No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ


बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

बलेवा : यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो वर्ष समयमै मुस्ताङको स्याउ बजारमा आउन पाएन् ।

ढिलै भए पनि एक महिना खर्चेर सडक मर्मतको काम भएको छ । अहिले सामान्य साना सवारी बेनी–जोमसोम सडकमा चलिरहेका छन् । तर स्याउ सहज हिसाबले बजार आउने अवस्था भने अझै बनेको छैन । भदौको पहिलो सातादेखि नै बजारमा आउनुपर्ने मुस्ताङको स्याउ यतिबेला मुस्किलले पोखरा झरेको छ ।

स्थानीय बजारमा पहिले आउने मुस्ताङको स्याउ अहिले भने पहिले नै पोखरा पुगेको बागलुङका एक व्यवसायीले बताए । चार्टर गरेका जहाजले बोकेर पोखरा पु¥याइएको स्याउको बागलुङ, पर्वत, म्याग्दीका बजारमा माग छ । “अब मुस्ताङको स्याउ ल्याउँदा पनि घट्दैन, पोखराबाटै भए पनि मगाएँ”, बागलुङका व्यवसायी मधु क्षेत्रीले भन्नुभयो, “यो वर्ष सोचेको जस्तो मुस्ताङको स्याउ बजारमा ल्याउन सकिएन् ।” उहाँले फलफूलको थोक बिक्री गर्दै आउनुभएको छ । बजारमा चाडपर्वका बेला मुस्ताङको स्याउको माग बढी हुन्छ । कामको सिलसिलामा बागलुङ, पर्वत म्याग्दीका साथै यस आसपासका जिल्लाका मुकाममा बस्नेले दशैँ तिहार जस्ता पर्वहरुमा मुस्ताङको स्याउ कोशेलीका रुपमा घर पु¥याउने गरेका छन् । उनीहरुको यो प्रचलनले त्यस क्षेत्रबाट घरगाउँमा पुगेका मानिसलाई नै परिवार तथा गाउँलेले ‘खोइ स्याउ ल्याएको छैन ?’ भनेर सोध्ने नै गरेका छन् ।

“कोशेली लैजान स्याउ खोज्न आउनेहरुले राजस्थानको स्याउ लाँदैनन्, मुस्ताङको स्याउ बजार आएकै छैन्”, पर्वको कुश्मामा फलफूलको व्यवसाय गर्ने हिमादेवी शर्मा भन्नुहुन्छ, “त्यतातिरबाट यतिखेरसम्म स्याउ र आलु झथ्र्यो र बेचिन्थ्यो तर अहिले आएको छैन ।”

गत असार १९ गते भिषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै साढे एक महिनापछि मात्र सञ्चालन भएको छ । असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि अर्को विपद्को सामना गरेको मुस्ताङले अहिले सुखको सास फेर्न थालेको भए पनि स्थानीय उत्पादनको बजारीकरणमा भने मार खेपेको छ ।

बाढीपहिरोले सडक र कोरोना कहरका कारण हवाइ सेवा बन्द हुँदा यो वर्षको आलु र स्याउको बजारीकरणमा किसान मारमा परेको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । “किसानका बारीमा फलेको आलु भण्डारणमै रह्यो, स्याउ पनि समयमा बजार पु¥याउन सकिएन्”, थकालीले भन्नुभयो, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उहाँले बताउनुभयो ।

“भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो र कोरोनाले सहज हिसाबले बिक्री गर्ने वातावरण बनेन”, थकालीले भन्नुभयो, “यो वर्ष आलु रोकियो स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।”

मुस्ताङको स्याउ चाडपर्वका बेला बजारमा बढी बिक्री हुने गर्दछ । दशैँ तिहारजस्ता पर्व सकिए भने यहाँको स्याउको माग बजारमा ह्वात्तै घट्ने व्यवसायीहरु बताउँछन् । त्यसैले यहाँको स्याउ बजारमा समयमा नै पु¥याउन सकेमात्रै राम्रो मूल्यमा बिक्री हुन्छ ।

हरेक वर्ष यहाँका किसानले कम्तीमा पनि पाँच हजार ५०० मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुन्छ । नेपालमा वर्षमा झण्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोवार हुने गरेको तथ्याङ्क पाइन्छ । विशेषगरी भारत र चीनबाट आउने स्याउको प्रतिस्थापनका लागि पनि मुस्ताङको स्याउ गतिलो उपाय हो ।

यातायातको सहज पहुँच नहुनु, बजारसम्म किसानको सिधा पहुँच नहुनु र मुस्ताङबाट ढुवानीभन्दा विदेशबाट स्याउ भित्र्याउँदा सस्तो पर्ने भएकाले विदेशी स्याउले प्रश्रय पाउने गरेको यहाँका किसान चन्द्र थकालीको गुनासो छ ।

आलु, फापर, गाजर, जौलगायका कृषिबाली उब्जाउने यहाँका किसानले स्याउको बगानलाई पनि उत्तिकै महत्व दिने गरेका छन् । अहिले नयाँ लगाइएको ७०० हेक्टर जमिनमा फसल आउन शुरु गर्दा नेपालको बजारमा मुस्ताङको स्याउको उपस्थिति थप बलियो हुन्छ ।

किसानले बगैँचा बढाउँदै लगेकाले पनि मुस्ताङको स्याउले विदेशी स्याउको प्रतिस्थापनमा केही हदसम्म काम गर्ने विश्वास स्थानीय बजारको रहिआएको छ । बजारको समस्या नभए पनि किसानदेखि उपभोक्तासम्मको दूरीको दरारले यहाँका किसानले उत्पादन गर्ने स्याउलाई बजारीकरणमा समस्या छ ।

मुस्ताङको स्याउ काठमाडाँै, पोखरा, वीरगञ्ज, भैरहवाजस्ता ठूला सहर र स्थानीय बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । मौसममा यहाँको स्याउको मूल्य अन्यत्रको स्याउभन्दा प्रति किलोमा करिब २० देखि ५० रुपैयाँ बढीमा बिक्री हुने गर्दछ ।

“हरेक वर्ष व्यापारी किसानको बारीमै आएर स्याउ उठाउँथे अहिले त्यो अवस्था छैन”, स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल भन्नुहुन्छ, “कोरोनाको कहरका कारण मुस्ताङ प्रवेशमा कडाइ गरिएको छ ।” जिल्ला सङ्कट व्यवस्थापन समितिले जोकोही मुस्ताङ प्रवेश गर्दा अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी निर्णय गरेको छ । स्याउको खरिदका लागि त्यहाँ पुग्नेलेसमेत एकान्तमा बसेर काम लगाउन पाउने तर बारीमा पुग्न नपाउने व्यवस्था छ । यसरी यो वर्ष मुस्ताङका किसानले लगाएको स्याउले सहज बजार नपाउनमा कोरोना कहर अर्को बाधक बन्यो ।

मुस्ताङमा स्याउको इतिहास    

मुस्ताङमा स्याउ फल्न थालेको ५० वर्ष भयो । यहाँ पहिलोपटक १० वटा बिरुवा रोपेको ५४ वर्ष पुग्यो । परीक्षणका लागि रोपिएका बिरुवाले फल दिन थालेपछि शुरु भएको हो मुस्ताङमा स्याउको व्यावसायिक खेती । अन्न उब्जने जमिनमा पतझर बिरुवा नलगाउने भनेर उफ्रिएका मुस्ताङका नागरिकले लटरम्म फलेका १० बिरुवा देखेर आफ्नो बारी सजाउने सपना देखेका थिए ।
तिनै किसानको सपना पूरा हुँदा मुस्ताङले परिचय फेरेको छ । मुस्ताङमा प्रायः पानी पर्दैन । चर्को घाम लाग्ने, तर पानी नपर्ने भएकाले यहाँको स्याउमा स्वाद र रङ्ग भरिन्छ । यहाँको स्याउको विशेषता भनेकै स्वाद र रङ्ग हो । रसिलो, गुलियो र हेर्दा रातो देखिने स्याउले नेपाली मात्रै होइन, विदेशीलाई आकर्षित गर्छ । चिसो हावापानी, हिउँदमा हिउँ र वर्षात्को समयमा चर्को घामले स्याउको फल विकासमा सघाउने स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल बताउनुहुन्छ ।

मुस्ताङको एक हजार २०० हेक्टर जमिनमा अहिले स्याउका बिरुवा छन् । पाँच सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले फसल लिने गरेका छन् । बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको छ । स्याउका बिरुवा उत्पादनसमेत मुस्ताङमा हुन्छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पु¥याएको इतिहास छ । भारतमा कृषि विज्ञान पढ्न गएका बेला उत्तरका भू–भागहरूमा फलेको स्याउ देखेर मुस्ताङमा स्याउखेतीको परिकल्पना गर्नुभएका शेरचनलाई दरिलो साथ दिने काम त्यहाँका तत्कालीन मुखिया इन्द्रमान शेरचनले गर्नुभयो ।

सोही सालमा नै उनै इन्द्रमानको जमिनमा मुस्ताङमा पहिलोपटक १० वटा स्याउका बिरुवा रोपिएको थियो । कृषि विज्ञान पढेर आएका बुद्धिरत्नले २०२३ सालमा मुस्ताङकै मार्फामा बागवानी केन्द्र स्थापना गर्नुभयोे । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट शुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।

पहिले मुस्ताङको मुहार फेर्न स्याउखेती गरौँभन्दा अटेरी गर्नेहरू अहिले स्याउबाट आम्दानी मात्रै गरिरहेका छैनन् स्याउ फल्ने गाउँका भनेर आफूलाई चिनाउँछन् । मुस्ताङको स्याउले बुद्धिरत्नको नाम नै ‘स्याउबाजे’ बनायो । हिउँले छोपिने उजाड मुस्ताङ रसिला स्याउको बगानले भरियो । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रचलित गाउँ हो । हिमाली जिल्ला म्याग्दीको सीमाभन्दा केहीपर कोबाङदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म स्याउ फल्छ । स्याउ जोन कार्यक्रमले परीक्षणका रूपमा लोमान्थाङमा पछिल्लोपटक स्याउका बिरुवा लगाएको छ । सबैभन्दा धेरै र राम्रो स्याउ फल्ने क्षेत्र मार्फा हो । मार्फाकै नाममा मुस्ताङको स्याउको बजारीकरणसमेत हुने गरेको छ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे

थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे

सीसीएमसी बैठक

सीसीएमसी बैठक

निषेधाज्ञाको  समयमा सुरु भयो रातो मछिन्द्रनाथको रथयात्रा

जातिय द्वन्द त मचिदै छैन?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .