• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हामीले व्‍यवस्था फेर्‍यौ तर नागरिकको अवस्था फेरेनौं : सीपी मैनाली


हामीले व्‍यवस्था फेर्‍यौ तर नागरिकको अवस्था फेरेनौं : सीपी मैनाली

काठमाडौं। नेपाल कम्‍युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले नेपालमा प्रतातन्त्र आएसँगै पटक-पटक व्‍यवस्थाहरु फेरे पनि नागरिकको अवस्था भने फेर्न नसकेकोमा चिन्ता व्‍यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४औ महाधिवेशनमा शुभकामना मन्त्वय दिँदै उनदले भने, ‘ हामीले नेपालमा प्रतातन्त्र त ल्‍यायौं। व्‍यवस्थाहरु फेर्‍यौ। तर हामीले नागरिको अवस्था भुल्यौ। उनीहरुको जीवनको अवस्था फेर्न सकेनौं । खाली परिवर्तनको नाममा अवाञ्छित बाह्‍य प्रभाव र हस्तक्षेपहरु आएँ ।’

उनले नेपालको परिवर्तनसँगै बाह्य अवाञ्छित हस्तक्षेप र प्रभाव यथावत रहेको दावी गरे ।  ‘मानिसहरुले भनिरहेका छन्। धेरै व्‍यवस्थाहरु बदलियौ। तर नागरिकको अवस्था बदल्‍न सकेका छैनौ।’ उनले आफू पनि यसमा सहमत हुँदै प्रश्‍न गरे, ‘म पनि यसमा सहमत छु, किन होला ? हामीले प्रजातन्त्र ल्‍याए पनि बाह्‍य हस्तक्षेप र प्रभाव यथावत छ । यसलाई हामी भुलेका छौं र आफ्नो व्‍याख्यानहरुमा यसलाई महत्व दिएका छैनौं। ‘

उनले नेपाली कांग्रेसको नारामै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भए पनि राष्ट्रियता र स्वतन्त्रताप्रति ध्यान किन नगएको प्रति प्रश्‍न गरे ।

यस्तै उनले दुनियाँ हामीसँग धेरैटाढा भए पनि अहिले नजिक हुँदै आएको र उनीहरुको शीतयुद्धले नेपाललाई प्रत्‍यक्ष प्रभाव पारिरहेको बताए । उनले भने, ‘ हामीलाई उत्तर र दक्षिण ध्रुवको शीत युद्धको प्रत्‍यक्ष असर पार्छ/पारिरहेको छ। यसमा असंलग्‍न, तटस्थ, पञ्चशील अपनाएर बस्नु पर्ने हुन्छ। ‘

उनले नेपालले केही रुपैयाँमा आफ्नो तटस्था गुमाए ठूलो नोक्सानी भोग्‍नु पर्ने बताए । उनले भने, ‘नेपालले सहयोग लिनुपर्छ तर केही अर्ब रुपैयाँमा बिक्‍नु हुँदैन। हामीले आफ्नो स्वाभिसमान जोगाउनुपर्छ।’

उनले संसदीय व्‍यवस्थालाई पटक पटक सुधारेर ल्‍याए पनि देश भने अध्‍यादेश ल्याएर चलाउनु परेको बताए । उनले भने, ‘ हामीले पटक पटक संसदीय व्‍यवस्थाहरु सुधारेर ल्यायौ। २००७, २०४६, ६२/६२। तर हामीले देश भने अध्‍यादेश ल्याएर चलाउनु परेको छ। संसदले कानुन बनाउँदैन।’

उनले पहिल्यैदेखि भागबण्डा गरेर पार्टीहरुले मुलुकु चलाउँदै आएकाले अहिले पनि भागबण्डामै मुलुक चलिरहेको बताए । उनले न्यायपालिकाको प्रसँग उठाउँदै भने, ‘ हिजैदेखि विभिन्न पार्टीले भागबण्डा गरेर सरकार चलाइरहेको थियो। तर आज न्यायपालिकासँग पनि भागबण्डा गरेर मुलुक चलिरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पुरानो वस्तीका जेष्ठ नागरिकको गुनासो : भोट त दियौं, जितेपछि फर्केर आउँदैनन्
  • २०७८ मंसिर २४, शुक्रबार १७:२६
  • In "BannerNews"
  • प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”
  • २०७८ मंसिर २४, शुक्रबार १७:२६
  • In "देश"
  • चिन सङ दोस्तीले नेपाललाई घाटा मात्र , चिनियाँ स्वार्थमा कम्युनिस्ट नेता
  • २०७८ मंसिर २४, शुक्रबार १७:२६
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु

धर्म निरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version