काठमाडौं । क्रान्ति र परिवर्तनका नाममा धर्मरसंस्कृति मास्ने प्रमुख योजनाकार हुन् बाबुराम भट्टराई । कथित जनयुद्धको नाममा पण्डितहरुको हत्या गर्ने, मन्दिर तोडफोड गर्ने कामको अगुवाई गरेका बाबुरामले अहिले क्रिश्चियन धर्मको प्रवर्द्धनका लागि चर्च बनाउन मद्दत गरिरहेका छन् ।
राज्यको ढुकुटी रित्याएर पश्चिममाहरुको क्रिश्चियन धर्मको प्रवर्द्धन गर्ने र मातृभूमि सनातन धर्म संस्कृति मास्ने विगतदेखिको अभियान अहिले पनि जारी छ । विगतमा जनयुद्धका लडाकु प्रयोग गरेर मास्ने काम गरेका बाबुरामले अहिले आफ्नो पार्टीका सांसदबाट यो कार्य गरिरहेका छन् ।
जनभावना विपरीत परिवर्तनको नाममा हिन्दु राष्ट्रलाई जबरजस्ती धर्मनिरपेक्ष बनाएका बाबुरामको असली मक्सद बाहिर आउन थालेको छ । क्रिश्चियन धर्मको प्रवर्द्धनकै लागि धर्मनिरपेक्षता लादिएको पुष्टि हुन थालेको छ । यसलाई पुष्टि गर्ने अर्को घटना बाहिरिएको छ ।
बाबुरामले आफ्नो गृहजिल्ला गोरखामा हरेक वडामा चर्च बनाउन आफ्नो पार्टीका सांसदमार्फत राज्यको ढुकुटीबाट पैसा लगाएको खुलेको छ । बाबुरामको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ९क० का जसपा सांसद हरिशरण आचार्यले विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्ने क्रममा विभिन्न वडामा चर्च बनाउन पनि पैसा बाँडेका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्रदेश सांसद आचार्यले आर्थिक बर्ष २०७८र०७९ का लागि पालुङटार नगरपालिकाका दुई वटामा चर्चा बनाउन बजेट छुट्याएका छन् । पालुङटारको वडा न ६ को च्याङ्ली चर्च निर्माणका लागि ७ लाख छुट्याएका छन् ।
त्यसैगरी वडा न ९ को मदने डाँडा चर्च निर्माणका लागि ५ लाख रुपैयाँ छुट्याएका छन् । धर्म निरपेक्षताका आँडमा चर्चमा पैसा बाँडेर बाबुरामको जसपाका सांसदले समाजवादको धज्जी उडाएका छन् । राज्यको ढुकुटीको पनि दुरुपयोग गरेका छन् । बहुसंख्यक नागरिकको भावनाको अपमान गरेका छन् ।