा दलीय टिकटमा चुनाव हुनुहुँदैन’ उनले भने ।
कार्यक्रममा स्थानियत नेता सत्यजिकत कुमार झा, हिन्दु यूवा संघका जिल्ला अध्यक्ष दिपेश देब जोशी, मैथिली सहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, नेपाली कांग्रेसका यूवा नेता जगदीश साह, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्ष ओम प्रकाश साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

भारतमा पुनः सुरु हुँदै आईफोन उत्पादन, ४ महिनादेखि किन बन्द थियो कारखाना ?

भारतमा पुनः सुरु हुँदै आईफोन उत्पादन, ४ महिनादेखि किन बन्द थियो कारखाना ?

फ्युज मसिनमा भित्रियो १५ करोड विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने

फ्युज मसिनमा भित्रियो १५ करोड विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...