No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै

चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै

पोखरा : फेवातालमा विगत १२ वर्षदेखि डुङ्गा चलाएर आफनो जीविकोपार्जन गर्दैआउनुभएकाे लक्ष्मी नेपालीले डुङ्गा चलाउन नपाएको करिब छ महिना पुग्यो । कोरोनाका कारण आफनो व्यवसाय नै ठप्प भएपछि घर भाडा तिर्ने पैसा नहुँदा हाल उहाँ समस्यामा पर्नुभएको छ ।

‘अब त भाडा तिर्नुपर्यो नि । बन्द कहिलेसम्म हो, कति पर्खनु ?’ घरबेटीले भनेको सुनाउँदै नेपाली भन्नुहुन्छ, ‘कमाइ नभएको कति भइसक्यो भाडा कसरी तिर्नु ? एक हप्ताको म्याद दिएर भरबेटीले भाडा मागेका छन् ।’

हरेक दिन फेवताल आउँदै डुङ्गा हेर्दै फर्कर्ने गरेको सुनाउँदै केही दिन ज्यामीकाम गरे पनि अहिले त्यो पनि नभएकाे सुनाउनुभयाे ।

सिन्धुलीका बिमल तामाङ पनि डुङ्गा कहिले चलाउन पाइएला अनि सहज तरिकाले आफनो रोटीको जोहो गरौँला भनेर हरेक दिन फेवा किनारमा आउँदै टोलाएर बस्ने गरेको पाँच महिना बढी भइसक्यो । काम बन्द हुँदा खानेदेखि घरभाडा तिर्न समस्या परेको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।
‘लकडाउन चाँडै खुल्ला र आफनो काम गर्न पाइएला भनी घर पनि गइएन  । खुल्ला भन्दै बस्दै गर्दा अब त रोगले भन्दा भोकले मरिएका की जस्तो भयो । अन्य काम पाएको छैन’, तामाङले गुनासो गर्नुभयो ।

यो नेपाली र तामाङको मात्र समस्या हैन । फेवातालमा डुङ्गा चलाएर आफनो जीविकोपार्जन गर्दैआएका करिब पाँच सय डुङ्गा व्यवसायीको चुलो जलाउनेदेखि घरभाडा तिर्नेसम्मको समस्याले उनीहरूलाई सताएको छ । उनीहरूमध्ये ४० जना महिला डुङ्गा व्यवसायी रहेका छन् ।

कोभिड-१९ को कारण सबै क्षेत्र ठप्प जस्तै रहेकाले त्यसको प्रत्यक्ष असर फेवातालमा पनि परेको हो । कोरोनाअघि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक तालमा डुङ्गा शयरका लागि आउने गरेकोमा कोरोनाका कारण हाल पर्यटकको आगमन शून्य छ भने डुङ्गा मनोरञ्जनभित्र पर्ने भएकाले प्रसाशनले सञ्चालनमा समेत रोक लगाएको छ ।

पोखराका आउने अधिकांश पर्यटकले तालको बीचमा रहेको तालबराही मन्दिरको दर्शनसँगै ताल वरिपरि अवलोकनका लागि डुङ्गा चढ्ने गरेका थिए । जसका कारण व्यवसायीहरूको घरमा चुलो जलेको थियो । अहिले यो दुवै बन्द अवस्थामा रहेकाले समस्या खडा भएको हो ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले डुङ्गा व्यवसायीको समस्या सुरुमा सामान्य देखिएपनि हाल जटिल बन्दैगएको बताउनुभयो । लकडाउन सुरुसँगै सङ्गठनले उनीहरुलाई केही राहत दिएपनि बन्दाबन्दी लम्बिएका कारण समस्याको विकल्प नभेटिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नु भयो, ‘व्यवसाय खुल्ला गर्न सिडीयो कहाँ पुगेका थियौँ । डुङ्गा व्यवसायीलाई यातायातभित्र नभई मनोरञ्जनभित्र राखिँदो रहेछ । मनोरञ्जन अत्यावश्यकभित्र नपर्ने भएकोले सञ्चालनमा गर्न रोक लगाइयो ।’
उहाँले कोरोना भाइरसको महामारी बढदै गएकोले सावधानी अपनाउनु महत्त्वपूर्ण रहेको बताउँदै व्यवसायीहरूलाई डुङ्गा सञ्चालन नहुँदासम्म अन्य काम खोजेर तत्कालको समस्या टार्न पनि आग्रह गर्नुभएको छ ।gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

Next Post
इन्द्रजात्रा आइतबारबाट सुरु भएको छ ।

इन्द्रजात्रा आइतबारबाट सुरु भएको छ ।

गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु

गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु

कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .