No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’

‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’

प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय भर्खरै पदबाट मुक्त भएका छन्। उनी जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य हुन्। रायसँग सरकार तथा पार्टीभित्रका विवाद र असमझदारीबारे नेपाल एक्सनका लागि वीरेन्द्र रमणले गरेको कुराकानी:

तपाईंलाई मुख्यमन्त्रीले अचानक पदमुक्त गरिदिनुभयो नि!
म जतिवेला मन्त्री भएँ, त्यतिवेला जसपा दुइटा पार्टी थियो। लालबाबु राउत समाजवादी पार्टीबाट मुख्यमन्त्री बन्नुभयो, म तत्कालीन राजपा नेपालबाट मन्त्री बनें। पार्टी एकीकरणपछि म कार्यकारिणी समितिको सदस्य भएँ। तर, केही समयपछि नै फेरि विभाजनको अवस्था आइपुग्यो। त्यतिवेला पार्टीलाई आधिकारिकता दिलाउन मेरो महत्त्‍वपूर्ण भूमिका रह्यो। यो बीचमा जनता समाजवादी पार्टीको समायोजनको विषय उठ्यो। अहिलेसम्म अनेकौं पटक बैठक बसिसके पनि समायोजनको काम पूरा भएको छैन।

यहीबीच मुख्यमन्त्रीजीलाई काठमाडौं जानुपर्ने थियो। मलाई बोलाएर भन्नुभयो– नेकपा समाजवादीलाई सरकारमा सहभागी गराउनु छ। मैले भनें– कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसरी नै कार्यदल बनाई छलफल गरौं। तर, उहाँले उनीहरूलाई सहभागी गराउँदा केही मन्त्रीले मन्त्रालय छोड्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। १३ गते राजेन्द्र श्रेष्ठको निवासमा भएको बैठकमा चाहिं मुख्यमन्त्री समेत हटाएर नयाँलाई मौका दिने सहमति भएको थियो।

१३ असोजमा साइकल प्रकरणलाई लिएर मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको थियो। त्यसपछि मैले मुख्यमन्त्रीलाई यस विषयमा गम्भीरतासाथ सोच्न भनेको थिएँ। लगत्तै केही सञ्चार माध्यममा मलाई हटाउँदै शत्रुधन महतोलाई मन्त्री बनाउन लागिएको कुरा आयो। त्यही क्रममा मैले पत्रकारहरूलाई सबैभन्दा राम्रो विकल्प नै मुख्यमन्त्रीको राजीनामा हुने बताएँ। किनभने, उहाँमाथि भ्रष्टाचारको आरोप थियो। त्यही कारणले मलाई मुख्यमन्त्रीजीले पदमुक्त गर्नुभएको हुन सक्छ।

आफ्नो बहिर्गमनलाई कसरी लिनुभएको छ?
म मुख्यमन्त्रीको कृपाले मन्त्री बनेको होइन। पार्टीमा हामी दुवैको हैसियत समान हो, कार्यकारणी समितिको सदस्य। त्यतिवेला समाजवादी पार्टीको नेतृत्वमा सरकारमा जाने कुरा भयो। त्यही पार्टीका लालबाबुलाई मुख्यमन्त्री बनाउने निर्णय गरियो, बन्नुभयो पनि। मलाई पनि मेरै तत्कालीन पार्टीले मन्त्री बनाउने निर्णय गरेको हो। अहिले पनि जब जसपामा सङ्कट आयो, त्यो वेला लालबाबुभन्दा रामनरेशकै भूमिका बढी छ। त्यो सबैलाई थाहा छ। मुख्यमन्त्री मेरो मालिक होइन, म मुख्यमन्त्रीको दास पनि होइन।

पार्टीले नै भनेको भए चाहिं राजीनामा दिनुहुन्थ्यो त?
मेरो भनाइ नै त्यही हो। प्रजातान्त्रिक पार्टीमा कुनै एउटा व्यक्तिले निर्णय गर्दैमा हुने होइन। विगतमा पनि कांग्रेसलाई सहभागी गराउन पद्धति विकास गरिएको थियो। मैले त्यही पद्धतिको कुरा गरेको हुँ। म कार्यकारणी समितिको सदस्य भएकाले मलाई पार्टीले नै निर्देशन दिनुपर्ने होइन र? लालबाबु राउतले बुझ्‍नुपर्थ्यो कि म उहाँको घरको सदस्य होइन।

यसमा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया के छ?
अध्यक्षजीले मलाई कहिल्यै राजीनामा दिनुस् भन्नुभएको होइन। मैले मुख्यमन्त्रीले आफूलाई भनेको कुरा सुनाउँदा उहाँले कुरा गर्ने बताउनुभएको थियो। तर, पदमुक्त भएपछि मुख्यमन्त्री र अध्यक्षजीसँग मेरो कुराकानी भएको छैन। म संसदीय दल र कार्यकारिणी समितिको बैठकमा कुरा उठाउँछु– मलाई हटाउनु पूर्व सोध्नुपर्ने होइन र? मेरो कामबाट चित्त नबुझेको भए सोध्नुपर्थ्यो नि भनेर।

लालबाबु राउतमाथि साइकल खरीदमा अनियमितताको आरोप लागेकोबारे पनि पार्टीले सोच्नुपर्छ। पहिलो चरणको छानबिनमा त्यो प्रमाणित भएको अख्तियारले समेत बताइसकेको छ। प्रतिनिधि सभा, स्थानीय तहको चुनाव आउनेवाला छ, यस्तोमा लालबाबुको अनुहार लिएर चुनावमा जान सकिने अवस्था छैन।

मुख्यमन्त्री भइसकेको व्यक्तिको छवि चुनावमा झन् उपयोग गर्नुपर्ने होइन र ?
मुख्यमन्त्रीकै कार्यालयमा अनियमितता भएको छ। नैतिकता भए उहाँले राजीनामा दिनुपर्छ। मुख्यमन्त्री कार्यालयको ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा समेत अनियमितता भएको अख्तियारले भनिसकेको छ। यो प्रमाणित कुरा हो। त्यसकारण पार्टीको छवि जोगाउन समेत उहाँले आफ्नो नैतिकता देखाउनुपर्ने हो।

मुख्यमन्त्री कार्यालयमा अनियमितताका कामबाट कमिशन उठाउने संयन्त्र नै रहेको चर्चा पनि सुनिन्छ नि?
मेरो अगाडि त लेनदेनको कुरा भएको छैन। अख्तियारले पहिलो चरणमा गरेको छानबिनबाट पुष्टि भएको हो, दोस्रो चरणको छानबिन बाँकी छ। भ्रष्टाचार भएको हो/होइन, आफैं बाहिर आइहाल्छ। तर, आरोप लागिसकेकाले मुख्यमन्त्रीले नैतिकता देखाउँदै राजीनामा दिइहाल्नुपर्छ। पार्टीको भविष्यका लागि पनि यो उत्तम विकल्प हो। मलाई उहाँको कृपा चाहिने होइन। क्षमता भए फेरि मन्त्री भइहाल्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
महाकालीमा ‘बेपत्ता’ न्याय

महाकालीमा ‘बेपत्ता’ न्याय

धनुषामा नयाँ राहदानी बनाउने प्रक्रिया बन्द

धनुषामा नयाँ राहदानी बनाउने प्रक्रिया बन्द

कार्तिक पूर्णिमामा जानकी मन्दिरमा हजारौँको संख्यामा जुटे श्रद्धालुभक्तजन

कार्तिक पूर्णिमामा जानकी मन्दिरमा हजारौँको संख्यामा जुटे श्रद्धालुभक्तजन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .