No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बैठक एक, चासो अनेक : मुख्य एजेन्डा ओझेलमा पर्ने सम्भावना


बैठक एक, चासो अनेक : मुख्य एजेन्डा ओझेलमा पर्ने सम्भावना

काठमाडौँ  : विवाद समाधान कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बिहीबार बोलाइएको नेकपा सचिवालय बैठकमा मुख्य एजेन्डा ओझेलमा पर्ने सम्भावना देखिएको नेताहरुले बताएका छन् । कार्यदल प्रतिवेदनप्रतिका असन्तुष्टिबाहेक यसबीचमा शीर्ष नेताकै अरु चासो थपिएपछि मुख्य एजेन्डा ओझेलमा पर्ने सम्भावना देखिएको हो ।

दुई अध्यक्षले भदौ ९ मा छलफल गरेर भदौ १३ का लागि वैठक बोलाए पनि पछि स्थगित गरेर १८ (बिहीबार) सम्म सारेका थिए ।

३० साउनमा गठन भएको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले ६ भदौमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा दुई अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद् हेरफेरलगायतका संगठनात्मक काम गरेर विवाद सुल्झाउन प्रस्ताव गरिएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबारको सचिवालय बैठकको मुख्य एजेन्डा कार्यदल प्रतिवेदनमाथि छलफल हो । तर, वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो केही मुद्दाहरु पनि बैठकमा छलफलमा आउनसक्ने बताए । बैठककै तयारी स्वरुप शीर्ष नेताले आ–आफ्नो समूहका नेतासँगसमेत परामर्श गरेका छन् ।

तर, बैठकको पूर्वसन्ध्यामा शीर्ष नेताहरुको चासो र असन्तुष्टिले मुख्य एजेन्डा नै ओझेलमा पार्न सक्ने सचिवालयका एक नेता बताउँछन् । अचम्म कस्तो छ भने सचिवालयका नौ जना सबै सदस्यका कार्यदल प्रतिवेदनबाहेक अलग–अलग आआफ्ना चासो छन् ।

प्रधानमन्त्री ओली कार्यदल प्रतिवेदनलाई भन्दा अहिले अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरतार दिने विषय सचिवालयबाट पारित गराउने पक्षमा छन् । सम्भवत सचिवालय बैठकमा उनले यो विषय प्रवेश गराउनेछन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुनमा सपथ लिएका थिए ।

संसद् सदस्य नरहेका अर्थमन्त्री खतिवडाको म्याद भदौ २१ गते सकिँदै छ । उनलाई नै मन्त्रीमा निरन्तरता दिने हो भने सरकारले २० गतेअघि नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्नुपर्ने छ । यसैले कार्यदल प्रतिवेदनभन्दा बैठकमा प्रधानमन्त्री ओलीको पहिलो चासो खतिवडालाई निरन्तरता दिनेमा छ ।

अर्का अध्यक्ष दाहाल कार्यदल गठनपछि प्रधानमन्त्री ओलीले चालेका कमदप्रति असन्तुष्ट छन् । दाहाल अर्थमन्त्रीमा खतिवडाको निरन्तरताको पक्षमा छैनन् । प्रधानमन्त्री ओलीले भदौ १२ मा भएको भेटमा अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिने विषयमा दाहालसँग प्रस्ताव गरेका थिए । यसबाहेक कार्यदल गठनपछि सरकारले गरेका श्रृंखलाबद्ध नियुक्तिमा दाहालको असन्तुष्टि छ ।

कार्यदल प्रतिवेदनले मापदण्ड सिफारिस गरेकै बेला सरकारले एकपछि अर्को नियुक्ति गरेकोप्रति दाहालको असन्तुष्टि हो । यसैस्वरुप दाहाले सामाजिक संजालमार्फत ‘बिचार र विधि’ को मुद्दा उठाएका हुन् । दाहाल निकट स्रोतका अनुसार बैठकमा उनले यो मुद्दा उठाउने छन् ।

बरिष्ठ नेता खनाल कार्यदल गठनमै ओली र दाहालबीचको सहमतिमा आफूहरुलाई पन्छाएकोमा असन्तुष्ट छन् । साउन ३० मा दुई अध्यक्षको सहमतिमा कार्यदल गठन भएपछि बरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कमिटीलाई छलेर कार्यदल गठन गरेको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि भदौ १ मा बसेको सचिवालय बैठकले छलफलका लागि प्रतिवदेन सचिवालयमा ल्याउने सहमतिमा कार्यदललाई अनुमोदन गरेको थियो । खनालका अनुसार पछिल्ला नियुक्तिलगायतका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ ।

अर्का बरिष्ठ नेता नेपाल कार्यदल प्रतिवेदनले दुई अध्यक्षको भूमिका किटान गरेपछि आफ्नो भूमिका सुनिश्चत नगरेको र एक व्यक्ति एक पदबारे मूर्त प्रस्ताव नगरेकोमा असन्तुष्ट छन् । प्रतिवेदनमाथि असन्तुष्टि रहेको समाचार प्रकाशमा आएपछि नेता नेपालले आफ्नो धारणा बैठकमै राख्ने भन्दै सचिवालयमार्फत विज्ञप्ति निकालेका थिए ।

प्रतिवेदनमा कार्यकारी अध्यक्षको भूमिका, सचिवालयको भूमिका, महासचिवको अधिकार, एमसीसी, एक व्यक्ति एक पद र अन्तर्विरोधको मूल्याङ्कका विषयमा प्रतिवेदनले ठोस प्रस्ताव ल्याउन नसकेको असन्तुष्ट नेताहरुको बुझाई छ । मूलत वरिष्ठ नेता नेपाल र उनी निकट नेताले कार्यदल प्रतिवेदनले ल्याएको प्रस्तावमा असन्तुष्टि र आंशका पोखेका छन् । निकट नेताहरुले बताएअनुसार नेपालले यी विषय बठकमा उठाउने तयारी गरेका छन् ।

उपाध्यक्ष वामदेव गौतमले त आफू राष्ट्रियसभा सदस्य हुने र सरकारमा सहभागी हुने प्रस्ताव आफैं गरेका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई जानकारी दिएको उपाध्यक्ष गौतमले बैठकमा आफ्नो चासो राख्ने तयारी गरेका छन् ।

यसअघि गत फागुन १० मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यही निर्णय कार्यान्वयन हुनुपर्ने गौतमको माग छ । यद्यपि वैशाख १७ मा बसेको सचिवालय बैठकमा अचानक कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको यस्तो प्रस्तावले गौतम ओलीले राजीनामा दिन नपर्ने पक्षमा देखिएका थिए ।

त्यसपछि वैशाख २० मा फेरि सचिवालय बैठकमा गौतमले आफू राष्ट्रियसभामा नजाने बताएका थिए । गौतम आफैं नजाने बताएपछि उक्त बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदनका केही मुद्दाप्रति असन्तुष्ट सचिवालय सदस्य एवं पार्टी प्रवक्ता श्रेष्ठ मन्त्रिपरिषद् व्यापक हेरफेरको पक्षमा छन् । यसैअनुसार बैठकमा आफ्नो मत राख्ने प्रवक्ता श्रेष्ठको तयारी छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा मन्त्रिपरिषद्को सामान्य हेरफेरको पक्षमा छन् । आफ्नो मन्त्रालय नगुम्ने गरी अहिले मन्त्रिपरिषद हेरेफेरका लागि पोखरेल र थापाले प्रधानमन्त्री ओलीसँग परामर्श गरेका छन् । निकट एक नेताले बताएअनुसार प्रधानमन्त्री ओली पनि पोखरेल र थापालाई निरन्तरता दिने पक्षमा छन् । पोखरेल र थापाले यसैअनुसार प्रस्तुति रहने सम्भावना छ ।

स्रोतका अनुसार अरु मुद्दामा प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा खतिवडाको भने विपक्षमा छन् । सके आफै, नभए अन्य कोही नेतालाई अर्थमन्त्रीमा पठाउनुपर्ने उनको भनाइ छ । kantipur

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

Next Post
प्रदेश २ : अनुदानको मलमा कालोबजारी, चर्काे मुल्यमा खरिद गर्न किसान बाध्य

प्रदेश २ : अनुदानको मलमा कालोबजारी, चर्काे मुल्यमा खरिद गर्न किसान बाध्य

जनकपुरका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुको घुइँचो

जनकपुरका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुको घुइँचो

#युरोपियन युनियनका

भारतीय प्रधानमन्त्री मोदीको ट्विटर एकाउण्ट ह्याक

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: