• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’


महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरे ।

नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामा दिन गत आइतबार नै निर्देशन दिएका थिए । तर, उनी भने मानेनन् ।

राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले मंगलबार उनलाई बर्खास्त नै गरिदिएका हुन् । उनी प्रदेश सरकार स्थापनाको समयमै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका थिए ।

जसपामा विवादका बेला उनी महन्त ठाकुर पक्षको कित्ता फेरेर मन्त्री पद जोगाएका थिए । तर, अहिले आएर किन र प्रमुख सत्तारुढ दलकै नेता भएपनि कसरी उनलाई पदमुक्त गरियो भन्ने बहस राजनीतिक वृत्तमा भइराखेको छ ।

श्रोतका अनुसार, उनलाई अहिलेको संघ सरकारमा कृषि तथा पशुपंक्षी मन्त्री रहेका महेन्द्रकै सहमतिमा बर्खास्त गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गर्दा जसपा सांसद प्रमोद साहको नाम हटाएर अन्त्यमा उनको नाम राखिएको थियो ।

त्यही बेला महेन्द्रले आफूलाई मन्त्री दिने भए प्रदेशबाट आफ्नो कोटामा रहेका मन्त्री फिर्ता बोलाउने सहमति गरेको पार्टी श्रोतको भनाइ छ ।

अहिले आएर रामनरेशले राजीनामा नदिँदा महेन्द्रलाई नै मार्ग प्रशस्त गर्न दबाब आएपछि आफ्नो पद जोगाउन उनकै आग्रह र सहमतिमा रामनरेशलाई बर्खास्त गरिएको श्रोतले बतायो ।

मन्त्रीबाट हटाइएका रामनरेश यतिखेर महेन्द्रसँग आक्रोशित बनेका छन् ।

यता बर्खास्त भएका रायले महेन्द्र यादव मन्त्री बन्द आफुलाई हटाउने त्यस्तो कुनै भद्र सहमति नभएको बताउँदै त्यसमा कुनै सत्यता नरहेको बताए । उनले मुख्यमन्त्री राउतले मनपर्दी आफुलाई बर्खास्त गरेको प्रतिक्रिया दिए । अख्तियार मुख्यमन्त्री कर्यालयमा छापा मार्दा सरकारसंगै पार्टी पनि बद्नाम भएकोले राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गर्दा मुख्यमन्त्री राउतले आफुलाई उल्टै बर्खास्त गरेको रायको तर्क छ ।

‘तीनदिन अघि मसहित केहि मन्त्री र मुख्यमन्त्रीको बीचमा छलफल भयो । एकीकृत समाजवादीलाई सरकारकमा ल्याउनु छ । मलाई राजिनामा दिनुस् भन्नु भयो । मैले मुख्यमन्त्रीजीलाई भने अख्तियारको छापाले सरकारसहित पार्टी पनि बद्नाम भएको छ । तपाई राजिनामा दिएर मार्ग प्रसस्त गर्नुस् ‘, रायले टुडेपाटीसंग भने ‘मिडियामा यस्तै प्रतिक्रिया दिए । रिसमा मलाई नै बर्खास्त गर्नु भो । उहाँसंग बर्खास्त गर्ने अधिकार छ । तर पार्टी भित्र पनि यसको विषयमा छलफल हुनुपथ्र्यो । केहि गर्नु भएन । मनमर्जी गर्नु भो । यो जवाफ पार्टीमा दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री राउतले उद्योगमन्त्री रायलाई गरे बर्खास्त
  • २०७८ मंसिर १, बुधबार १०:५०
  • In "मधेश प्रदेश"
  • भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने
  • २०७८ मंसिर १, बुधबार १०:५०
  • In "मधेश प्रदेश"
  • ‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’
  • २०७८ मंसिर १, बुधबार १०:५०
  • In "विचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

प्रचण्डको स्वागतमा दिएको बिदा रामगोपालपुर नगरपालिकाले सच्यायो, दुईदिन शैक्षिक संस्था बिदा

बर्दियामा गोमूत्र अनुसन्धान केन्द्र बनाइँदै

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीमाथि आफ्नै पार्टीका कार्यकर्ताबात हातपातको प्रयास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version