• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन


चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन

काठमाडौं ।  नेपाल सरकारका उच्चस्तरीय अधिकारीले चीनसँगको अन्तर्राष्टिय व्यापारिक नाका रसुवागढीको अनुगमन गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण देखाउँदै चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित रहेको नाकाको नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरूले शुक्रबार स्थलगत अवलोकन गरेका हुन् ।
वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । ‘चिनियाँ पक्षले सामानको आयात किन बढाएनन् ? नेपालतर्फको अस्था के रहेछ ? भौतिक संरचनाको अवस्था के रहेछ ? भनेर टोलीले स्थलगत अवलोकन गरेको छ ।’
टोलीले नाकाको स्थलगत अवलोकन गर्नुका साथै नाकामा देखिएका समस्याबारे स्थानीय सरोकारवाला र जिल्लाका सम्बन्धित अधिकारीहरूसँग छलफल गरेको उनले बताए ।
स्थलगत रूपमा अवलोकनका लागि आएका टोलीलाई  प्रमुख जिल्ला अधिकारी जैसीले नाकामा रहेको याडलाई विस्तार गर्न आग्रह गरिएको बताए । ‘रसुवागढी नाकामा रहेको याडलाई विस्तार गर्न आग्रह गरेका छौँ, अहिले ६/७ वटा गाडीमा मात्र सीमित भइरहेको छ। छेउमै भूकम्पका वेलामा पहिरो गई माथिबाट बगेर आएको थुप्रिएको माटोलाई सफा गरेर थप विस्तार गर्न सकियो भने कम्तीमा पनि २० वटाभन्दा बढी गाडी अट्न सक्ने भयो’, उनले भने, ‘चीनले पनि सामान बढाउने भनेको छ । त्यसैले पनि याडलाई विस्तार गर्नुपर्ने भनेर टोलीलाई भनेका छौँ ।’
नाकाको स्थलगत अवलोकनपछि नयाँ पत्रिकासँगको कुराकानीमा वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले नाकामा देखिएका समस्यामा ध्यान दिने र नाकाको व्यवस्थापनमा लागि पर्ने बताए । ‘चीनबाट सामान बोकेर नेपाल आउने कन्टेनरको संख्या थोरै छ । यसलाई बढाउन नेपालतर्फको याड विस्तार गर्नेछौँ । नाकालाई सहज रूपमा सञ्चालन गर्नका लागि अनुरोध तथा पहल गर्नेछौँ’, उनले भने, ‘चिनियाँ पक्षले सामानको आयात बढाउने भने पनि बढाएको छैन् । हामीले नाकाको  स्थलगत अवलोकन पनि गरेका छौँ। नाकामा देखिएका समस्याहरुबारे स्थानिय सरोकारवालाहरु र जिल्लाका सम्बन्धित अधिकारीसँग छलफल पनि गरेका छौँ। यहाँको समस्या समाधान गर्न लागि पर्नेछौँ।’
उनले नाकामा निर्माणाधीन पूर्वाधारको निर्माण छिट्टै सम्पन्न गराउन लागिपर्ने पनि बताए। मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणको कामलाई तीव्रता दिन सडक विभागका महानिर्देशकालाई अनुरोध गर्नेसमेत उनले बताए । ‘नाका जोड्ने सडक निर्माणलाई तीव्रता अनि नाकामा निर्माणाधीन पूर्वाधार आइसिपी भवनलगायतका संरचनालाई सम्पन्न गराउन अनुरोध गछौँ ।’
कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो। त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नाैवटा कन्टेनरमा सामान आयात भइरहेको छ।  चिनियाँ एउटा गाडीमा आएको सामाग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।
कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल चीन व्यापार अझै सहज हुन सकेको छैन। अहिले कोटा प्रणाली सञ्चालित व्यापार पर्याप्त नभएको गुनासो व्यापारीले गरिरहेका छन् । कोटा प्रणालीअनुसार दैनिक नाैवटा चिनियाँ कन्टेनरमा सामाग्री नेपाल आयात भइरहेको छ । तर, यो परिमाण निकै कम भएको व्यापारीहरूले बताएका छन् । सिजनअनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आई नपुगेको व्यवसायीहरूको गुनासो छ।
कोरोना महामारीअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याइएको सामान २० देखि २३ दिनभित्रमा नेपाल आइपुग्ने गरेको थियो । तर, अहिले सामान नेपाल आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने गरेको छ।
रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेकोमा कोरोना संक्रमण सुरु भएपछि चीनले निर्यात रोकेको छ। २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो। रसुवागढी नाका २०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । त्यसयता चीनतर्फको नेपालको व्यापार यसै नाकामा केन्द्रित रहेको छ । नयाँपत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन
  • २०७८ कार्तिक ३०, मंगलवार ११:०२
  • In "देश"
  • राष्ट्रियसभा सदस्य सिंहद्वारा नदीहरुको स्थलगत अवलोकन
  • २०७८ कार्तिक ३०, मंगलवार ११:०२
  • In "मधेश प्रदेश"
  • हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी-लाप्चा क्षेत्रबाट अवलोकन सुरु
  • २०७८ कार्तिक ३०, मंगलवार ११:०२
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

नेपाल-भारत बिच थप उडान , भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधिया सहमत

भारतमा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट

आतंकी संगठन आईएसआईएस द्वारा अफगानिस्तानमा हत्या हिंसा जारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version