• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वार्थी चीनको असली रूप बाहिरियो


स्वार्थी चीनको असली रूप बाहिरियो

एसबी एकेला

नेपालप्रति चीनको रवैया कहिले पनि राम्रो देखिएनन । चीनले नेपाली व्यापारीले आयात गरेका हजारौँ कन्टेनरहरू नाकामा महिनौँदेखि रोकिएका छन् ।
आयातित सामानहरू बिग्रने, कुहिने र नास्सिने त छँदैछ, अनाहकमा कन्टेनरको भाडा (डेमरेज) व्यहोर्नुपर्ने मारबाट गुज्रिरहेका छन् । कन्टेनर रोकिएर व्यापारीहरूको अर्बौंको नोक्सानी भएको देखिन्छ ।
नेपालको कोभिड व्यवस्थापन ठिक नभएकोले रोकिएको रे भनिन्छ । दिनको बीस वटा कन्टेनरले प्रवेश पाउँछन् तर व्यवहारमा चार, पाँच या शून्य ! उदेक लाग्दो छ– बिक्री चाहिँ गरिरहेका छन् ! बेच्ने, सामान लोड गर्ने, हिँडाउने अनि नाकामा रोक्ने !
बिक्री गरिएका सामान समुद्री बाटो भएर कोलकाता बन्दरगाहमार्फत ल्याउन चाहिँ चीनका तर्फबाट कुनै व्यवधान गरिएको छैन ।
चीनले राम्रो जवाफ दिँदैन । व्यवहारमा नाकाबन्दी भइरहेको छ तर नाकाबन्दी उनीहरु भन्छन होइन । अहिले चीनको नाका खुला छ, तर कोभिडका कारण सबै माल समान रोएको छ ।

नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छी विजयादशमीको अवसरमा नेपालीलाई शुभकामना दिन्छिन् । बडो प्रफुल्लित मुद्रामा ‘गन्यमान्य’ को शैलीमा आफ्ना शुभचिन्तकहरूलाई टीका लगाइदिन्छिन् तर दशैँका लागि किनेको सामान सिमामै रोकिन्छ ।

यो के शैली हो ? नाका सहज गरेर नेपालीलाई दशैँ मान्न दिएकी भए राम्रो हुन्थेन र ?

खरिद स्रोतमै चीन–नेपाल नाकाबाट सामान ढुवानी हुन सक्दैन भनेर बताइदिँदा हुँदैनथ्यो ? तर होइन, बेच्नु चाहिँ छ ! रकम कुम्ल्याउनु छ ! अनि किन नाका रोकियो भन्दा हास्यास्पद जवाफ वा ’नो आङ्लित‘’ !
आखिर चीन के अभिष्ट पूरा गर्न चाहन्छ ? बुझ्न अत्यन्तै कठिन छ ! जसरी भए पनि रकम असुल्ने अनि कुनै निहित उद्देश्य पूरा गर्न ब्ल्याकमेलिङमा उत्रेको पो हो कि ?
सर्वसत्तावाद नियन्त्रित राज्य प्रणाली भएको चीनको पृष्ठभूमि हेर्दा र एक स्वार्थी व्यापारीको चरित्र दृष्टिगत गर्दा चीनको सरकारले ‘कही पे निगाहेँ, कहीँ पे निशाना’ त गरिरहेको छैन ? नेपाललाई रणनीतिक ढङ्गले नियन्त्रण गर्न चाल पो चलिरहेको जस्तो लाग्छ । आफूसँगको सीमाका बारेमा प्रश्न उठाइएकोमा असन्तुष्टि भएर यस्तो गरेको हुन सक्ने बुधिजिबीहरु बताउछन ।

आफूले ‘अधिनस्थ’ ठानेको गरिसकेको नेपाल भन्ने भूमिमा अरू कसैको प्रभाव बढ्ने सम्भावना देखेर त्यसलाई रोक्ने दुष्चक्र त होइन ? चीनले कतै कुनै निक्कै ठूलो ठेक्का सुनिश्चित गर्न चाहेको जस्तो लग्छ ।

नेपालीहरूमध्ये एउटा ठूलो जमात ‘चीनले अर्घेलो गर्दै गर्दैन’ र ‘चीन नेपालको भरपर्दो मित्र हो’ भन्ने दृढ मान्यता बोकेर बाँचेका छन् ।

चीनको भक्तिगान गाउनु नै सच्चा राष्ट्रभक्ति हो भन्ने अनौठो मानसिकता बोकेकाहरूको ठूलो जनसंख्या छ । सत्तासीन राजनीतिक दलहरूमा समेत यो मान्यताले बलियै रूपमा जरो गाडेको देखिन्छ ।

वर्तमान सरकारका मन्त्री देवेन्द्र पौडेलले ‘नाकाबन्दी होइन, सामान्य प्राविधिक समस्या हो’ भनेको सुनियो । यिनै कारणले गर्दा चीनको यो सोह्रै आना बलमिच्याइँ पनि हाम्रो लागि ‘मिठो’ लागिरहेको छ ।

चीनसँग गर्नुपर्ने प्रश्न धेरै छन् । चीनसँग नगर्ने भए पनि हाम्रो लोकतान्त्रिक सरकारले उपलब्ध सूचनाकै आधारमा पनि जनतालाई सुसूचित गर्नै पर्छ ।
छिमेकी मुलुक चीनले नेपाललाई खुरुखुरु सामान बेचेको छ तर कोरोनाको निहुँमा नाकामा प्रतिबन्धस्तरको नियन्त्रण गरेको छ । ‘जीटुजी’ भनेर चीनबाट खरिद गरिएको खोपको मूल्य कति हो भनेर प्रश्न गर्ने हक नेपालीलाई छ कि छैन ?

कोभिड विरुद्धको केही लाख खोप अनुदानमा दिएकोमा हामी चीनप्रति अनुगृहित छौँ । लाखौँ खोप सहजरूपमा खरिद गर्न दिएकोमा हामी चीनलाई धन्यवाद दिन्छौँ तर ‘जीटुजी’ भनेर चीनबाट खरिद गरिएको खोपको मूल्य कति हो भन्ने प्रश्न गर्ने हक नेपाली जनतालाई छ कि छैन ?

मलाई शंका छ, कतै चीनले बिक्री गरेको खोपमा असुल गरेको मूल्यले कथित अनुदानको पनि मूल्य त उठाएको छैन ।

चीनसँग गरिएको बीआरआई सम्झौताको विस्तृत विवरण जान्ने हक नेपाली जनतालाई छैन ? मलाई शंका छ– त्यहाँ नेपाललाई अनावश्यक परियोजनामा ऋण दिएर ऋणको जालो (डेब्ट ट्र्याप) मा फसाउने र अन्ततः नेपाललाई निल्ने षड्यन्त्र लुकेको पो छ ।
सीमाको कुरो उठाए बापत हुम्लाको सीमावर्ती क्षेत्रका नेपालीको कि जीवन कष्टकर बनाइएको ? चीनको सम्बन्धमा यति प्रश्न उठाउनु ‘राष्ट्रघाती’ त नहोला कि !

चीनको वर्तमान नाकाबन्दीप्रति एक राष्ट्रका रूपमा हाम्रो रवैया कस्तो रह्यो त भन्ने प्रश्न चाहिँ गर्नै पर्ने हुन्छ किनकि आज नभए भविष्यले यो प्रश्न पक्कै गर्नेछ ।

यो राष्ट्रको समस्या होइन वा राष्ट्रप्रति लक्षित कारबाही होइन, केही व्यापारीहरूको समस्या हो भनेर आँखा चिम्लन मिल्दैन ? सामान्य क्रेताको अधिकारका बारेमा चीनलाई दह्रो ढङ्गले प्रश्न गर्नु पर्छ ।

परराष्ट्र मन्त्रीज्यूले आफ्ना चिनियाँ समकक्षी समक्ष कुरा राख्नुभयो भन्ने त सुनियो तर जवाफ जनताले थाहा पाएको सुनिएनन ।
यतिबेला हामी तेस्रो मुलुकबाट हुने आयातको कुरा होइन, चीनबाट किनिएको सामानको ढुवानीको अधिकारको कुरा गर्दैछौँ । चीनलाई जोडदार ढङ्गले याद दिलाउने वेला आइृ सकेको यहाका व्यपारीस्हरु बताउछन ।
सरकारी स्तरबाट के भयो वा भएन त्यो त महत्वपूर्ण छ नै, जनस्तरबाट हामीले अहिले सम्म के गर्न सकियौ । स्वयं व्यापारीहरूका प्रतिनिधिमूलक संस्थाहरू के गर्दैछन् ? के यो नाकाबन्दी होइन ? हाम्रो स्वाभिमान र अटल राष्ट्रवाद चीनको प्रश्न उठ्ने बित्तिकै पुनर्परिभाषित हुने त होइन होला नि ।

वास्तवमा एक छिमेकी राष्ट्रका र व्यापारिक साझेदारका रूपमा चीनको विश्वसनीयतामाथि सूक्ष्म सिंहावलोकनको जरुरी भएको छ ।

एक विशाल छिमेकी राष्ट्रका रूपमा चीनले नेपालमाथि रणनीतिक अधिपत्य कायम गर्न ठूलो कोसिस गरिरहेको तथ्य अब राम्रैसँग उजागर भइसकेको छ । वैचारिक रूपमा सूक्ष्म ढङ्गले अतिक्रमण गरेर अब नेपाल राज्यमाथि अप्रत्यक्ष नियन्त्रण गर्ने रणनीतिमा चीन देखिएको छ ।

एक व्यापारिक साझेदारका रूपमा त चीन पटक्कै विश्वसनीय छैन । बैंक ग्यारेन्टी जस्तो सामान्य व्यापारिक समझदारी चिनिया बैंकले पालना गर्दैन । उसले बेच्ने सामानको गुणवत्ताका बारेमा त कहिल्यै कोही आश्वस्त हुनै सक्दैन ।

चिकित्सा शिक्षाजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा समेत समेत चीन कागजी डिग्री बेच्दैछ । विभिन्न प्रयोजनाको नामामा चीनले नेपालको ताराई क्षेत्र आफनो कर्मचारीहरुलाई प्रयोग गररेको देखिन्छ ।
यसरी उनीहरुले तराई मधेशको जनताको चाहना र उनीहरुको आवश्यता माथि निगरानी गर्दै छ । यहाँ पनि उनीहरुले ऋण लाउने वातावरण बनाउदै गइैरहेको देखिन्छ । यसलाई समयमै रोक्न सकिएन भने नेपाल पनि चीनको ऋण जालमा फस्दै ग्इरहेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन
  • २०७८ मंसिर २४, शुक्रबार १८:१६
  • In "देश"
  • नेपालमा दुई छिमेकी : भारतले भ्याक्सिन दिँदै गर्दा चीनले नाकाबन्दी लगायो
  • २०७८ मंसिर २४, शुक्रबार १८:१६
  • In "थप"
  • उत्तरी नाकामा चीनको आघोषित नाकाबन्दी
  • २०७८ मंसिर २४, शुक्रबार १८:१६
  • In "आर्थिक"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

Next Post

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

गोलबजार नपामा लैगिंक हिंसा जनजागरणमा वकतृत्वकला प्रतियोगिता

तराई मधेशको नाराः देउवाको नोट, शेखरलाई भोट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version