• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उत्तरी नाकामा चीनको आघोषित नाकाबन्दी


उत्तरी नाकामा चीनको आघोषित नाकाबन्दी

काठमाडौं । दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् ।

सिमानामा एक हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारीले समयमा जाँच पास नगर्दा आयातकर्ताको मालसामान दसैँमा बेच्न पाउने आश मारेको बताइएको छ ।

चिनियाँ नाकामा सामान रोकिँदा व्यापार प्रभावित भएको छ । सरकारको लापर्बाहीका कारण उत्तरी नाकामा भन्सार पास नहुँदा दशैँका लागि आएका सामानहरू दशौँ दिनसम्म रोकिन पुगेका छन् । दशौँ दिनसम्म नाकामा सामान रोकिँदा दशैँको व्यापारलाई असर गरेको व्यापारीले गुनासो गरेका छन् ।

‘नाकामा सामान रोकिँदा दशैँको व्यापार चौपट भयो’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले भने ।
अहिले दशैँका लागि बजारमा सामान नै नभएकाले व्यवसायीहरूले पुराना तथा नेपाली सामान मात्रै बेचिरहेको उनले बताए । दशैँमा सबैभन्दा बढी कारोबार हुने भए पनि सामान रोकिँदा व्यवसायीहरू मारामा परेको व्यवसायीको गुनासो छ ।

‘व्यवसायीले घरखेत धरौटीमा राखेर सामान हालेका हुन्छन्, समयमा सामान नआउँदा व्यवसायीहरूको उठीबास लागेको छ’, अध्यक्ष कटवालले भने ।

सरकारले हरेक वर्षका चाडबाडमा यस्तो लापर्बाही गर्दै आएको छ । सामान आउन ढिला भएपछि नेपाली व्यवसायीहरूले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको अध्यक्ष कटवाल बताउँछन् । भन्सारका कर्मचारीहरू सरुवा भएको तथा कोरोना पोजेटिभ भएका कारण मात्रै होइन कि नाकामा पहिलेदेखि नै समस्या आएका कारण पनि हरेक वर्षजसो सामान आयातमा समस्या हुँदै आएको छ ।

तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ ।

चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन्। दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन । सीमा भन्सारका उच्च पदाधिकारबीच हुँदै आएको बैठक दुई वर्षदेखि बसेको छैन ।

चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन । यसको प्रभाव व्यापारिक कारोबारमा सबैभन्दा धेरै परेको छ ।

उक्त ढुवानी सेवा सुचारु गर्न चीनको गोन्जाउस्थित महावाणिज्य दूतावास र बेजिङस्थित राजदूतावासमा आवश्यक समन्वय भइरहेको एनआरएनए चीनका महासचिव यादव अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दसैँका लागि झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिए
  • २०७८ आश्विन ८, शुक्रबार १५:११
  • In "आर्थिक"
  • चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन
  • २०७८ आश्विन ८, शुक्रबार १५:११
  • In "देश"
  • चिनको नाकाबन्दीले पीडित नेपाली ब्यापारी सिमानामा थन्कियो कन्टेनर
  • २०७८ आश्विन ८, शुक्रबार १५:११
  • In "आर्थिक"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

इस्लामिक संघको प्रमुख वक्ता नै बलात्कारी !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप

भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version