No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

डाक्टरको सुझाव- श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न शरीर न्यानो बनाइराखौं

डाक्टरको सुझाव- श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न शरीर न्यानो बनाइराखौं

काठमाडौं । चिसो मौसममा फोक्सो सम्बन्धी समस्या भएकाहरुलाई निक्कै जोखिम हुन्छ । अझ बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाडोयाममा अझ बढी सुरक्षित राख्नुपर्छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुको हकमा त चिसो मौसम झनै जोखिमपूर्ण हुन्छ ।

जाडो मौसममा हुने विभिन्न स्वास्थ्य समस्याबाट बच्न के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमसँग गरेको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई थप जोखिम किन हुन्छ ?

जाडोको मौसममा बच्चा र बुढापाकालाई गाह्रो हुन्छ । विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएकोहरुलाई झन् गाह्रो हुन्छ । वायुमण्डलमा प्रदूषण अत्याधिक बढी हुन्छ । कुइरो लाग्ने हुँदा पर्याप्त घाम लागेको हुँदैन । मौसम ओसिलो भएको हुन्छ ।

त्यसले हाम्रो शरीरमा अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने प्रक्रियामा सुस्तपन ल्याउँछ । जसले गर्दा श्वासनली पनि खुम्चिन पुग्छ र अक्सिन नपुगेपछि गाह्रो हुन्छ । त्यसैले श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुका लागि जाडोयाम अलि जोखिमपूर्ण हुन्छ । नभएकाहरुमा पनि यो बेला श्वासप्रश्वास सम्बन्धी सर्ने तथा नसर्ने रोगहरु लाग्न सक्ने सम्भावना हुन्छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम

चिसो मौसममा बढी लाग्न सक्ने श्वासप्रश्वास सम्बन्धी रोग कुन-कुन हुन् ?

चिसोको कारणले दम, ब्रोङकाइटिस, निमोनिया लगायत सर्ने नसर्ने रोगहरुको उत्पत्ति हुन्छ । अक्सिजनको मात्रा कम हुने, कार्बनडाइअक्साइडको मात्रा थेग्न नसक्ने परिस्थतिमा फोक्सो सम्बन्धी रोग धेरै हुनसक्छ ।

यी समस्याबाट बच्न के गर्न सकिन्छ ?

मौसम परिवर्तन हुने समयमा हामी सजग र सतर्क हुनुपर्छ । जाडोयाममा आफ्नो शरीरलाई न्यानो बनाइराख्नुपर्छ । धुवाँधुलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, कोठा सफा राख्ने, धुलोबाट समस्या भएको हो भने कोठा सफा गर्दा पनि मास्क प्रयोग गर्न छाड्नुहुँदैन ।

न्यानो कपडा लगाउने, बस्ने स्थानलाई न्यानो बनाउने, सकेसम्म घाममा हिँड्ने, बिहान बेलुका गर्नुपर्ने काम सकेसम्म दिउँसो गर्ने, नुहाउँदा पनि तातोपानी प्रयोग गर्नुपर्छ । खानेकुरा पोषणयुक्त, तातो र झोलिलो खानुपर्छ । यी उपायहरु अपनाइयो भने आफूलाई सुरक्षित राख्न सकिन्छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुले डाक्टरको सुझाव अनुसार नियमति जाँच गर्ने र औषधि खाने गर्नुपर्छ ।

ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी श्वासप्रश्वास सम्बन्धी जोखिम बढी हुनुको कारण के छ ?

नेपालको हकमा भन्ने हो भने शहरी क्षेत्रमा धेरै किसिमले वायुमण्डलमा प्रदूषण भएको हुन्छ । विभिन्न खालको उद्योग, कलकारखानाको प्रदूषण, यातायातको प्रदूषण, भवन निर्माण प्रदूषण, धुँवाधुलोको प्रदूषणका कारण वायुमण्डल प्रदूषित भएको हुन्छ । यिनै वायुप्रदूषण हुने तत्वहरु ग्रामीण क्षेत्रमा नहुने भएकाले ग्रामीण क्षेत्रमा जोखिम कम हुन्छ ।

विकसित राष्ट्रमा यस्तो जोखिम कम हुन्छ । किनभने त्यहाँ व्यवस्थित शहरीकरण भएको हुन्छ । मानववस्ती भन्दा धेरै टाढा कलकारखानाहरु राखिएको हुन्छ । त्यहाँको सडक पनि सफा हुन्छ ।

अरु के के कारणले हुनसक्छ श्वासप्रश्वास सम्बन्धी समस्या ?

मुख्य वायु प्रदूषण, लामो समयसम्म छातीको रोगका कारण, धुँवा, धुलो, चिसो, फोहोरमैलाका कारण, हावा नछिर्ने कोठामा लामो समयसम्म बसिरहँदा श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ । खानेकुरा र लत्ताकपडाको धुलोबाट पनि एलर्जी हुन्छ । एलर्जी बढ्दै जाँदा श्वासप्रश्वास सम्बन्धी समस्या हुनसक्छ ।

श्वासप्रश्वास सम्बन्धी रोग पनि वंशाणुगत हुन्छ ?

दम सम्बन्धी समस्या वंशाणुगत हुनसक्छ । त्यसबाहेक श्वासप्रश्वास सम्बन्धी समस्या वंशाणुगत हुँदैन । जस्तो ब्रोङकाइटिस, निमोनिया, टन्सिल जस्ता समस्या त नितान्त चिसोको कारण हुने समस्या हुन् ।

चिसो स्थानमा बसोबास गर्नेहरुले कस्तो उपाय अपनाउन सक्छन् ?

त्यहाँ पनि अपनाउनुपर्ने उपाय त यिनै हुन् । किनभने त्यस्ता स्थानमा बसोबास गर्नेहरु त्यही मौसम भिजेका हुन्छन् । सकेसम्म न्यानो भएर बस्ने, धुँवाबाट जोगिने गर्नुपर्छ । के कारणले समस्या भएको हो, ती कुराहरुबाट टाढा बस्नुपर्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या पूर्ण रुपमा निको पार्न सकिन्न ?

समस्याको पहिचान समयमै भयो भने अवश्य हुन्छ । समयमा सल्लाह, उपचार गरियो भने निर्मूल पार्न सकिन्छ । तर, डाक्टरको सल्लाह, सुझाव सम्बन्धित व्यक्तिले इमान्दार भएर पालना गर्नुपर्छ । के कारण समस्या भएको हो, त्यही अनुसार डाक्टरले सुझाव, सल्लाह दिएको हुन्छ ।

तर चुरोट नपिउनु भनिन्छ, साह्रै तलतल लाग्यो एक पटक मात्रै तान्छु भनेर तानिरहेको हुन्छ । हामीले समस्या पहिचान गरेपछि सावधान रहनु भनिएका कुराबाट सावधान रहे मात्रै आधा समस्या समाधान भएको हुन्छ । त्यसमा थप औषधि उपचारको पनि भूमिका हुन्छ । यसरी गर्ने हो भने कुनै पनि खालको श्वासप्रश्वास सम्बन्धी रोग निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post
विवाहपञ्चमीको पाचौं दिन आज रामसीताको मटकोर मनाइँदै, भोलि विवाह

विवाहपञ्चमीको पाचौं दिन आज रामसीताको मटकोर मनाइँदै, भोलि विवाह

प्रदेश २ मा अन्योल, कर्णालीमा निधिको पनि उम्मेदवार

प्रदेश २ मा अन्योल, कर्णालीमा निधिको पनि उम्मेदवार

सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं : पौडेल

सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं : पौडेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...