• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन


कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन

काठमाडौं । सरकारको उच्चस्तरीय टोलीले तोतोपानी नाकाको स्थलगत भ्रमण गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा भन्सार, पारवहन, परराष्ट्र, गृह र वाणिज्यका अधिकारी सम्मिलित टोलीले आइतबार स्थलगत अनुगमन गरेको हो ।
नाका सहजीकरण र व्यापार दोब्बर बनाउन गर्न सकिने सबै उपायबारे सरोकारवालासँग प्रतिनिधि मण्डलले छलफल गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले अनलाइनखबरलाई बताए ।
महानिर्देशक सापकोटाले भने, ‘लामो समयदेखि यो नाकामा समस्या छ । त्यसैले नाकाबाट व्यापार सहज बनाउने विषयमा अनुगमन गर्‍यौं । व्यापार दोब्बर बनाउन सम्बद्ध सबै सरोकारवालासँग छलफल पनि गरेका छौं ।’ स्थलगत अनुगमनमा चिनियाँ पक्षसँग भने भेट नभएको अधिकारीहरुले बताएका छन् ।
नाकाबाट भइरहेको हालको ९ कन्टेनर सामान भित्रिने अवस्था कसरी दोब्बर बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिएको भन्सार विभागले जनाएको छ ।
नाकामा नेपाली पक्षले बनाएका सबै भौतिक संरचना र सम्बद्ध अधिकारीसँग हालको अवस्थाबारे जानकारी लिएर फर्किएको नेपाल इन्टर मोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । अनुगमनमा संलग्न सबै क्षेत्रका अधिकारीले नाकाको समस्या र अब गर्नु पर्ने कामबारे लिखित प्रतिवेदन तयार गर्ने गजुरेललको भनाइ छ । सोही आधारमा सरकारले नाकाबाट व्यापार सहज गर्नका लागि योजना बनाउने उनको भनाइ छ ।
अनुगमन टोलीमा गृह र परराष्ट्र मन्त्रालयमा सहसचिव, सडक विभागका सिनियर डिभिजन इन्जिनियर र वाणिज्य मन्त्रालयबाट एक जना उपसचिव पनि सहभागी थिए ।
कोभिडलाई कारण देखाउँदै झण्डै डेढ वर्षदेखि उत्तरतर्फको नाका हुँदै हुने व्यापारमा समस्या देखिएको छ । नेपालको निर्यात रोकेको चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गरेको छ । अहिले तातोपानी र रसुवागढी भएर जम्मा २० कन्टेनर सानमान नेपाल भित्रिरहेका छन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ नाकाबाट आयात फेरि घट्याे
  • २०७८ मंसिर १६, बिहीबार १३:४१
  • In "देश"
  • चिनियाँ नाकाबाट आयात फेरि घट्याे
  • २०७८ मंसिर १६, बिहीबार १३:४१
  • In "आर्थिक"
  • चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन
  • २०७८ मंसिर १६, बिहीबार १३:४१
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

हावाहुरी र पहिरोपीडितको उद्धारमा ढिलाइ नगर्न संसद्को आग्रह

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

Next Post

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

विमानस्थलबाट बुधबार १५ किलो ‘झिटिगुन्टा’ सुन बरामद

बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

हावाहुरी र पहिरोपीडितको उद्धारमा ढिलाइ नगर्न संसद्को आग्रह

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version