निषेधाज्ञाको  समयमा सुरु भयो रातो मछिन्द्रनाथको रथयात्रा

114

कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण रोकिएको ललितपुरको प्रशिद्ध रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । बिहीबार दिउँसो स्‍थानीय वासिन्दाले पुल्चोकबाट मंगलबजारतर्फ तानेका हुन् ।

लकडाउन र निषेधाज्ञाको  समयमा जात्रामा भिड हुने भन्दै स्थानीय प्रशासनले अनुमति नदिँदा जात्रा रोकिँदै आएको थियो । तर स्थानीय वासिन्‍दा गुठियारहरुले धेरै ढिलो भएको भन्दै रथ तानेका हुन् ।